समाचार

हरिपूर्वामा मोटरसाइकल दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

हरिपूर्वामा मोटरसाइकल दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

समाचार, सर्लाही बिशेष
हरिपुर्वा। सर्लाहीको हरिपुर्वा नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीवार अपराह्न ४ बजे वडा नं ३ धनकौलमा दक्षिणबाट उतर तर्फ जाँदै गरेको ना.३४ प ८२८९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको बताईएको छ । मोटरसाइकल बाटो भन्दा ८ मिटर तल खेतमा दुर्घटना हुँदा अन्दाजी बर्ष ३०/३२ र ४५/४६ को जस्तो देखिने दुई पुरूषको घटना स्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । प्रहरीले घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको बताएको छ। हालसम्म शवको सनाखत भईनसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही प्रमुख लेखनाथ मैनालीले जानकारी दिनुभयो । ...
सर्लाहीको बलराबाट २० किलो गाँजा सहित मोटरसाइकल नियन्त्रणमा

सर्लाहीको बलराबाट २० किलो गाँजा सहित मोटरसाइकल नियन्त्रणमा

समाचार, सर्लाही बिशेष
बलरा | सर्लाहीको बलरा नगरपालिकामा सर्लाही प्रहरीले प्रतिबन्धित लागु औषध गाँजा सहित मोटरसाइकल नियन्त्रणमा लिएको छ । बलरा नगरपालिका वडा नं. हथियौल स्थित भित्री सडक खण्डमा प्रहरीले चेकजाँच गर्ने क्रममा २० किलो प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बलराका प्रहरी सहायक निरीक्षक दिपक कुमार गुप्ताको गस्ती टोलीले नेपाल बाट भारत तर्फ जादै गरेको अन टेस्ट अपाचे मोटरसाइकल रोक्न खोज्दा प्रहरी टोलीलाई देख्न साथ मोटर साइकल छाडी चालक फरार भएको थियो । प्रहरीले मोटरसाइकल चेक जाँच गर्दा मोटरसाइकलको पछाडी बाँधिएको बोरामा गाँजा बरामद भएको हो । नियन्त्रणमा लिइएको लागु औषध गाँजा र मोटरसाइकल ईलाका प्रहरी कार्यालय बलराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । ...
‘चौथो जिनियस म्युजिक अवार्ड’को आवेदन खुला

‘चौथो जिनियस म्युजिक अवार्ड’को आवेदन खुला

ट्रेन्डिङ, मनोरञ्जन, समाचार
आवेदन अनलाइनबाट दिन सकिने काठमाडौं |  पछिल्लोपटक गीतसंगीत तथा कला/साहित्यको क्षेत्रमा बिभिन्न अवार्ड हुदै आइरहेका छन् । यसै सन्धर्भमा विगत लामो समयदेखि हुदै आएको  जिनियस म्युजिक अवार्डको चौथो संस्करणका लागि पनि आयोजकले आवेदन खुला गरीसकेको छ । ‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, सांगीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्दै उनीहरूको योगदानको कदर गर्नु जिनियस म्युजिक अवार्डको मूल उद्देश्य रहेको जनाइएको छ । जिनियस म्युजिक प्रा.लि.ले आफ्नो आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको सु-अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड-२०७५’ सम्पन्न गरेको थियो । यस संस्थाले आफ्नो हरेक वार्षिकोत्...
मिटरब्याज पीडितको समस्या समाधान गर्न मधेशी आयोगको आग्रह

मिटरब्याज पीडितको समस्या समाधान गर्न मधेशी आयोगको आग्रह

Breaking news 2, समाचार
काठमाडौ  । मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न मधेशी आयोगले सरकारसँग आग्रह गरेको छ । मंगलबार आयोगले विज्ञप्ति जारी गर्दै तत्कालै समस्या साधानका लागि बहुवैकल्पिक पहल गरी पीडितहरुको अधिकारलाई संरक्षण गर्न सरकारसँग आग्रह गरेको हो । आयोगका सचिव रुद्रप्रसाद लामिछानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘…राज्‍यले तत्कालै समस्या सामाधानका लागि बहुवैकल्पिक पहल गरी पीडितहरुको अधिकारलाई राज्‍यले संरक्षण गरोस् र तिनीहरुको बोल्न पाउने लोकतान्त्रिक अधिकारलाई समेत सम्मान गरोस् भनी आयोग अपील गर्दछ ।’ यस्तै पीडितहरुसँग छलफल तथा समाधानको लागि आयोगका सदस्य जीवछ साह, रेणु देवी साह र आभा कुमारीसहितको टोलीलाई स्थलगत अनुमगनका लागि आयोगले खटाएको छ । गाउँमा साहुकारसँग लिएको चर्को ब्याजको ऋण (मिटरब्याज) का कारण जायजेथा गुमाउनुपरेको भन्दै न्याय माग्न मधेशका जिल्लाबाट एक टोली पैदल हिँडेर काठमाडौं आएको ...
जंगली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

