मुक्तक ~१
मलाई देखेर उसको अनुहार खुम्चिन सक्छ
अविश्वासको आगोले जीवन सल्किन सक्छ
जिन्दगी बर्वाद हुनेगरी कसैलाई झूट नबोल्नू
लुकाउँदालुकाउँदै झूट स्वयम् देखिन सक्छ !
मुक्तक ~२
बलेको आगो खान्छु भन्छ, रीस मार्न चाहँदैन
निर्दोषको दोष देख्छ, आफू तल पार्न चाहँदैन
विचार गर्दैन गल्ती गरिरहेको हुन्छ सधैंभरि
ऊ यति झूटो बोल्छ, झूटलाई सुधार्न चाहँदैन !
मुक्तक ~३
नजिकिनु र टाढिनुले गर्दा मन खुल्दुल भयो
बाङ्गो देख्दादेख्दै पनि सोझो मानेर भूल भयो
सधैँ एकप्रकारको घाउ रहिरह्यो यो मनमा
कस्तो साँचो वचन व्यर्थमा झूटो कबुल भयो !
– प्रचण्ड गौतम
काठमाडौं