राजनीति

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने रास्वपाको निर्णय

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने रास्वपाको निर्णय

Breaking news 3, राजनीति
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।आइतवार पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो। एक नेताका अनुसार सभापति लामिछानेले पछिल्लो राजनीतिक अवस्थाको विश्लेषण गर्दै अहिलेलाई प्रचण्डलाई विश्वासको मत दिएर जान उचित हुने बैठकमा बताएका थिए। सभापति रवि लामिछानेविरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा अघि नबढाउने चर्चाबीच रास्वपाको यस्तो निर्णय आएको हो। यसअघि सांसददेखि मन्त्री पदसमेत गुमाएका सभापति लामिछाने वैशाख १० मा हुने उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट उठ्न तयार छन्।यसअघि फागुन २५ मा नेपाली कांग्रेसका वरिष्ठ नेत रामचन्द्र पौडेलाई राष्ट्रपतिका लागि भोट दिएको रास्वपा प्रचण्डलाई पनि विश्वा...
सरकारमा सहभागी हुने कांग्रेसको निर्णय, मन्त्री छान्न बनायो मापदण्ड

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय, मन्त्री छान्न बनायो मापदण्ड

Breaking news 2, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा पनि जाने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारी गरेका छन् । सरकारले संविधानको रक्षा, विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर काम गर्ने अपेक्षासहित समर्थन गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले जानकारी दिए । उनले अघि भने, ‘फेरि एउटा गठबन्धन बनेको छ, त्यसलाई मध्यनजर गरेर कांग्रेस सरकारमा पनि सहभागी हुने निर्णय गरेको छ ।’ यसँगै संसदको आइतबार बस्ने बैठकमा कांग्रेस प्रतिपक्षबाट सत्ता पक्षीय बेञ्चमा सर्नेछ ।डा. महतका अनुसार सरकारमा सहभागिता भने प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र हुनेछ । आइतबारको बैठकले मन्त...
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा १२ जनाको उम्मेदवारी 

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा १२ जनाको उम्मेदवारी 

Breaking news 2, राजनीति
काठमाडौं | त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा १२ जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन समितिले सोमबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार विभिन्न विद्यार्थी संगठनबाट ९ जना र स्वतन्त्र उम्मेदवार ३ गरी १२ जनाको उम्मेदवारी कायम भएको हो । अध्यक्ष पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार रुमकान्त केसी र क्रान्तिकारी विद्यार्थी आन्दोलनको तर्फबाट उम्मेदवारी दिएका विक्रम केसीले भने फिर्ता लिएका छन् । सोमबार बिहान ११ बजेदेखि १ बजेभित्र उम्मेदवारको नाम फिर्ताको समय तोकिएको थियो । उक्त समयभित्र दुई जनाले मात्रै उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत प्रा.रमेश श्रेष्ठले जानकारी दिए । चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि त्रिभुवन विश्वविद्यालय विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा विभिन्न पदको लागि प्रत्यक्षतर्फ ६२ जनाको उम्मेदवारी कायम भएको छ । अ...
‘केही दिनमा समाजवादी मोर्चा बन्छ, फेरि कम्युनिष्टहरुबीच एकता हुन्छ’

‘केही दिनमा समाजवादी मोर्चा बन्छ, फेरि कम्युनिष्टहरुबीच एकता हुन्छ’

Breaking news 2, राजनीति
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा बन्ने दाबी गरेका छन्।  द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा प्रवेश गरेपछि माओवादी धारका नेताहरु एकै ठाउँ आइपुगेका बेला उनले यस्तो बताएका हुन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले समाजवादी केन्द्रकै जगमा कम्युनिस्ट एकताको पहल गरिने पनि बताएका छन्।  शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उनले पहिला समाजवादी मोर्चा बनाएर त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताको बहस सुरू गरिने बताए। 'जनयुद्ध र जनआन्दोलनका मुद्धा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन', उनले भने, 'शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी ...
द्वन्द्वकालका मुद्दा अदालतमा दर्ता हुनु शान्ति सम्झौताविपरीत : उपाध्यक्ष सापकोटा

द्वन्द्वकालका मुद्दा अदालतमा दर्ता हुनु शान्ति सम्झौताविपरीत : उपाध्यक्ष सापकोटा

Breaking news 1, राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले द्वन्द्वकालका घटनाहरुको मुद्दा सर्वोच्च अदालतमा दर्ता हुनु विस्तृत शान्ति सम्झौताको विपरीत भएको बताए । शनिबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले नेपाल सरकार र तत्कालीन माओवादी पार्टीका बीचमा २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताका अनुसार संक्रमणकालीन न्यायको विषय अगाडि बढ्नुपर्ने बताएका हुन् । उनले विस्तृत शान्ति सम्झौतामा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियाका काम टुंग्याउने भनिएको उल्लेख गर्दै सोही अनुरुप हुनुपर्ने बताए । ‘यो मुद्दाको कुरा २०६३ साल मंसिर ५ गते नेपाल सरकार र माओवादीका बीचमा भएको विस्तृत शान्ति सम्झौताको विपरीत छ,’ उनले भने, ‘त्यहाँ स्पष्ट भनिएको छ, यी विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने भनिएको छ । गठन भएको छ । त्यसले काम पन...
उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

Breaking news 2, राजनीति
काठमाडौँ । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गरिने जानकारी दिएको छ ।  उपराष्ट्रपति  पदमा  उम्मेदवारी  दिने  व्यक्ति  वंशजका  आधारमा  नेपाली  नागरिक  भएको,  कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम  समावेश  भएको,  कुनै  सङ्घीय  कानुनले  अयोग्य नभएको तथा कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्छ ।  उम्मेदवारी दिनेले पाँच जना समर्थक र  पाँच  जना  प्रस्तावक  जुटाउनुपर्नेछ  ।  राष्ट्रपति  र&nbs...
एकिकृत अखिल नेपाल शिक्षक संगठन हरिवनको अध्यक्षमा महतो चयन

