नविन र अस्मिताको स्वरमा ` पानी पर्यो ´ गीत सार्वजनिक ( भिडियो सहित )

निराज रानाभाट / काठमाडौं | चर्चित गायक नविन पौडेल र चर्चित गायिका अस्मिता अधिकारीको स्वरमा समावेश ` पानी पर्यो ´ बोलको गीतको भिडियो मंसिर आज   सार्वजनिक भएको छ ।

उक्त गीतमा मोडलद्धय सरोज प्रजा र स्मारिका ढकालको अभिनय रहेको छ । गीतमा प्रकाश लामाको शब्द तथा संगीत रहेको छ ।

त्यसैगरी , दिनेश पराजुलीको छायांकन रहेको भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ । गीतमा फणिन्द्र  राईको एरेन्ज रहेको छ भने मिक्सङ तथा मास्टरिङ्ग किशोर थापाको रहेको छ । रेकर्डिष्ट राजेश श्रेष्ठ रहेका छन । 

उक्त गीतमा सुरेन्द्र बसेलको कोरियोग्राफी तथा निर्देशन रहेको छ । सुरेन्द्रले भिडियोमा सरोज र स्मारिकालाई छमछमी नचाएका छन ।

भिडियोको सम्पादन / कलर नवीन निरौलाले गरेका छन , भने असिस्टेन्ट कोरियोग्राफारमा विकास नेपाली रहेका छन । मेकप सराेज पाण्डेकाे रहेको छ , भने सिनेमेट्रोग्राफर दिनेश पराजुलीकाे रहेको छ ।