स्थानीय

एनसिई जिल्ला समन्वय समिति सर्लाही द्वारा राजिनितिक दलका प्रतिनिधि तथा प्रतिनिधि सभा सदस्य प्रत्यासीहरुलाई सार्वजनिक शिक्षा सुधारको लागि सुझाब पत्र हस्तान्तरण

एनसिई जिल्ला समन्वय समिति सर्लाही द्वारा राजिनितिक दलका प्रतिनिधि तथा प्रतिनिधि सभा सदस्य प्रत्यासीहरुलाई सार्वजनिक शिक्षा सुधारको लागि सुझाब पत्र हस्तान्तरण

राजनीति, सर्लाही बिशेष, स्थानीय
मनोज यादव / सर्लाही l नेपालका लागि शिक्षा अभियान( NCE Nepal ) जिल्ला समन्वय समिति सर्लाहीले जिल्लाका विभिन्न राजिनितिक दलका प्रतिनिधि तथा प्रतिनिधि सभा सदस्य पदका प्रत्यासी उम्मेदवारहरुलाई सर्लाही जिल्लामा विद्यमान गुणस्तरहिन शिक्षाको सुधारका योजनाहरु चुनावी घोषणापत्रमा उल्लेख गर्न १६ बुँदे सुझाव सहितको पत्र हस्तान्तरण गरेको छ। समितीले जिल्ला संयोजक राजेश पासवानको अगुवाइमा नेपाल समाजबादी पार्टीका केन्द्रीय अध्यक्ष महेन्द्र राय यादव ,लोसपा का बरिष्ठ नेता राजेन्द्र मह्तो , नेकपा एमाले का प्रतीनिधि सभा सदस्य उमेदवार राज नरायन साह र स्वतन्त्र उमेदवार डा.बिरवंश बैठलाई सुझाब पत्र हस्तान्तरण गरेको हो। एनसिइ नेपालले राजनीतिक दलहरुकाघोषणापत्र तथा चुनावी मुद्दामा १. आधारभूत तथा माध्यमिक शिक्षामा व्याप्त निजीकरण तथा व्यापारीकरणको अन्त्य गर्न निजी तथा नाफामूलक विद्यालयहरुलाई निजी तथा सार्वजनिक ...
घारेको टोकाईबाट रन्जितपुरमा एक बृद्धाको ज्यान गयो

घारेको टोकाईबाट रन्जितपुरमा एक बृद्धाको ज्यान गयो

सर्लाही बिशेष, स्थानीय
लालबन्दी । सर्लाहीको रन्जितपुरमा आज दिउँसो घारेको टोकाईबाट एक बृद्धाको ज्यान गएको छ । लालबन्दी ५ रन्जितपुरमा आफ्नै घरमा बसिरकेको अबस्थामा अन्दाजी ९५ बर्षिय बृद्धा राम सखी यादवलाई जंगली घारेले टोकेको हो । नजिकैको सिम्मलको रुखमा बसेको घारेलाई बाज, चील लगाएतका चराले बिच्क्याएको र घाँस काट्न गएकी एक महिलालाई लखेटे पछि उनी ज्यान जोगाउन मृतक यादवको घरमा पसेकि थिईन । घाँसे महिला घर भित्र परेपछी यादवको घर परिवार र बस्तुभाउलाई घारेले टोकेको मृतकका आफन्तले बताएका छन । घारेले हजार पटक भन्दा बढी पटक टोकेपछी बृद्धालाई लालबन्दिको सुर्योदय हस्पिटलमा उपचारको लागि लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । ...
‘नो रोड नो भोट’ भन्दै कौडेनामा उम्मेदवारलाई गाउँ छिर्न रोक

