थप समाचार

आज मिति २०७९ कार्तिक १२ गते शनिवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ कार्तिक १२ गते शनिवारको , हेर्नुहोस् आजको राशिफल

थप समाचार
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ। धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ। व्यापार व्यवसायबाट पनि लाभ मिल्नेछ। दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला। अनावश्यक सामान खरिद नगर्नुहोला। वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो अध्ययन अनुसन्धानमा रुचि र मनमा हर्ष छाउने छ। कुनै नयाँ अध्यात्मशास्त्रका पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ। यदि आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी भन्दा यात्रा कष्टकर हुनेछ। यात्रा गर्नै पर्नेछ भने पूर्वदिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला। तपाईंको आम्दानीको स्रोत बढ्नेछ। मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह  आजको दिन निकै शुभ छ। व्यापार व्यवसायमा रहेका साझेदारसँग फाइदा हुनेछ। आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने तपाईँको गर्ने कामम...
पुर्व मन्त्री खतिवडाको बन्यजन्तु संरक्षण ऐन बिपरित अभिव्यक्ति: “ यसो बँदेल घुम्न आउंथ्यो स्वाट्ट पार्न पाइन्थ्यो” (भिडियो सहित)

पुर्व मन्त्री खतिवडाको बन्यजन्तु संरक्षण ऐन बिपरित अभिव्यक्ति: “ यसो बँदेल घुम्न आउंथ्यो स्वाट्ट पार्न पाइन्थ्यो” (भिडियो सहित)

Breaking news 2, ट्रेन्डिङ, थप समाचार, राजनीति, समाचार
मकवानपुर | पुर्व संसद तथा पुर्व स्वस्थ्य मन्त्रि बिरोध खतिवडाले राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन बिपरित अभिव्यक्ति दिएका छन् |सत्ता गठबन्धनको तर्फ बाट एकीकृत(समाजवादी)को मकवानपुर प्रतिनिधि क्षेत्र नं. २ को उम्मेदवार खतिवडाले पश्चिम मकवानपुरको मध्यवर्ती क्षेत्रमा एक चुनाबी कार्यक्रममा बोल्दै उक्त आपत्तिजनक भनाइ राखेका हुन् |उनले भनेका छन् ‘ यसो बँदेल घुम्न आउँथ्यो स्वाट्ट पार्न पाईन्थ्यो | कहिलेकाहीँ यहाँका साथीहरूले यसो बनेल छ दाइ भनेर यसो १/२ किलो पठाउँथ्यो त्यो खान नपाउने भो ।’उनको यो भनाइले वन्यजन्तु चोरीसिकारलाइ झन् प्रसय दिइरहेको प्रस्ट हुन्छ | पाँच पटक संसद र एक पटक मन्त्रि भइसकेका खतिवडाले मध्यवर्ती क्षेत्रका धेरै नागरिकले वषौंदेखि समस्या व्यहोरी रहेको र त्यो समस्या समाधान गर्नुको साटो उल्टै ऐन बिपरित अभिव्यक्ति दिएका हुन् |राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष ...
जसपासँग तालमेल गरेको भन्दै सर्लाहीका एमाले केन्द्रीय सदस्य बद्री न्यौपानेले पनि पार्टी छाडे

जसपासँग तालमेल गरेको भन्दै सर्लाहीका एमाले केन्द्रीय सदस्य बद्री न्यौपानेले पनि पार्टी छाडे

थप समाचार
सर्लाही | जनता समाजवादी पार्टीसँग चुनावी गठबन्धन गरेको भन्दै नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले एमाले छोडेको घोषणा गरेका छन् ।यस अघि जसपासँगको तालमेलको बिरोध गर्दै प्रभु शाह सहित नेता कार्यकर्ताले एमाले छाडेका थिए । शनिबार एक विज्ञप्ति जारी गर्दै न्यौपानेले जसपासँग पार्टीले गठबन्धन गरेको प्रति घोर आपत्ति जनाउदै राजीनामा दिएका हुन् । देश र जनताको पक्षमा नभई विदेशीको इशारामा जसपासँग गठबन्धन गरेको उनको आरोप छ । उनले विज्ञप्तिमा भनेका छन्– ‘हिजो उपेन्द्र यादवको नेतृत्वमा मधेशमा साम्प्रदायिकता भडकाई नाकाबन्दीजस्ता घृणित कार्य गर्ने जनता समाजवादी पार्टी ९जसपा० सँग एउटा राष्ट्रवादी पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको कहिले पनि हित नचाहने र भारतको इशारामा नेपालमा आफ्नो गतिविधि गर्ने एउटा साम्प्रदायिक पार्टी जसपासँग जनताको माग विपरीत पार्टी कार्यकर्त...
कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

