
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
स्वास्थ्यमा समस्या आउला साथै उपचारका लागी खर्च हुनेछ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाहिने योग छ । गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ, रोगको कारणले धनको पनि नाश होला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
जाँगरमा सुधार आउने छ साथै आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन । प्रयास अनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ,अन्न तथा धनको लाभ होला । आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथी संगको भेटले मन रमाउने छ, प्रशस्त पैसाको कारोबार होला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
उधोग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । यात्राको योग छ । समस्याहरु आफै किनारा लाग्ने छन धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रम गर्न सके जती खेर जादैन अर्थ लाभ र प्रगतिको प्रसस्त सम्भावना छ, यात्रा पनि होला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ । यात्राको लागि उचित समय रहेको देखिन्छ, कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । अनौठो र लाभदायक यात्राको योग छ । सर सामान बिग्रेर दुख पनि पाइएला, परिवारमा हल्का विवाद हुन सक्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सोचे अनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ । सोचे आनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन, सामान्य रोगले पनि सताउला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आज त्यसै त्यसै समय अलमल गराउने खाल्को छ, काममा पनि मन नजान सक्छ । आटेगरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ, परिवारबाट सुख मिल्ने दिन छ । प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केहि सुधार आउनेछ भने, शनिदेवको नाम जपनाले राम्रो हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ, ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छाउने उचित समय छ प्रयास गर्नु होला,
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बाहान चौपाय आदी प्राप्त होला साथै नयाँ सामानको खरिद गर्ने योग देखिन्छ आकस्मिक रुपले सफल्ता वा असफल्ता मिल्ने समय छ, रुपैयापैसाको कारोबार हुने दिन छ । गरेका कामहरु सफल हुनेछन भने, गरेका केहि कामबाट फाईदा हुने योग छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अनावस्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन होस पुर्याउनु होला । गरेका कामहरु अधुरा रहने छन भने स्वास्थ्यले पनि साथ नदिन सक्छ, कोहिसंग सामान्य बादबिवाद पनि होला । झै झगडाको सम्भावना छ, मनमा डरले पनि डेरा जमाउने छ,।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
घर परिवारमा खटपट हुनुका साथै व्यवारिक समस्याले सताउने छ ।कामहरु अधुरै रहनाले मनमा खिन्न होला, घरपरिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन । केहीले सम्मान गर्नेछन् केहीले अनावस्यक डर देखाउने किसिमको मिश
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ, दिन रमाइलोको साथ बित्ने छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन भने व्यवहारिक समस्याको हल हुने छ, सामान्यतया दिन राम्रो छ, तपाई बिग्रेका कामहरु बन्न सक्ने योग रहेको छ, आजको दिन राम्रो छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । सामाजिक कार्यमा संलग्न हुनु पर्ने देखिन्छ, सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने समय छ । आजको दिन समग्रमा तपाईंको लागि शुभ दायक छ ।