नेपाल शिक्षक संघको चुनावमा संस्थापन पक्षको प्रविण पासवान सहित प्यानल विजयी


सर्लाही ।।नेपाल शिक्षक संघ सर्लाहीको नवौं जिल्ला अधिवेशनमा काँग्रेस संस्थापन पक्ष विजयी भएको छ ।
हरिपुर नगरपालिकाको महावीर जनता बहुमुखी क्याम्पस भएको निर्वाचनमा शिक्षक संघको अध्यक्षमा संस्थापन पक्षको प्रविण कुमार पासवान विजयी भएको हो ।

बिहीबार दिउँसो सकिएको मतगणना अनुसार शिक्षक संघ सर्लाहीको अध्यक्षमा संस्थापन पक्षका पासवान ७८१ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका छन भने उनका प्रतिस्पर्धी कांग्रेस संस्थापन इतर पक्ष अर्थात् गणेशप्रसाद उप्रेतीले ५४६ मत मात्रै प्राप्त गरेका छन् ।

उप्रेती पासवानसँग २३५ मतले पराजित भएका छन् । शिक्षक संघको जिल्ला कार्य समितिमा संस्थापन पक्षका पासवान नेतृत्वको प्यानल नै विजयी भएको छ।

एक जना प्रदेश प्रतितिधिमा मात्रै संस्थापन इतरका उम्मेदवार विजयी भएका छन् । शिक्षक संघको उपाध्यक्षमा ७१५ मतसहित अवधेशकुमार राय विजयी भएका छन् । उनका प्रतिस्पर्धी रामबाबु रायले ५९२ मत मात्रै प्राप्त गरे ।

महिला उपाध्यक्षमा उषा कुमारी ७०४ मतसहित विजयी हुँदा उनकी प्रतिस्पर्धी आशा कुमारी घिमिरेले ६१० मत प्राप्त गरेकी छन् । सचिवमा ६८७ मतसहित रामशरण राय विजयी भएका छन् । रायका प्रतिस्पर्धी रमेशकुमार चौधरीले ६२१ मत प्राप्त गरेका छन् ।

सचिव (अर्थ) मा ६८८ मत ल्याएर नारायण महतो विजयी हुँदा उनका प्रतिस्पर्धी विरन्ची प्रसाद साहले ६२६ मत मात्रै प्राप्त गरेका छन् । यसैगरी, सहसचिव खुलामा ७०० मत ल्याई राजु थापाले जित्दा उपेन्द्र रायले ६०५ मत प्राप्त गरेका छन् ।

सचिव (अर्थ) मा ६८८ मत ल्याएर नारायण महतो विजयी हुँदा उनका प्रतिस्पर्धी विरन्ची प्रसाद साहले ६२६ मत मात्रै प्राप्त गरेका छन् । यसैगरी, सहसचिव खुलामा ७०० मत ल्याई राजु थापाले जित्दा उपेन्द्र रायले ६०५ मत प्राप्त गरेका छन् ।

महिला सहसचिवमा ६६७ मत ल्याइ रिंकुकुमारी पाण्डेय विजयी हुँदा उनकी प्रतिस्पर्धी सुचित्रा चौधरीले ६२६ मत ल्याएकी छन् । सहसचिव (समावेशी) मा ६६४ मत ल्याइ गर्भु महतो र ६१० मत ल्याइ वीरेन्द्र झा विजयी भएका छन् ।

यसैगरी, खुला सदस्यहरुमा युक्ति राम ६७४, चन्द्रशेखर मिश्र ६६०, रामईश्वर महतो ६२६ र रामेश्वर प्रसाद कुशवाहा ६२९ प्राप्त गरी विजयी भएका छन् । प्रदेश महिला प्रतिनिधिमा ललिताकुमारी शर्मा ६७२ र मनोरमा सिंह ६६१ मत ल्याइ विजयी भएकी छन् ।

प्रदेश प्रतिनिधि खुलामा ६६७ मतसहित रामप्रसाद दाहाल, ६९५ मतसहित नवराज थापा र ६५२ मतसहित मुकेशकुमार ठाकुर विजयी भएका छन् । प्रदेश प्रतिनिधि खुला एक जनामा भने संस्थापन इतर पक्षका सरोजकुमार सिंह ६३९ मतसहित विजयी भएका छन् ।

त्यसैगरी, संघीय महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित लक्ष्मी बानियाँ ७४२ र रमाकुमारी भट्राई ६८९ मतसहित विजयी भएकी छन् भने संघीय महाधिवेशन प्रतिनिधि खुलामा मनोजकुमार शर्माले ६६०, शिवकुमार महतोले ६४३ र माधवप्रसाद दाहालले ६४२ मतसहित चुनाव जितेका छन् ।

मतदानमा शिक्षक संघमा आवद्ध १६ सय १२ शिक्षकमध्ये १३ सय ७५ जनाले मतदान गरेका थिए । कांग्रेसको संस्थापन र इतर दुई गुटले शिक्षक संघको यो चुनावलाई प्रतिष्ठाको विषय बनाएका थिए । पासवान कांग्रेसको संस्थापन पक्ष अर्थात् जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह पक्षको उम्मेदवार हुन, भने संस्थापन इतर पक्ष अर्थात पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय पक्षका उम्मेदवार हुन ।