
तिमी चट्ठान रहेछौ भनी लेखेको प्रेम पत्र खोज्दैछु
निष्ठुरी प्रेमीहरू बीच गरिएको सोध पत्र खज्दैछु
अन्तिम बेला मायाँ पलायो त म के गरुँ भन ?
तिमीेले हस्ताक्षर नगरि छोडेको छोडपत्र खोज्दैछु
कति रात र कति दिन पिरलियौ यादमा हेक्का छैन
मसि नबन्दै रगतले कोरिएको भोज पत्र खोज्दैछु
तिमीले प्रेमिल मैदान पाउन कयौँ आरोह पार गर्यौ
प्रेम नै होईन र यो कहाँ छौ भएको अलपत्र खोज्दैछु
सोध पत्र त फेल भै दियो हेर! म हारेँ तिम्रो प्रेममा
के लेख्यौ चट्टान रसाउने त्यो ?अन्तिम पत्र खोज्दैछु
– परशुराम घिमिरे “निदान´´
हेटौडा , मकवानपुर