सेवक नेपालको ` ८ औं वार्षिक साधारण सभा ´ पुस ३० गते हुने

निराज रानाभाट , काठमाडौं : अभिभावक बिहिन बालबालिकाहरुको खाेजी , उद्धार तथा दिगो संरक्षण हाम्रो अभियान ´ भन्न् मुल नारासहित स्थापना गरिएको सेवक नेपालको ८ औं वार्षिक साधारण सभा ´ यहीँ पुस ३० गते , शनिबार हुने भएको छ ।

सेवक नेपालले कार्यसमितिका पदाधिकारीहरु , लेखा समितिका पदाधिकारीहरु , सल्लाहकार समितीका पदाधिकारीहरु , पूर्व कार्यसमितिका पदाधिकारीहरु लगायतका सम्पूर्ण अभियन्ताहरु तथा शुभचिन्तक / सहयोगी महानुभावहरुलाई उपस्थितिको लागि निमन्त्रणा गरेकाे छ ।

उक्त साधारण सभा भने राजधानी काठमाडौंकाे चाबहिलस्थित स्मार्ट प्यालेसमा पुस ३० गते , शनिबार बिहान ०८:०० बजे हुने भएको छ ।