थप समाचार
पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बहिर्गमन सम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नम्बर १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको जनाएको हो । ‘गत जेठ २२ गते नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको यस वर्षको मनसुन आजदेखि नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र मधेश प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको छ’, जारी बुलेटिनमा भनिएको छ । नेपालको बाँकी भू–भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । सरदरमा अक्टोबर २ तारिखका दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाले आवश्यकताअनुसार विशेष मौसम बुलेटिन अद्यावधिक गर्ने पनि जनाएको छ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया ...
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

थप समाचार
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । ‘उहाँको छोराले बुवा खस्नुभयो भनेर फोन गर्नु भएको थियो, म अस्पताल जाँदैछु,’ प्रसाईंले भने । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । ...
युवा नेता रिजाल दम्पतीले मानवसेवा आश्रममा आश्रति २ सय बढी मानवलाई गराए मीष्ठान्न भाेजन

युवा नेता रिजाल दम्पतीले मानवसेवा आश्रममा आश्रति २ सय बढी मानवलाई गराए मीष्ठान्न भाेजन

थप समाचार
काठमाण्डाै,२९,असाेज । नेपाली कांग्रेस मधेस प्रदेश समिति सदस्य एवम् समाजसेवी युवा नेता ध्रुव रिजाल दम्पतीले शनिवार (आज) मानवसेवा आश्रम काठमाण्डाैंमा आश्रति २०० जना बढी मानवलाई भाेजन गराएका छन् ।“समाजसेवी नेता रिजालले आफ्ना सासू ससुरा ओम कुमारी आचार्य र फडिन्द्र प्रसाद आचार्यकाे स्मृतिमा काठमाण्डाैं नागार्जुन नगरपालिका स्थित रानी वनमा रहेको मानवसेवा आश्रममा आश्रति मानवहरूलाई मीष्ठान्न भाेजन गराएका उनको सचिवालयले जनाएको छ ।लालबन्दी नगरपालिका वडा नं-५, रन्जितपुरका स्थायी निवासी रिजाल नगर बिकास कोषको पूर्व अध्यक्ष हुन ।उनले विभिन्न समयमा विभिन्न संस्थाको कार्यकारी पद सम्हाली सकेका छन् । नेपाली कांग्रेस मधेस प्रदेश समिति सदस्य एवम् लालबन्दी-५ का क्षेत्रीय प्रतिनिधिसमेत रहेका युवा नेता रिजाल केही दिनमै चुनावी अभियानमा सहभागीहुन आफ्नो गृहनगर आउन लागेका उनको सचिवालयले जनाएको छ । उनको सचिवालय...
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीका खत्रिको ज्यान गयाे

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीका खत्रिको ज्यान गयाे

थप समाचार
काठमाण्डाै । ललितपुरको महालक्ष्मी नगरपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बा ९३ प ८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सर्लाही मोहनबाबु खत्रीको ज्यान गएको हो। ललितपुरको इमाडोलदेखि लुबुतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भइ घरको भित्तामा ठोक्किएको प्रहरीले जानकारी दिएको छ । २६ वर्षका खत्रीको ललितपुरको किस्ट अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।  ...
अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी

अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी

थप समाचार
अमेरिका |  अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गरेका छन्। अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा आयोजित विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा आयोजित उक्त सत्रमा सदस्य राष्ट्रहरुले सामना गर्नुपरेको बहुपक्षीय विश्वव्यापी समस्याको विषयमा छलफल भएको थियो । उक्त सत्रमा सहभागीले विश्वव्यापीरुपमा सिर्जना भएको समस्याको समाधान गर्न वित्तीय सहायता प्रदान गरेर नेपालजस्ता देशका समस्या सम्बोधन गर्नुपर्ने कुरामा जोड दिएका थिए । यसैगरी अर्थमन्त्री शर्माले साइडलाइन कार्यकारी संवाद सत्रमा सहभागी भएर जलवायु उत्सर्जनको समस्यासँग जुध्न र सदस्य राष्ट्रहरुले चालेका कदमका बारेमा छलफल गरेका छन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरि पु...
युक्रेनको पक्षमा नेपालको मतदान

युक्रेनको पक्षमा नेपालको मतदान

थप समाचार
काठमाडौं | संयुक्त राष्ट्रसंघको साधारणसभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा १४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् । यसैगरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए । उक्त प्रस्तावमा भनिएको छ, ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकिथत रुपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौँ । साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ।’ उक्त प्रस्तावको रुसले तुरुन्त र बिना शर्त निर्णय फिर्ता लिनसमेत माग गरिएको छ । ...
बारामा एकै परिवारका तीन जना मृत भेटिए

बारामा एकै परिवारका तीन जना मृत भेटिए

थप समाचार
 बारा |  बारामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनुभयो । प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँ भन्दा २ किलोमिटर उत्तरमा उनीहरुको शव भेटिएको छ । ढोरा खोला किनार तीन जनाको शव फेला परेको जानकारी दिउँसो साढे २ बजेतिर आएपछि प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरी उपरीक्षक बोगटीले बताउनुभएको छ । ...