जातिय भेदभाव तथा छुवाछुत नियन्त्रण अनुगमन अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रेमनाथ पौडेल , हरिवन । जातिय भेदभाव तथा छुवाछुत अन्त्य गरौ ,समता मुलक समाज को निर्माण गरौ  भन्ने मुल नाराका साथ सर्लाही को हरिवन मा एकदिने जातिय छुवाछुत नियन्त्रण तथा अनुगमन तथा समिति गठन बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सामरी उत्थान सेवा समाज संस्था लालबन्दी २ र स्टोरि युवा  क्लब हरिवन को आयोजना मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम का बक्ता हरुले मानिश हरु चन्द्रमा पुगि सकेका अबस्था मा अझै पनि हिन्दुधर्म बिच जातिय बिभेद को कुरा ले गर्दा दलित हरु पछाडि पारेको आरोप लगाएका छन ।

समाजमा र राष्ट्र ले जति सुकै नितिगत रुपमा जातिय छुवाछुतको अन्त भएको घोषणा गरे पनि  समाजमा छुवाछुत र दलित प्रति गरिने बिभेद र  त्यसको अन्तको लागि ब्यबहारीक रुपमा कार्यान्वयन नभएसम्म छुवाछुतको जगरहि रहने धारणा ब्यक्त गरेका थिए ।
समाजबाट  जातिय छुवाछुतको अन्त गर्न ब्यबहारिक रुपमै प्रत्यक घरबाट जातिय बिभेतको कुरा लाई कार्यान्वयनमा लागु गर्नु पर्नेमा जोड दिएका थिए ।
दलितले सिएको कपडा लगाउन मिल्छ ,दलित ले बनाएको मन्दिरमा पुजा गर्न हुन्छ , दलित ले बनाएको जुता लगाउन पनि  हुने तर दलितले छोएको पानी नचल्ने यो कस्तो बिडम्बना आफु लाई ठुला बनाउन बाहिरी रुपमा कथित ठुला बडा भनाउदा कथित ब्यक्तिहरु संगै बसेर खाना खाए जस्तो गर्छन तर त्यहि दलित घर गयो भने अझै पनि छुवाछुतको कुराले बिभेद गर्छन अनि कसरी हुन्छ समृद्द अनि समता मुलक समाज भन्ने बक्ता हरुको भनाई रहेको थियो ।
यसै बिच कार्यक्रममा कार्यपालिका सदस्य सबिता बिक को अध्यक्षतामा ९ सदस्य नगरपालिका स्तरिय  जातिय छुवाछुत नियन्त्रण तथा अनुगमन समिति समेत सर्ब सम्मत चयन गरिएको सामरी उत्थान समाजका कार्यक्रम संयोजक मनोज पासवानले बताउनु भयो ।
स्टोरि युवा संजालकि अध्यक्ष प्रज्ञा गदारि को अध्यक्षता एवम नगर प्रमुख रमेश बुढाथोकिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष टम बहादुर घिसिङ्ग ,ओरेक नेपाक कि दलित नेतृ देवकुमारि महारा दलित अगुवा नेता राजाराम पासवान ,राजेश पासवान हरिवन नगरपालिकाकी उप प्रमुख हरिमाया घलान लगायतले दलित जाति र दलित जाति माथि भएका बिभेदका बारे र त्यस्को न्युनिकरण कासाथै अन्त्यको बिषयमा आ-आफ्नो धारणा राख्नु भएको दलित नेतृ लक्ष्मी पासवान ले बताउनु भयो ।
दलित समुदायको हकहित उनि हरुको उत्थान आय आर्जन जिबिको पार्जन ,झमता अभिबृद्दि नेतृत्व बिकाश शिप बिकाशका साथै भौतिक पुर्बाधार निर्माण लगायत को क्षेत्र बिगत दुई दशक देखि सामरी उत्थान सेवा समाजले सर्लाहीका बिभिन्न स्थानियतहहरु मा काम गर्दै अएको छ ।