
निराज रानाभाट , गुल्मी : गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले मुटु परिक्षण शिविर सञ्चालन गर्ने भएको छ । पालिकाको वडा नम्बर – ०२ , छल्दिमा रहेको पालुखा माद्यामिक विद्यालयमा पुस ३० गते , शनिबार नि:शुल्क मुटु परिक्षण शिविर सञ्चालन गर्ने पालिकाले जनाएको छ ।
गाउँपालिकाले दीर्घ राेगी , अपाङ्ग र ६० वर्ष माथिका नागरिककाे नि:शुल्क मुटु परिक्षण गर्ने भएको हाे । गाउँपालिकाकाे वार्षिक नीति तथा कार्यक्रम वमोजिम इस्माली नागरिकको स्वास्थ्य परिक्षण अन्तर्गत माघे सक्रान्तिकाे अवसर पारि कार्यक्रमकाे आयोजना गरिएकाे गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले बताइन् । उनले भनिन् ` सांस्कृतिक कार्यक्रम सहित स्वास्थ्य परिक्षण हुने र यसबाट दाेहाेराे फाइदा लिने पनि भएकाले धेरै नागरिकलाई सेवा दिन सकिन्छ कि भन्ने हेतुले सोहि दिन आयोजना गरियाे । ´
मुटु शिविरमा मुटुराेग बिशेषज्ञ डा. सुमन्ता बञ्जाडे सहितकाे टिम आउने छन् । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदमलाल अधिकारिले शिविरमा आउँदा आफ्नो परिचय खुल्ने कागजात लिएर आउन अनुरोध गरेका छन । नि:शुल्क मुटु परिक्षण हुने भएकाले धेरै नागरिकले सेवा लिने अपेक्षा राखिएको गाउँपालिका अध्यक्ष भगत सिंह खण्डकाले बताए ।