प्रेमनाथ पौडेल,हरिवन। सर्लाहीको हरिवन नगरपालिकाले आफ्नो नगरपालिका भित्र संस्थागत रुपमा सुत्केरी भएका आमालाई ४ हजार रुपैयाका दरले नगद भत्ता बितरण गरेको छ । आमाहरुलाई स्वास्थ्य संस्थामै सुत्केरी गराउन प्रोत्साहन गर्ने उदेश्यले नगद भत्ता वितरण गरिएको हो ।
बाल तथा मातृ मृत्युु दरलाई कम गराउने र स्वास्थ्य संस्थामै सुत्केरी गराउने बानीको बिकास गराउने उदेश्यले सुत्केरी प्रोत्साहन भत्ता बितरण गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले संस्थागत रुपमा स्वास्थ्य संस्थामा नै प्रसुति गराउने दुई सन्तान सम्मका आमालाई जनही नगद रु ४ हजारको दरले प्रोत्साहन भत्ता बितरण गरेको कार्यक्रम सो कार्यक्रमको फोकल पर्सन नर्सिङ निरीक्षक लक्ष्मी आचार्यले बताएकी छन । नगरपालिकाले नेपाल सरकारले उपलब्ध गराउदै आएको नगद १ हजार, यातयात खर्च ८ सयका साथै निशुल्क अल्ट्रासाउन्ड भिडियो एक्सरे, एम्बुलेन्स सेवाका साथै अतिरिक्त नगद ४ हजार प्रोत्साहन भत्ता दिने ब्यबस्था गरेको उनले जानकारी गराएकी छन् ।
गर्भवती अवस्थामा ३ महिना देखि ९ महिनाको अवधीमा नियमित रुपमा ८ पटक स्वास्थ्य परिक्षण गराई स्वास्थ्य संस्थामा नै सुत्केरी गराउने आमालाई प्रोत्साहन दिलाउने उदेश्यले नगरपालिका भित्रका ४९ जनालाई पहिलो पटक जनही ४ हजारको दर ले प्रोत्साहन भत्ता बितरण गरेको आचार्यले जनाएकी छन् ।
नगरपालिकाले लिएको नगरकै महत्वाकांक्षी योजना मध्ये जिरो होम डेलिभरी कार्यक्रम बिगत दुई बर्ष देखि संचालन गर्दै आएको सासापुर स्वास्थ्यचौकीका इन्चार्ज मोहन घिसिङ्गले जानकारी गराए ।‘स्वस्थ नगर समृद्द हाम्रो हरिवन नगर’ भन्ने लक्ष्य का साथ हरिवन नगरपालिकाले आमा सुरक्षा कार्यक्रम मार्फत स्वास्थ्य संस्थामा सुत्केरी गराउने कार्यलाई प्राथमिकता पूर्वक अघि बढाएको छ ।
नगरपालिकाले सासापुर स्वास्थ्य चौकिमा एक कार्यक्रमका बिच भत्ता बितरण गरेको नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले बताएका छन् ।
आमा सुरक्षा कार्यक्रम मार्फत गत बर्ष ०७९/८० को एक बर्ष मा ८सय ६४ जनाको लक्ष्य लिएकोमा ७ सय ४१ जना स्वास्थ्य संस्था बाट सुत्केरी भएका थिए ।
यसैबिच आर्थिक बर्ष ०८०/८१मा ९ सय ५६ जना गर्भवती को स्वास्थ्यसंस्थामा नै सुत्केरी (प्रसुति )गराउने लक्ष्य राखेकोमा आर्थिक बर्ष को छ महिना मा ३ सय ८१ जनाले स्वास्थ्य संस्था मा नै प्रसुति गराएका छन ।
हरिवन नगरपालिकाका निजी तथा सामुदायिक ३ वटा स्वास्थ्य संस्था,सासापुर स्वास्थ्य चौकि ,परिवार नियोजन सेवा हरिवन र नमुना अस्पतालमा आमा सुरक्षा कार्यक्रम मार्फत प्रसुति गराउने काम भैरहेको नर्सिङ निरीक्षक आचार्यले अवगत गराइन ।
नगरपालिका जिरो होम डेलिभरि कार्यक्रम लागु गरेको भए पनि ३ प्रतिशत अझै संस्थागत रुपमा सुत्केरी गराउन नआउने हुदा जिरो होम डेलिभरी कार्यक्रम अनुसार लक्ष्य अनुसारको प्रगति हासिल गर्न चुनौति रहेको नगर प्रमुख रमेश बुढाथोकीले बताएका छन् । नगरपालिकाबाट प्रदान गरेको सेवा लिन र बाल तथा मातृ मृत्यु दर न्यूनीकरणका लागि सबैको सामुहिक प्रह हुनुपर्ने उनले आवश्यकता औल्याएका छन् ।
हरिवन नगरपालिकामा प्रसुति हुने संख्यको आधार मा २४ प्रतिशतको प्रसुती अप्रेसन पद्धतिबाट हुने गरेको समेत बताईएको छ ।
सामाजिक बिकाश तथा स्वास्थ शाखा हरिवनले आयोजना गरेको प्रोत्साहन भत्ता वितरण कार्यक्रममा सासापुर स्वास्थ्यचौकि ब्यबस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर ४ का वडा अध्यक्ष केशब राज थापा, नगर प्रमुख रमेश बुढाथोकि ‘कमल’, उप प्रमुख हरिमाया घलान, वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन योन्जन ,३ का वडा अध्यक्ष दिपमान लोप्चन घलान , बिभिन्न स्वास्थ्य चौकिका प्रमुख र स्वास्थ्यकर्मी लगायतको उपस्तिथि रहेको थियो ।