गजल :परशुराम घिमिरे `निदान´

म तिम्रो सहरमा छु आइरहेको
म प्रेमिल सफरमा छु धाइरहेको

जगाइरहेछन्  उनै सम्झनाले
छ उनकै लहरले   सताइरहेको

अनौठो जवानी र मुस्कानभित्र
म यिनकै रहरमा छु  छाइरहेको

हराए र खोज्दै बिहानी सुनौलो
नसाको जहर नै  छु पाइरहेको

बनायौ तिमीले न जाग्ने न उठ्ने
छु मृत्यु प्रहरमा  समाइरहेको

परशुराम घिमिरे “निदान”
      मकवानपुर