अजय गोले `अन्जान´का ४ मुक्तक

मुक्तक -१
भेला गरेर गाउँले दाजुभाइ देखाउन मन छ
एकएक   गरी   सबैलाई  देखाउन  मन  छ
मलाई सुक्को धरी नपत्याउनेहरुको अगाडि
म  पनि  टन्नै पैसा  कमाइ  देखाउन  मन छ

मुक्तक -२
झुठो बोली  कुरा  छल्न मलाईनी सिकाइदेउ
जता  फाईदा  उतै चल्न मलाईनी सिकाइदेउ
बरु तिम्रै नाममा मेरो घर नामसारी गरिदिउला
छेपारो  झैँ  रङ्ग  बदल्न  मलाईनी  सिकाइदेउ

मुक्तक -३
बाहिर  नदेखिने  भित्री  दुखाई  कसरी सुनाऊ
मेरो यो निर्दोष मन रुवाईरुवाई कसरी सुनाऊ
म आफ्नो पीडा आफैंलाई त सुनाउन सक्दिन
भन्नुस न महोदय म तपाईंलाई  कसरी सुनाऊ

मुक्तक -४
दुब्लाइ होलि फलफुल मासु उपहार दिन मन छ
मेरि  आमा  उनलाई  सासू  उपहार दिन मन छ
अरु त खै  के  दिनु   र  मेरो  प्यारो  मान्छेलाई
उनकै यादमा झरेको आँसु उपहार दिन मन छ

अजय गोले `अन्जान´
सर्लाही लालबन्दी १६ परवानीपुर
हाल = दक्षिण कोरिया