‘नो रोड नो भोट’ भन्दै कौडेनामा उम्मेदवारलाई गाउँ छिर्न रोक

Breaking news 1, सर्लाही बिशेष, स्थानीय
 सर्लाही । सर्लाहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कौडेना गाउँपालिका ३ का बासिन्दाले उम्मेदवार र उनीहरुका प्रतिनिधिलाई गाउँ छिर्न रोक लगाएका छन् । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि दलहरुले प्रचार प्रसार गर्न थालेपछि युवाहरुले उम्मेदवारलाई गाउँ छिर्न रोक लगाउँदै नारावाजी गरेका हुन । गाउँका युवाले हुलाकी राजगार्कमा ढाट राखेर र टायर बालेर प्रदर्शन गरेका छन् । हुलाकी राजमार्ग र गाउँको सडक नबनेको भन्दै आक्रोशित स्थानीय बासिन्दाले ‘नो रोड नो भोट’ लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन पनि गरेका छन् । प्रदर्शनको नेतृत्व गरेका कौडेना गाउँपालिका ३ का वडाध्यक्ष पचु चौधरी कल्वारले नेता र नेतृत्वबाट पटक पटक धोका भएकोले गाउँमा राम्रो सडक नबनेकाले विरोध गर्नु परेको बताए । उनले हुलाकी राजमार्ग पीच नगरेकै कारण धुलोले गाउँलेको स्वास्थ्य सम...
सर्लाहीको बसबरियाबाट लाखौँ मुल्य बराबरको अबैध चिनी बरामद

सर्लाहीको बसबरियाबाट लाखौँ मुल्य बराबरको अबैध चिनी बरामद

ट्रेन्डिङ, समाचार, सर्लाही बिशेष, स्थानीय
बसबरिया । जिल्लाको दक्षिणी क्षेत्र बसबरियाबाट सर्लाही प्रहरीले २ सय ४० बोरा अबैध चिनी बरामद् गरेको छ । आईतवार दिउसो बसबरिया गाउँपालिका–३, स्थित भित्री सडक खण्डबाट उक्त परिमाणमा चिनी बरामद भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो । बलराबाट ट्रकमा नयाँरोड तर्फ अबैध चिनी ल्याउदै गरेको गोप्य सूचनाको आधारमा चेक जाचँ गर्ने क्रममा ट्रकबाट ल्याउदै गरेको चिनी बरामद भएको प्रहरीले जनाएको छ । प्रदेश ०३–००१ ख ७५८८ नम्बरको ट्रकलाई चेकजाचँको क्रममा ४ सय ८० बोरा चिनी फेला परेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । बरामद चिनी, पक्राउ परेको ट्रक समेत गरी ४४ लाख ४० हजार मुल्यांकन गरी जिल्ला भन्सार कार्यलय सर्लाहीमा बुझाईएको प्रहरी नायव उपरिक्षक यादवले बताए । यस रुटबाट प्रहरीले यस पहिला पनि तस्करीका विभिन्न खाध्यन्न सामाग्री बरामद गरिसकेको छ । ...
चन्द्रनगरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

चन्द्रनगरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

समाचार, स्थानीय
चन्द्रनगर । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष राजकुमार महतोले पहिलोपटक चन्द्रनगर गाउँवासी सँग दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरे पछि स्थानीयहरु खुसि भएको छ । शनिवार चनद्रनगर गाउँपालिकाको आयोजना तथा गाउँपालिका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको कार्यक्रमको उदघोषक पच्चुलाल माझीले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष महतोले चन्द्रनगर गाउँपालिकामा धेरै परिवर्तन गर्नु छ, त्यो क्रमबद्ध रुपमा सुरु गरको छु बताउनुभयो । अहिले मरिचमान माविमा प्लस टु संचालित गरेको छु,शिक्षा क्षेत्रमा क्रमिक रुपमा नयाँ तरिकाले परिवर्तनको काम भैरहेको गाउँपालिका अध्यक्ष महतोले बताउनु भयो । यसैगरी नेपाल सरकारले स्थ...
अध्यक्ष महतोको उदाहरणीय कार्य : वडा स्तरमै समाजिक सुरक्षा भता वितरण

