
मेष
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला।
बृष
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिने छ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइने छ। विशेष उपहार समेत हातलागी हुन सक्छ। कृषिमािमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुने छ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइने छ।
मिथुन
सुखद् समाचारले उत्साह जगाउने छ। अध्ययनमा प्रगति हुने छ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुने छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउने छ। बोलीको माध्यमले धेरैलाई प्रभावित पार्न सकिने छ। धन लाभका साथै आर्थिक क्रियाकलापमा समेत मनग्गे फाइदा हुने छ।
कर्कट
पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिने छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। बिछोडिएका परिवारजनसँग भेटघाट हुने छ। रमाइलोलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुने छ। नयाँ कामको प्रस्ताव आउने छ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुने छ।
सिंह
खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि उपलब्धि मूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। तर करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला।
कन्या
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुने छ। आम्दानी बढ्नाले उत्साह जाग्ने छ। श्रमको उचित मूल्य पाइने छ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुने छ। रोकिएको काम बन्नुका साथै जिम्मेवारी बढ्ने छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिने छ।
तुला
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्ने छ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिने छ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ।
बृश्चिक
परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। फाइदा थाेरै भए पनि कामको चाप बढ्ने छ र शरीरमा थकान महशुस हुने छ। अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। श्रम परे राेकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा फल प्राप्त हुने छ। तर आफ्नो कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान् ।
धनु
व्यस्तता बढ्ने छ भने शरीरमा कमजोरी अनुभूति हुने छ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुने छ। अप्ठ्यारो परिवेशमा काम गर्नुपर्ने अवस्था रहने छ।
मकर
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहने छ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउने छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने छ। गृहस्थी यात्रा रमाइलो रहने छ। आफन्तहरूको साथले नयाँ आशा जगाउने छ। प्रतिष्ठा एवम् लोकाचारका लागि फजुल खर्च भने बढ्न सक्छ।
कुम्भ
पहिलेको सफलताले हौसला जगाउने छ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिने छ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुने छ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्ने छ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहने छ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिने छ।
मीन
परिस्थिति सामान्य अनुकूलै रहे पनि अस्वस्थताले काममा बाधा पुग्न सक्छ। घर – व्यवहारले पनि अल्मल्याउन सक्छ। नयाँ काम थाल्न समय पर्खनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। तापनि मिहिनेतले सफलता दिलाउने छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुने छ। सन्तान वा अनुयायीको सल्लाह, सहयोगले लाभ दिलाउने छ।