
काठमाडौँ l नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूले शपथ लिएका हुन्।
उपप्रधानमन्त्रीमा राजेन्द्र लिङ्देनसहित अन्य दलका मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन्।
नेकपा एमालेबाट एक राज्यमन्त्रीसहित ८ जना मन्त्री बनेका छन्। त्यस्तै, माओवादी केन्द्रबाट एकजना राज्यमन्त्रीसहित र प्रधानमन्त्रीसहित ५ जना मन्त्री बनेका छन्।

त्यस्तै, राप्रपाबाट एक राज्यमन्त्रीसहित ३ मन्त्री बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानसहित २ मन्त्री र एक राज्यमन्त्री बनेका छन्।
शपथ लिएका मन्त्रीहरु
एमालेबाट
१. विमला राई पौडेल-परराष्ट्रमन्त्री
२. पदम गिरी-स्वास्थ्य मन्त्रालय
३. भगवती चौधरी-महिला बालबालिका
४. हरि उप्रेती-रक्षा मन्त्रालय
माओवादीबाट
१. रेखा शर्मा-सञ्चार तथा सूचना प्रविधि
२. सुदन किराती-संस्कृति तथा पर्यटन
३. अमनलाल मोदी-सामान्य प्रशासन
४. सुशिला श्रीपाली-पर्यटन राज्यमन्त्री
रास्वपाबाट
१. डोलप्रसाद अर्याल-श्रममन्त्री
२. शिशिर खनाल-शिक्षा मन्त्री
३. तोसिमा कार्की-स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री
राप्रपाबाट
१. राजेन्द्र लिङ्देन-उपप्रधान तथा ऊर्जा
२. ध्रुवबहादुर प्रधान-कानुनमन्त्री
३. विक्रम पाण्डे-सहरी विकासमन्त्री