नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडकाे ` १५ औं वार्षिक साधारण सभा सम्पन्न´
आर्थिक समृद्धिका लागि नेपाल कृषि सहकारीको भूमिका कस्तो छ ? साधारण सभामा बक्ताहरुले यस्तो भने
निराज रानाभाट , काठमाडौं : नेपाल कृषि सहकारी केन्द्रीय संघमा अहिले देशभरका ११ सय ३९ साना किसान कृषि सहकारी संस्था लिमिटेड आवद्ध रहेका छन् । संघको सञ्जाल ७७ वटै जिल्लामा विस्तार भएको छ , भने १२ लाख परिवारका ६० लाख परिवार सदस्यहरु आवद्ध रहेका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको पुस २१ गते , बिहीबार , राजधानी काठमाडौंकाे स्काई दरवार बैङ्केट्स प्रा. लि. ( सिंहदरबार नजिकै ) मा ` १५ औं वार्षिक साधारण सभा सम्पन्न ´ भएको छ ।
ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारसंगै आर्थिक, सामाजिक सचेतनाकोस्तर वृद्धिमा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले काम गर्दछ । यसैगरी , नेपाल सरकार , सहयोगी निकाय र सरोकारवाला निकायहरुसंग सहकार्य गर्दै कृषि र पशुजन्य उत्पादन र उत्पादकत्व बढाउन नेपाल कृषि ...