
निराज रानाभाट , काठमाडौं : चर्चित गायक अग्नि पराजुली र चर्चित गायिका अस्मिता अधिकारीको स्वरकाे ” -र्याट्ट -र्याट्ट “ गीतकाे भिडियो सार्वजनिक भएको छ ।
उक्त गीतमा सरोज राना प्रजार र आभा थापाकाे अभिनय रहेको छ , साथै बिग डान्स कम्पनीकाे बाल कलाकारहरुको पनि अभिनय रहेको छ ।
विगत १० वर्षदेखि म्युजिक भिडियो निर्देशक गर्दै अाएका सुरेन्द्र बसेलकाे गीतमा रमाइलो प्रस्तुति देख्न सकिन्छ । अग्नि पराजुलीको शब्द तथा संगीत रहेको छ ।
त्यसैगरी , दिनेश पराजुलीको छायांकन रहेको भिडियोमा वीर बहादुर थारूको सम्पादन रहेको छ । गीतमा विश्व अधिकारीकाे एरेन्ज रहेको छ भने रेकर्डिष्ट / मिक्सङ तथा मास्टरिङ्ग अाकाशको रहेको छ ।
उक्त गीतमा देव दोर्जे लामाको कोरियोग्राफी रहेको छ , भने सुरेन्द्र बसेलकाे निर्देशन रहेको छ । गीतको छायांकन भने राजधानी काठमाडौंको चाेभार लगायतको स्थानमा गरिएको छ ।
उक्त गीत पुस ०८ गते , शुक्रबार ( अाज ) एपि म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।