प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ : राजेन्द्र श्रेष्ठको नेतृत्वमा प्राथमिक उपचार टोलि परिचालन

पदमकुमार श्रेष्ठ , काठमाडौं : प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ मा नेपाल रेडक्रस सोसाइटी , काठमाडौं जिल्ला शाखा अन्तर्गत स्वयम्भु उप – शाखाले प्राथमिक उपचार सेवाको लागि उप – शाखाको तर्फबाट दिन भर २० जना स्वयंसेवक परिचालन गरेको छ ।

यस क्रममा काठमाडौं जिल्ला अन्तर्गत पर्ने आफ्नो कार्य क्षेत्र वडा १५ , १८ र २४ संगै बसन्तपुर , संकटा , क्षेत्रपाटी , वटु , सबलबहाल , हनुमान ढोका लगायतका क्षेत्रहरू श्रेष्ठको नेतृत्वमा परिचालन गरिएको थियो , भने सो क्रममा विभिन्न ठाउँमा गरि जम्मा ४ जनालाई सामान्य प्राथमिक उपचार सेवा समेत गरिएको थियो ।

कार्यक्रममा खटिनु भएककी जयन्ती श्रेष्ठ भन्नुहुन्छ – रेडक्रसबाट हुने यस्तो मानवीय सेवालाई निरन्तरता दिन पाएकोमा खुशी तथा आभारी छु । त्यस्तै , अर्का सक्रिय स्वयंसेवक मनोज नेपाल थप्छन् – यसरी प्राथमिक उपचार गर्न नेपाल रेडक्रस सोसाइटी स्वयम्भु उप – शाखाबाट परिचालन हुन पाउनु नै हामी प्राथमिक उपचारकको लागि अवसर पनि हो ।

त्यस्तै , नेपाल रेडक्रस सोसाइटी , स्वयम्भु उप – शाखाका सभापति राजेन्द्र श्रेष्ठ – देशलाई आवश्यक अबस्थामा परेको हर सेवा दिन तत्पर रहेको यस नेपाल रेडक्रस सोसाइटी , स्वयम्भु उप – शाखाले पनि प्राथमिक उपचार गर्न जुझारु प्राथमिक उपचारकहरु परिचालन गरेका छौ र यस्ता सेवाको लागि सदैब तत्पर रहने छौ ।