मुक्तक १
सेतो नभएपनि कालो पक्कै आउँछ होला
सफरमा उकालो ओरालो पक्कै आउँछ होला
आज म निर्धन छु भन्दैमा नहेप्नुस मित्रहरू
भोलि मेरो पनि त पालो पक्कै आउँछ होला
मुक्तक २
मुटु मात्रै दुखाउछ हेर कुनै फाइदा छैन
निष्ठुरीको तस्वीर राखेर कुनै फाइदा छैन
जसले अर्कैको लागी तपाईंलाई बिर्सियो
अब उसैलाई सम्झेर कुनै फाइदा छैन
मुक्तक ३
सकारात्मक विचारहरुको बलियो ताला बनाएर
कडा मिहेनत अनि अनुशासनको माला बनाएर
सपना जस्तै सुन्दर बनाउनुछ यो जिन्दगीलाई
आफ्नै तितो अनुभवहरुको प्रयोगशाला बनाएर
अजय गोले `अन्जान´
सर्लाही लालबन्दी १६ परवानीपुर
हाल = दक्षिण कोरिया