
निराज रानाभाट ,काठमाडौं । गायिका प्रतिमा के.सी. को आवाज रहेको नेपाली आधुनिक गीत ‘ बधाई मुरी मुरी ’ को म्युजिक भिडियाे अाज सार्वजनिक भएको छ । सविन कुमार तोलाङगीको निर्देशन रहेको म्युजिक भिडियोमा नेपाली साङ्केतिक क्षेत्रमा चर्चित मोडेल आयुश्मा कार्की, योगराज पाण्डे, पार्वती गिरी र अनिल बि.सि. को अभिनय रहेको छ । म्युजिक भिडियोको निर्माण कमल प्रसाद शर्मा र यस् बहादुर गुरुङले गरेका छन् ।
अलाङ्कार रेकर्डिङग् स्टुडियो,अनामनगर, काठमाडौंमा रेकर्ड भएको गीतमा चन्द्र जप्रेलको शब्द तथा संगीत रहेको छ, भने ग्यानेन्द्र गिरीको एरेन्ज रहेको छ । जसमा रन्जन राई रेकडिष्ट रहेका छन । मेकपमा सन्तोषी आचार्य र सीता मगर रहेका छन् । राजधानी काठमाडौंको विभिन्न रमणिय स्थानहरुमा छायांकन रहेको म्युजिक भिडियोमा राजेश घिमिरेले छायांकन गरेका छन । गीतको कोरियोग्राफी यम गुरुङले गरेका छन, भने सह – निर्देशनमा बिकल क्षेत्री रहेको छन । अशिस्टेन क्यामेराम्यान रन्जित तिमिल्सिना रहेका छन र ड्रोन अपरेटर विशाल लामा रहेका छन । साथै अबको २ हप्तापछि ‘ बधाई मुरी मुरी २ ’ ( पुरुष आवाज ) मा पनि अाउने तयारीमा रहेको छ ।