अञ्जु पन्त र रमेश पाठकको ‘सातै शुरमा’ सार्वजनिक( भिडियोसहित )

काठमाडौं चर्चित  गायिका अञ्जु पन्त र गायक रमेश पाठकको स्वरमा रहेको आधुनिक युगल गीत ‘सातै शुरमा’ को भिडिओ सार्वजनिक भएको छ ।  अनामनगरस्थित वेभ स्टुडियोमा गायक पाठककै अफिसियल युट्युब च्यानल Ramesh Pathak Official मार्फत सार्वजनिक गरिएको हो ।

लोक राईको शब्दरचना, हरि लम्सालको सङ्गीत, गोपाल रसाईलीको सङ्गीत संयोजन र श्यामश्वेत रसाईलीको मिक्सिङ र माष्टरिङ रहेको गीत प्रेमी जोडीको एक अर्काप्रतिको प्रेम समर्पण भावमा रहेको छ ।

कुलेखानी र वरपरका रमणीय स्थानमा छायाङ्कन गरिएको यो भिडिओमा गायक रमेश पाठककै निर्देशन र कृष्ण रसालको कोरियोग्राफी रहेको छ ,जसमा साजन नेपाल र एलिना गुरुङले प्रेमी जोडीका रुपमा अभिनय गरेका छन् भने योगेश दाहालको सिनेम्याटोग्राफी र दिन्शन शाहको दृश्य तथा कलर सम्पादन रहेको छ ।

भिडिओ सार्वजनिक कार्यक्रममा गीत तथा भिडिओसँग सम्बन्धित सर्जक र कलाकार र केही सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।