
मुक्तक
तिमिले नबुझेको सहि खत गहिरो पाएँ
साच्चै एकोहोरो प्रेमको लत गहिरो पाएँ
बुझ्छु भन्थ्यो बुझाउछु भन्थ्यो कुनै समय
भत्काउने र बिथोल्ने जगत गहिरो पाएँ!
मुक्तक
प्रतीक्षामा मिठो वचन पाएँ आफैँलाई दु:ख लाग्छ
मुश्किलले यो मनबाट हटाएँ आफैँलाई दु:ख लाग्छ
चाहना त कहाँ नभएको हो र तिमिलाई पाउने
हो, अवसर आउँदा गुमाएँ आफैँलाई दु:ख लाग्छ!
- प्रचण्ड गौतम