
छ तिम्रो तस्बिरमा यति गहिराइ किन ?
म खोजिरहन्छु चुम्न उचाई किन ?
अभावको घाउ बल्झिरहन्छ बेलाबेला,
राखिरहेछु तिम्रो तस्बिर नमेटाइ किन ?
केही लगानी छुट्याएको छु तिम्रो लागि,
एकैछिन भेटौँन भन्दा नाइनाइ किन ?
मन पर्दैन जान्दाजान्दै पनि बोलाइ रहेँ,
यो मनले सताइ राख्छ तिमीलाई किन ?
बारबार रेटिएको छ मुटु एउटै कुराबाट,
हिड्छ्यौ ती आँखा यसरी सजाइ किन ?
आज पनि मन पोख्ने रहर अधुरै रह्यो,
भन्नै हतार हुन्छ तिमीलाई बाइ किन ?
– श्रीराम स्वरुप