सिक्का र टिकटमा सजिएका सत्यमोहन जोशी
काठमाडौं : नेपाली एक हजारको नोटमा किन हात्तीको चित्र ? कसले किन, हात्ती नै छान्यो होला ? धेरैको मनमा यो प्रश्न हुन सक्छ। हात्तीको चित्र राख्ने प्रस्तावक थिए, संस्कृतिविद् सत्यमोहन जोशी। उनी कागजी नोटमा राखिने चित्र लगायतको डिजाइनको सुझावकर्ता थिए। हजारको नोटमा हात्तीको चित्र राख्दा बढी महत्व हुन्छ भन्ने तर्क संस्कृतिविद् जोशीको भनाइ थियो। नेपाली मुद्राको सबैभन्दा ठूलो नोट हजारको भएकाले हात्तीलाई बढी ‘वेट’ दिनुपर्छ भन्ने उहाँको भनाइ थियो– राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले भने। पछि कतिपय हजारको नोटमा हात्तीको चित्र फरक पर्यो। जोशीले नै ‘अफ्रिकन हात्ती’ को चित्र छापिएको भनेर सच्याउन सुझाव दिएको पूर्वगभर्नर डा. युवराज खतिवडाले बताए। ‘जोशीको भनाइ पछि हात्तीको चित्र सच्याइएको थियो,’ डा. खतिवडाले भने, ‘यस्ता कतिपय घटनामा पुराना गल्तीहरू पनि सच्याउनुभए...