एकिकृत अखिल नेपाल शिक्षक संगठन हरिवनको अध्यक्षमा महतो चयन

Breaking news 1, राजनीति
प्रेमनाथ पाैडेल , हरिवन । सर्लाहीको हरिवन मा सम्पन्न एकीकृत अखिल नेपाल शिक्षक संगठन को हरिवन नगर कमिटि अध्यक्षमा राम बिश्वाश महतो सर्ब सम्मत चयन भएका छन ।नेपाल कम्युनिस्ट पार्टि माओबादि केन्द्र निकट शिक्षकहरु को छाता संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठनको हरिवन नगरकमिटि को अध्यक्ष मा महतो सर्ब सम्मत चयन भएका हुन । संगठन का नगर संयोजक श्री प्रसाद स्याङ्गतान को अध्यक्षता एवम हरिवन नगरपालिका का प्रमुख रमेश बुढाथोकि( कमल )को प्रमुख आतिथ्यता मा हरिवन १ पटौना स्थित प्राथमिक बिधायल को प्राङ्गण मा भएको नगर शिक्षकहरु को भेला ले महतो को अध्यक्षता मा ११सदस्य नगर कमिटि सर्ब सम्मत चयन गरेको हो ।नव गठित कमिटि को उपाध्यक्षमा मुना बुढाथोकि सचिब टिका भण्डारी सहसचिब रामकुमारी श्रेष्ठ सदस्यहरुमा हरिप्रसाद सापकोटा  बिप्रहरि दाहल ,तिर्थराज पौडेल ,सुन्देश्वर ठाकुर ,नानिमैया पराजुलि ,शिब कुमारी दाहल ,र ...
राष्ट्रपतिमा कांग्रेसका पौडेललाई आम जनता पार्टीले सघाउने

राष्ट्रपतिमा कांग्रेसका पौडेललाई आम जनता पार्टीले सघाउने

Breaking news 2, राजनीति
सर्लाही | फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनमा आम जनता पार्टीले नेपाली कांग्रेसबाट उम्मेदवार बनेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गर्ने भएको छ । पौडेलले आज राष्ट्रपति पदमा मनोनयन दर्ता गराएपछि आम जनता पार्टीले उनलाई समर्थन रहने विषयको जानकारी दिएको थियो । पार्टीले एक विज्ञप्ति जारी गर्दै ञसंघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको चौंथो राष्ट्रपति पदका लागि कांग्रेसबाट रामचन्द्र पौडेलज्यू र नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले मनोनयन दर्ता गराएकोमा आम जनता पार्टीले पौडेललाई सघाउने जानकारी दिएको छ । साथै, पौडेल राष्ट्रिय एकताको साझा प्रतीक बन्दै देश र जनताको सर्वोपरि हित बमोजिम आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेछन् भन्नेमा आम जनता पार्टी विश्वस्त रहेको पार्टीका प्रचार प्रसार विभाग प्रमुख चन्द्र भुषण साहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्त...
मैले २ महिनामै तितो अनुभव गरेँ : प्रधानमन्त्री प्रचण्ड

मैले २ महिनामै तितो अनुभव गरेँ : प्रधानमन्त्री प्रचण्ड

Breaking news 1, राजनीति
काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो २ महिनामा आफूले तितो अनुभव गरेको बताएका छन्। महेन्द्रनारायण निधिको १०१ औं जन्मजयन्तीका सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। ‘सबैभन्दा सहज कोर्श र प्राकृतिक कोर्श के हुनसक्छ भन्दा १२ बुँदे समझदारीहरू, शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरु, संविधान घोषणा गर्दा समावेशी लोकतन्त्रका मान्यताहरुमा जो सहमत भएका छौं,’ प्रचण्डले भने, ‘ती शक्तिहरु मिलेर अघि बढेर मात्र देशलाई विकास र समृद्धि दिनसक्छ।’ संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न सक्ने शक्तिहरुसँगको सहकार्यले मात्र देशको विकास हुने प्रचण्डको भनाई छ। ‘मैले २ महिनाभित्रै त्यो तितो अनुभव गरेँ। हिजो ऐतिहासिक रुपमा भूमिका खेलेका शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरू एक हुनुपर्छ,’ प्रचण्डले सम्बोधनको क्रममा भने, ‘गिरिजाप...
राष्ट्रपति पदको साझा उम्मेदवार चयन गर्न,दलहरुको आज निर्णायक वार्ता

राष्ट्रपति पदको साझा उम्मेदवार चयन गर्न,दलहरुको आज निर्णायक वार्ता

राजनीति
काठमाडौं | राष्ट्रपति पदको साझा उम्मेदवार चयन गर्न सक्रिय राजनीतिक दलका शीर्ष नेताहरुको आज निर्णायक वार्ता हुँदैछ । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्नेछन् । त्यसअघि नेपाली कांग्रेससँग पनि वार्ताको तयारी छ । जसपाका नेता राजेन्द्र श्रेष्ठले आज बिहान कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बस्ने तयारी भइरहेको जानकारी दिए । हिजो माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बसेको थियो । सोही बैठकले आज कांग्रेससँग पनि वार्ता गर्ने सहमति गरेको हो । आजको बैठकले कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन ब्यूँताउने तयारीलाई औपचारिकता दिने नेताहरु बताउँछन् । कांग्रेससहितको बैठक राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्ने र पुरानो सत्ता गठबन्धन व्युँताउने विषयमा केन्द्र...