अध्यक्ष महतोको उदाहरणीय कार्य : वडा स्तरमै समाजिक सुरक्षा भता वितरण

ट्रेन्डिङ, स्थानीय
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा वडा स्तरमै समाजिक सुरक्षा भता वितरण हुन सुरु भएको छ । बिहीबार वडा नं ४ पोखरीया बाट एनआईसी एसिया बयलबास ब्रान्चले जेष्ठ नागरिक,विधवा,दलित जेष्ठ नागरिक, तथा अती अश्क्त र पूर्ण अंपागलाई समाजिक सुरक्षा भता दिन सुरु गरेको एनआईसी एसिया बयलबास ब्रान्चका म्यानेजर मनिष प्रताप साहले जानकारी दिनुभयो । । गाउँपालिका अध्यक्ष राजकुमार महतोले प्रतिबद्धता गरे अनुरुप वडा वडा मै नै भता दिन सुरु गरेपछि समाजिक सुरक्षा भता प्राप्त गर्ने व्यक्तिहरु दंग परेका छन । चन्द्रनगर गाउँपालिका पञ्जिकरण शाखाको आयोजना तथा गाउँपालिका अध्यक्ष महतोको अध्यक्षतामावडा स्तरमा समाजिक सुरक्षा भता प्रदान शुभारम्भ समारोह को उद्घाटन गाउँपालिका अध्यक्ष महतोले गर्नुभयो ।गाउँपालिका अध्यक्ष लगायत चन्द्रनगरका सम्पूर्ण जनप्रतिनिधिले वडा स्तरमा समाजिक सुरक्षा भता वितरण गराउन सफल भएको छ ,उहाहरुले ...
उपमेयर घलान र वडा अध्यक्ष रेजाले गरे रेडियो सर्लाहीको निरीक्षण

उपमेयर घलान र वडा अध्यक्ष रेजाले गरे रेडियो सर्लाहीको निरीक्षण

समाचार, स्थानीय
हरिवन । हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान र वडा नम्बर ११ का वडा अध्यक्ष शेख मेहबुब रेजाले रेडियो सर्लाहीको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । हरिवन नगरपालिका ११ स्थित बजारमा रहेको जिल्लाकै पहिलो रेडियोको पहिचान बनाएको सामुदायिक रेडियो सर्लाहीको अनुगमन तथा निरीक्षण गर्नुहुँदै उपमेयर घलान र वडा अध्यक्ष रेजाले रेडियोको भौतिक संरचना निर्माण र गुणस्तर सुधारमा आवश्यक सम्पूर्ण सहयोग नगरपालिकाले गर्ने प्रतिवद्धता जनाउनुभएको छ । तिहार, छठ तथा अन्य पर्वको शुभकामना आदान प्रदानसहित उहाँहरुलाई स्वागत तथा सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपमेयर घलानले सामुदायिक रेडियो सर्लाही हरिवनको मात्र नभई जिल्लाकै सम्पति भएकोले यसको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय सरकारका गतिविधि तथा देशविदेशका सूचना नगर तथा जिल्लावासीलाई सुसुचित गराउन विगत देखि नै रेडियोले खेलेको भ...
सर्लाहीमा लुटेराहरुले चलाएको गोली लागी सगुन साकोसका शाखा प्रमुख घाइते

सर्लाहीमा लुटेराहरुले चलाएको गोली लागी सगुन साकोसका शाखा प्रमुख घाइते

ट्रेन्डिङ, सर्लाही बिशेष, स्थानीय
बागमती । सर्लाहीको बागमतीमा लुटेराहरुले चलाएको गोली लागेर सगुन साकोसका शाखा प्रमुख घाइते भएका छन् । घाईते हुनेमा हरिवन स्थित सगुन साकोसको बागमती नगरपालिका १ स्थित मिलनचोकमा रहेको शाखामा प्रमुखको रुपमा कार्यरत लालबन्दी नगरपालिका २ बस्ने अन्दाजी ३४ वर्षिय साजन कार्की रहेका छन् । कार्कीको शरीरका विभिन्न भागमा गोली लागेको छ । उनलाई हरिवनस्थित एड्भान्स सरस्वती हस्पिटलमा सामान्य उपचारपछि सिमरा हुँदै हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको छ । आज विहान कार्की कार्यालय समयमै कार्यालय पुगेका थिए । उनले ४ जना सेवाग्राहीसँग कारोवार समेत गरिसकेका थिए । त्यस लगतै भारतीय नम्बर प्लेटमा आएका तीन जना लुटेराहरुले सो शाखा लुटन खोजेपछि शाखा प्रमुख कार्कीले प्रतिकार गर्न खोज्दा उनीमाथि ४ राउण्ड गोली प्रहार भएको सगुन साकोसका संस्थापक अध्यक्ष बाबुराम घिमिरेले बताए । घिमिरेका अनुसार प्रारम्भिक जानकारी अनु...
चन्द्रनगर गाउँपालिकाले गरे आन्तरिक आयस्रोतबाट करारका कर्मचारीको तलब बृद्वि

चन्द्रनगर गाउँपालिकाले गरे आन्तरिक आयस्रोतबाट करारका कर्मचारीको तलब बृद्वि

स्थानीय
राधेश्याम कुशवाहा, सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले करारमा कार्यरत कर्मचारीको तलब १५% तलब बृद्वि गरेको छ ।गाउँपालिकाले आन्तरिक आयश्रोतबाट तलबभक्ता पाउने करारका कर्मचारीहरुको तलबमा साउन १ गतेदेखि लागु हुने गरी १५ प्रतिशत बृद्वि गर्ने निर्णय गरेको छ ।स्थानिय सरकारले तलब बृद्वि गर्ने निर्णय गरेपछि करारमा कार्यरत कर्मचारीले राहतको सास फेर्न पाएको छ । स्थानिय सरकार निर्माण भएको ५ बर्षसम्म समेत विभिन्न क्षेत्रमा कार्यरत करार कर्मचारीको तलब बृद्वि नभएपछि कर्मचारीहरु निराश बनेका थिए । तलब बृद्वि भएपछि करारका कर्मचारीले खुशि हुनुको साथै काम गर्ने उत्साह थपिएको करारमा कार्यरत कर्मचारी अविनाश महतो बताउँछन ।करारका कर्मचारीहरु समेत पालिकाको सेवा चुस्तदुस्त र सेवाग्राहीलाई कुनै किसिमका कठिनाई नहोस भने अहोरात्र खटिदै आएपनि तलब बृद्वि हुन सकेका थिएन ।सरकारले वजेट भाषण मार्फत बर्षेनि स्थायी कर्म...
चार दलद्वारा सर्लाहीमा संसदीय चुनाव अवज्ञा/बहिष्कारसभा सम्पन्न

चार दलद्वारा सर्लाहीमा संसदीय चुनाव अवज्ञा/बहिष्कारसभा सम्पन्न

स्थानीय
हरिवन । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक कञ्चनले संसदीय प्रणालीको चुनावमा भाग लिएर जित्नु भनेको देश लुट्ने लाइसेन्स प्राप्त गर्नु रहेको बताएका छन् । सर्लाहीको हरिवनमा आइतबार चार वामपन्थी दलद्वारा आयोजित अवज्ञा/बहिष्कार सभामा सम्बोधन गर्दै संयोजक कञ्चनले भने, ‘संसदीय चुनावमा हरेक नेपाली नागरिक र सुकुमबासी जनताले धेरैपटक भोट हाले । नेताहरू पटकपटक जितेर गए तर ६० लाख सुकुमबासी तथा नेपाली नागरिकको व्यवस्थापन गर्नुको साटो मिटरब्याजी, भ्रष्ट जनप्रतिनिधि, माफियाहरूको योजनामा कुमार पौडेललगायत गरिबको अवाज उठाउने धेरैको हत्या गरियो । त्यसैले जितेर गएकाहरूले नै लाखौँ सुकुमबासीको पेटमा लात हानेर कुमारहरूको हत्या गरेका हुन् । मानवअधिकार आयोगले समेत अपराधी घोषणा गरिसकेकाहरूलाई नेपालका कानुन र प्रहरीले किन देखेनन् ? हत्यारा र अपराधीहरूलाई कारबाही गर्नुको साटो उल्टै हाम्रो पार्टीका धेरै नेता–कार्...