Sunday, May 10News That Matters

गजल : दिपक पनेरु

म आँखा हुँ प्रिय तिमी नै मेरो ख्वाब हौ
म  प्रश्न  हुँ अनि  तिमी  मेरो जवाब हौ

पढ्छु  हरदिन  मन  लगाई  नभुलाई
आत्मिक ज्ञानले भरिएको किताब हौ

सुगन्धले भरिएको त्यो  जवानी तिम्रो
सौर्न्दर्यले  भरिपूर्ण  एक  गुलाब  हौ

लट्ठै  पार्छ  नयनबाट  छल्किने  मदले
नशा चढ्छ यसरी लाग्छ तिमी शराब हौ।

दिपक पनेरु
सागरनाथ, सर्लाही