कृष्ण रानाभाटकाे संगीत / लय रहेको ` चाेखाे माया ´ गीत सार्वजनिक ( भिडियो सहित )

निराज रानाभाट , काठमाडौं : चर्चित लाेक तथा दोहोरी गायक कृष्ण रानाभाटकाे संगीत / लय रहेको ` चाेखाे माया ´ गीत सार्वजनिक भएको छ ।

` चाेखाे माया ´ काे गीतमा चर्चित लाेक तथा दोहोरी गायक कृष्ण रानाभाट , चर्चित गायिका देवी घर्ती मगर र गायक घनश्याम पहरीकाे आवाज रहेको छ । गीतमा सहदेव खड्काकाे शब्द रहेको छ , भने चर्चित माेडल तथा कलाकार आशा खड्का र अमृतको अभिनय रहेको छ ।

उक्त गीतको निर्देशन शिवन पोख्रेलले गरेका हुन , भने छायांकन सागर गौतमले गरेका छन । गीतको सम्पादन अधिनायक मान शेरचनले गरेका हुन ।

गीतको उत्पादक तथा वितरकमा सहयात्रा डिजिटल प्रा.लि. रहेको छ , भने दृश्य निर्माणमा साहारा फिल्मस् एण्ड इन्टरटेनमेन्ट रहेको छ ।

उक्त गीत मंसिर २० गते , मंगलबार ` कल्पना पोख्रेल अफिसियल ´ युटयुब च्यानलबाट सार्वजनिक गरिएको छ ।