आज मिति २०८० जेठ २३ गते, मंगलवारको हेर्नुहोस् , आजको राशिफल

मेष
रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउने छ। सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ। सामाजिक वादविवाद सुल्झाउने जिम्मेवारी आउन सक्छ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिने छ। श्रम परे पनि विशेष उपलब्धि हासिल हुने छ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। लगनशीलताले उत्साह जगाउने छ।

बृष
स्वास्थ्यका लागि आहार – विहारमा अलि सजग रहनुपर्ने छ। व्यस्तता बढ्ने छ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुने छ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला। आफ्। आफ्नो वस्तुमा अरूले दाबी गर्लान् । बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। बलजफ्ती प्रयत्न गर्दा व्यर्थैमा दु:ख पाइने छ।

मिथुन
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहने छ। घुमफिर तथा मनोरञ्जनको समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुने छ। भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम शुरु गर्न सकिने छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ, तर अनावश्यक अडान लिने बानीले पनि समस्या निम्त्याउने छ। शुभ चिन्तकहरूको सुझावलाई विशेष ध्यान दिनुहोला।

कर्कट
रोकिएका काम बन्नाले उत्साह जाग्ने छ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिने छ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुने छ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुने छ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम शुरु हुने छ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द्व र मुद्दामा पनि विजयी भइने छ।

सिंह
मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुने छ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुने छ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्ने छ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुने छ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा, आदि प्राप्त गर्न सकिने छ। व्यापारमा फाइदा हुने छ। पशुपालन र कृषिमा लाभ मिल्ने छ। सन्तानको साथले उत्साह जगाउने छ।

कन्या
फाइदा मात्र हेर्दा आलोचित भइने छ। तापनि, आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिने छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुने छ।

तुला
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुने छ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिने छ। गरिएका कर्मको उचित प्रतिफल पाइने छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउने छ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ।

बृश्चिक
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिने छ। बोली – व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्ने छ। नियमित काममा भने साबिकजस्तै फाइदा भइरहने छ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद जिम्मेवारी आउनाले सावधानीले मात्र कार्यसिद्धि हुने छ।

धनु
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहने छ। नयाँ कामको प्रस्ताव आउने छ भने साथ दिनेहरू बढ्नेछन् । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन् । ईर्ष्यालु मन भएकाहरूले सताउनेछन् । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। मिहिनेतले नाम र दाम दिलाउन सक्छ। रचनात्मक काम प्रारम्भ हुने छ भने स्वादिष्ट भोजनको आनन्द पनि प्राप्त हुने छ।

मकर
अप्ठ्याराे काम थाल्नाले दिनभरी दाैडधुप गर्नुपर्ला। कामले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूलाई सरसापट दिनुपर्ने हुन सक्छ। अर्थ अभावले सताउने समय छ। टाढाका साथीभाइसँग सम्पर्क भने बढ्ने छ। परिवारजनबाट टाढिनुपर्ला। अरूलाई समय दिँदा आफू पछि परिने छ। करकापमा परी कुनै काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ।

कुम्भ
पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्ने छ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुने छ, तर रकम जुटाउँदा ऋणभार बढ्न सक्छ। सरसापटमा पनि केही धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्ने छ। तापनि मिहिनेतले लक्ष्यमा पुर्याउने छ। अरूको विषयमा चासो लिँदा झमेला बेहोर्नुपर्ला।

मीन
मिहिनेतले नाम, दाम र इनाम दिलाउने छ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिने छ। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा फाइदा हुने छ। भौतिक साधनहरू संग्रह हुनेछन् । तारिफयोग्य कामले धेरैको मन जित्न सकिने छ। रुचिका विषयमा लगानी बढाउन सकिने छ।