जंगली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

Breaking news 1, समाचार
मकवानपुर | जंगली हात्तीको आक्रमणमा परी मकवानपुरमा एक जना पुरुषको मृत्यु भएको छ ।बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय जनकलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार राति ९ बजेको समयमा घर नजिकै बाख्रा खोरमा जाँदै गरेका माझी हात्तीको आक्रमणमा परी घाइते भएका थिए । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ...
सर्लाहीको लालबन्दीबाट एक अर्बको तरकारी निकासी

सर्लाहीको लालबन्दीबाट एक अर्बको तरकारी निकासी

समाचार, सर्लाही बिशेष
लालबन्दी | सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा एक अर्बभन्दा बढीको तरकारी निकासी गरेको छ।  लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत साउन १ देखि माघ मसान्तसम्ममा तरकारी निकासीबाट रु एक अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रकम आर्जन गरेको समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिए।  उनका अनुसार आव २०७९/०८० को साउनमा रु २० करोड दुई लाख, भदौमा रु १८ करोड ८५ लाख ५२ हजार, असोजमा रु २७ करोड ८० लाख ८३ हजार, कात्तिकमा रु नौ करोड ६३ लाख ७८ हजार, मङ्सिरमा रु सात करोड १० लाख ६८ हजार, पुसमा रु १७ करोड १५ लाख ८८ हजार र माघमा रु २० करोड ९४ लाख ३७ हजार हाराहारी रकम सङ्कलन छ।  चालु आवको सात महिनामा रु एक अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रकम सङ्कलन भएको समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए। जिल्लाका लालब...
विषादी रहित खाद्यान्न भण्डारण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

विषादी रहित खाद्यान्न भण्डारण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

Breaking news 3, समाचार
निराज रानाभाट , ललितपुर : मेरो एग्रो प्रा.लि. ले विषादी रहित खाद्यान्न भण्डारण कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा ललितपुरको होटल हिमालयमा सरोकारवाला निकायसँग छलफल गरेको छ । कम्पनीले लामो समयदेखि विषादी रहित खाद्यान्न भण्डारणको लागि ग्रेन प्रो ब्याग, ग्रेन सेफ ब्याग, सुपर ग्रेन ब्याग, कोकुनका साथै छिटो छरितो सुकाउनको लागि सोलर बबल ड्रायर, कोल्यावसेवल ड्रायर र अक्सिजन नाप्नको लागि अक्सिमिटर, मोईस्चर मापनको लागि मोईस्चर मिटर, आदि बिक्री - वितरण गर्दै आएको छ । सरकारी एवम् गैरसरकारी व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रममा ब्यागको प्रभावकारीताको बारेमा प्रस्तुतिकरण गरिएको थियो । ग्रेन प्रोका लागि एसिया एण्ड मिडल ईस्ट कन्ट्रि म्यानेजर प्रविण गुप्ताले ब्यागको महत्व र यसको उपयोगिताको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै मेरो एग्रो प्रा.लि.का संचालक श्रीकृष्ण श्रेष्ठले ग्रा...
देशभर नै नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

देशभर नै नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

Breaking news 1, समाचार
काठमाडौं | देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो । उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ । टेलिकमले अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे कुनै जानकारी दिएको छैन । ...
२३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

२३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

Breaking news 1, समाचार
काठमाण्डाै | पोखरामा हिजो आइतवार भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका ६९ जनामध्ये २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु गरिएकाे छ । पोखरामा शव बुझ्न चाहने आफन्तलाई पोस्टमार्टमपछि शव बुझाउन सुरु गरिएको हो । बाँकी सनाखत भइसकेका १८ जना र सनाखत हुन बाँकी २८ जना गरी ४६ जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । शव लिनका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा पुगिसकेको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले आज अबेर भएकोले भोलि मङ्गलवार बिहान ९ बजेपछि शव काठमाण्डाै पठाइने जानकारी दिनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले सेती नदीकाे खोँचमा खोजी कार्य जारी राखेको छ । आज पानीभित्रबाट एक जनाको शव निकालिएको र बाँकी तीन जनाको शव खोज्नका लागि गोताखोर टोलीसहित नेपाल प्रहरीका दुई...
आज माघे संक्रान्ति

आज माघे संक्रान्ति

Breaking news 2, समाचार
सर्लाही  | सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ।  माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ। यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ। यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ। तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन्। वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन्।  बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशय...