स्थानीय

सर्लाहीमा लुटेराहरुले चलाएको गोली लागी सगुन साकोसका शाखा प्रमुख घाइते

सर्लाहीमा लुटेराहरुले चलाएको गोली लागी सगुन साकोसका शाखा प्रमुख घाइते

ट्रेन्डिङ, सर्लाही बिशेष, स्थानीय
बागमती । सर्लाहीको बागमतीमा लुटेराहरुले चलाएको गोली लागेर सगुन साकोसका शाखा प्रमुख घाइते भएका छन् । घाईते हुनेमा हरिवन स्थित सगुन साकोसको बागमती नगरपालिका १ स्थित मिलनचोकमा रहेको शाखामा प्रमुखको रुपमा कार्यरत लालबन्दी नगरपालिका २ बस्ने अन्दाजी ३४ वर्षिय साजन कार्की रहेका छन् । कार्कीको शरीरका विभिन्न भागमा गोली लागेको छ । उनलाई हरिवनस्थित एड्भान्स सरस्वती हस्पिटलमा सामान्य उपचारपछि सिमरा हुँदै हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको छ । आज विहान कार्की कार्यालय समयमै कार्यालय पुगेका थिए । उनले ४ जना सेवाग्राहीसँग कारोवार समेत गरिसकेका थिए । त्यस लगतै भारतीय नम्बर प्लेटमा आएका तीन जना लुटेराहरुले सो शाखा लुटन खोजेपछि शाखा प्रमुख कार्कीले प्रतिकार गर्न खोज्दा उनीमाथि ४ राउण्ड गोली प्रहार भएको सगुन साकोसका संस्थापक अध्यक्ष बाबुराम घिमिरेले बताए । घिमिरेका अनुसार प्रारम्भिक जानकारी अनु...
चन्द्रनगर गाउँपालिकाले गरे आन्तरिक आयस्रोतबाट करारका कर्मचारीको तलब बृद्वि

चन्द्रनगर गाउँपालिकाले गरे आन्तरिक आयस्रोतबाट करारका कर्मचारीको तलब बृद्वि

स्थानीय
राधेश्याम कुशवाहा, सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले करारमा कार्यरत कर्मचारीको तलब १५% तलब बृद्वि गरेको छ ।गाउँपालिकाले आन्तरिक आयश्रोतबाट तलबभक्ता पाउने करारका कर्मचारीहरुको तलबमा साउन १ गतेदेखि लागु हुने गरी १५ प्रतिशत बृद्वि गर्ने निर्णय गरेको छ ।स्थानिय सरकारले तलब बृद्वि गर्ने निर्णय गरेपछि करारमा कार्यरत कर्मचारीले राहतको सास फेर्न पाएको छ । स्थानिय सरकार निर्माण भएको ५ बर्षसम्म समेत विभिन्न क्षेत्रमा कार्यरत करार कर्मचारीको तलब बृद्वि नभएपछि कर्मचारीहरु निराश बनेका थिए । तलब बृद्वि भएपछि करारका कर्मचारीले खुशि हुनुको साथै काम गर्ने उत्साह थपिएको करारमा कार्यरत कर्मचारी अविनाश महतो बताउँछन ।करारका कर्मचारीहरु समेत पालिकाको सेवा चुस्तदुस्त र सेवाग्राहीलाई कुनै किसिमका कठिनाई नहोस भने अहोरात्र खटिदै आएपनि तलब बृद्वि हुन सकेका थिएन ।सरकारले वजेट भाषण मार्फत बर्षेनि स्थायी कर्म...
चार दलद्वारा सर्लाहीमा संसदीय चुनाव अवज्ञा/बहिष्कारसभा सम्पन्न

चार दलद्वारा सर्लाहीमा संसदीय चुनाव अवज्ञा/बहिष्कारसभा सम्पन्न

स्थानीय
हरिवन । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक कञ्चनले संसदीय प्रणालीको चुनावमा भाग लिएर जित्नु भनेको देश लुट्ने लाइसेन्स प्राप्त गर्नु रहेको बताएका छन् । सर्लाहीको हरिवनमा आइतबार चार वामपन्थी दलद्वारा आयोजित अवज्ञा/बहिष्कार सभामा सम्बोधन गर्दै संयोजक कञ्चनले भने, ‘संसदीय चुनावमा हरेक नेपाली नागरिक र सुकुमबासी जनताले धेरैपटक भोट हाले । नेताहरू पटकपटक जितेर गए तर ६० लाख सुकुमबासी तथा नेपाली नागरिकको व्यवस्थापन गर्नुको साटो मिटरब्याजी, भ्रष्ट जनप्रतिनिधि, माफियाहरूको योजनामा कुमार पौडेललगायत गरिबको अवाज उठाउने धेरैको हत्या गरियो । त्यसैले जितेर गएकाहरूले नै लाखौँ सुकुमबासीको पेटमा लात हानेर कुमारहरूको हत्या गरेका हुन् । मानवअधिकार आयोगले समेत अपराधी घोषणा गरिसकेकाहरूलाई नेपालका कानुन र प्रहरीले किन देखेनन् ? हत्यारा र अपराधीहरूलाई कारबाही गर्नुको साटो उल्टै हाम्रो पार्टीका धेरै नेता–कार्...
मलंगवाबाट ९ किलो ८ सय ग्राम लागुऔषध गाँजासहित एक भारतीय पक्राउ

मलंगवाबाट ९ किलो ८ सय ग्राम लागुऔषध गाँजासहित एक भारतीय पक्राउ

स्थानीय
मलंगवा l सर्लाही प्रहरीले ९ किलो ८ सय ग्राम लागुऔषध गाँजासहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सितामढी जिल्ला सोनवर्षा थाना ग्राम पञ्चायत बिसनपुर आधार वार्ड न-६ संग्रामपुर बस्ने जाकिर हुसेनको छोरा अन्दाजी वर्ष २७ को नुर मोहम्मद रहेको प्रहरीले जनाएको छ । निजलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा आइतवार दिउँसो BR 30 Z 6466 नम्बरको मोटरसाइकलमा ४ किलो ९ सय ग्रामको दरले दुइवटा पोका बनाएर राखेको जम्मा ९ किलो ८ सय ग्राम गाँजासहित मलंगवा नगरपालिका वडा न-१ भेडियाही गाउँ स्थित ढलान सडक खण्डबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जानकारी दिएको छ । पक्राउ परेका भारतीय युवक नुर मोहम्मदलाई सशस्त्र प्रहरीले मोटरसाइकल र बरामद भएको लागुऔषधसहित सोही दिन साँझ आवश्यक अनुसंधानको लागि सदरम...
आर.आर.पि.के को १७ औं  वार्षिक साधारणसभा सम्पन्न

आर.आर.पि.के को १७ औं वार्षिक साधारणसभा सम्पन्न

स्थानीय
मलंगवा l राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र मलंगवाले आफ्नो १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।संस्थाका अध्यक्ष गायत्री देवीको अध्यक्षतामा आयोजना भई सम्पन्न भएको उक्त सभाको सोमबार प्रमुख जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहले उद्घाटन गर्नुभएको थियो। मलंगवा नगरपालिका वडा न-८ स्थित कुसुम पार्टी पैलेसमा आयोजना भएको कार्यक्रममा विशिष्ट अतिथि जिसस सर्लाहीका उपसभापति जितेन्द्र प्रसाद कुशवाहा, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम लगायत विभिन्न निकाय तथा संघसंस्थामा आबद्ध अतिथिहरुले शुभकामना मन्तव्य मार्फत आर.आर.पि.के ले गरेको कामको प्रसंसा गर्नुका साथै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए। कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक शिवजी प्रसाद साहले स्वागत मन्तव्य राखेका भने संस्थाका कोषाध्यक्ष पिंकी साहले संस्थाको वार्षिक आर्थिक प्रगतिबारे जानकारी दिएकी थ...
सर्लाहीको चन्द्रनगर गाउँपालिकाका कामदमा प्लस टु सुरु भएपछि स्थानिय हर्षित

सर्लाहीको चन्द्रनगर गाउँपालिकाका कामदमा प्लस टु सुरु भएपछि स्थानिय हर्षित

स्थानीय
चन्द्रनगर । सर्लाहीको चन्द्रनगर गाउँपालिका वार्ड न.६ स्थित मरिचीमान माध्यमिक विधालयमा दस जोड दुई सन्चालनमा आएपछि स्थानीयवासी हर्षित भएको छ ।गणतन्त्र र संघीयता कार्यान्वयन पछि को पहिलो स्थानीय सरकारको पांच बर्षे कार्यकालमा समेत उक्त विधालयमा कक्षा ११ र १२ अध्यापन गराउन कुनै पहल नगरेपछि आम जनसमुदायमा निराशा बनेका थिए । स्थानिय सरकारमा प्लस टु सन्चालन भएपछि चन्द्रनगर गाउँपालिकाका वडा नम्बर ६ र ७ का जनताका १५ वर्षे सपना साकार भएको स्थानीय मन्जुु सिंह बताउछिन ।वैशाख २०७९ को स्थानीय तहको निर्वाचन पछि गाउँपालिका अध्यक्ष राज कुमार महतोको नेतृत्वमा गठन भएको स्थानीय सरकारले पहिलो तिन महिना भित्र अहोरात्र खटि सम्पूर्ण पक्रिया पुरा गरेर कक्षा ११ को अध्यापन शुरु गराउनु निकै सुखद र सकारात्मक कार्य रहेको छन । उनले भनिन । उहाँको नेतुत्वमा भएको उल्लेखनीय कार्यहरुले उहाँको कार्यकालको ६ महिना नबित्दै आम ...
सव डिभिजन वन कार्यालय भीमफेदीले गर्यो बजार एरिया सरसफाइ

सव डिभिजन वन कार्यालय भीमफेदीले गर्यो बजार एरिया सरसफाइ

Breaking news 2, ट्रेन्डिङ, स्थानीय
भीमफेदी । डिभिजन वन कार्यालय मकवानपुर अन्तरगत सव बन डिभिजन कार्यालय भीमफेदीको आयोजनामा भीमफेदी बजार एरियामा आज सरसफाई सम्पन्न गरेको छ । भीमफेदी गाउँपालिका वडा नं. ६  अध्यक्ष सोम बहादुर घलानको प्रमुख अतिथि तथा बन कार्यालय प्रमुख रेञ्जर सतिश दाहालको संयोजकत्वमा डेङ्गु तथा अन्य रोगहरु नलागोस् र वातावरण संरक्षणकोलागी सरसफाई कार्यक्रम आयोजना गरिएको हो। मकवानपुर जिल्लाको पुरानो सदरमुकाम भिमफेदीको भीमफेदी गाउँपालिकामा २०७९/०६/२८ गते सम्म ३८ जना लाई डेंगू संक्रमण भएको तथ्याङ्क रहेको छ।स्वास्थ्य केन्द्रमा दैनिक ५/७ जना बिरामी डेंगुका लक्षण भएका बिरामी आउँछन् जसको परिक्षण गर्नै उपकरण छैन। गाउँपालिका स्वास्थ्य शाखाले परिक्षण किट उपलब्ध गराउनु पर्ने स्वास्थ केन्द्रको सिनियर अहेब सुनिल कुमार झाले बताउनुभयो ।सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, विभिन्न संघ संस्थाका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सहका...
घनश्याम भूषालले त्यागे एमाले

घनश्याम भूषालले त्यागे एमाले

Breaking news 1, ट्रेन्डिङ, समाचार, स्थानीय
हेटौँडा । नेकपा एमालेका स्थायी कमिटि सदस्य घनश्याम भुसालले एमाले परित्याग गरेका छन् । पार्टीले टिकट नदिएपछी भुसालले सामजिक सञ्जाल फेसबुक मार्फत एमाले त्यागेको जानकारी गराएका हुन् ।हेर्नुहोस् , उनको स्टाटस देशभक्ति, जनजीविका र लोकतन्त्रका लागि लाखौँ सदस्य र जनसमुदायलाई गोलबन्द गर्दै र आन्तरिक लोकतन्त्रको भव्य अभ्यास गर्दै हामीले नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको निर्माण गरेका हौँ । यसै सन्दर्भमा पार्टीको पाँचौँ महाधिवेशनले नेपालको कम्युनिष्ट आन्दोलनलाई विचारको एउटा नयाँ मोडमा पुर्‍यायो । नवौँ महाधिवेशनले नेकपा एमाले र समग्र कम्युनिष्ट आन्दोलनका अनुभवलाई समेट्दै हाम्रो आन्दोलनलाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उँचाइमा लग्यो । तर, दुर्भाग्यवश त्यस महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती गर्‍यो । त्यसपछि पार्टी संस्थागतरुपले गुटबन्दी...
बाह्र घुुम्तिमा सुख्खा पहिरो: यातायात अबरुद्ध

बाह्र घुुम्तिमा सुख्खा पहिरो: यातायात अबरुद्ध

Breaking news 1, ट्रेन्डिङ, समाचार, स्थानीय
भिमफेदी - त्रिभुवन राजपथको भिमफेदी गाउपालिकाको बाह्र घुम्तीमा सुख्खा पहिरो गएपछि सडक अबरुद्ध भएको छ । भिमफेदी गाउँपालिका वडा नं. २ स्थित बाह्रघुम्ती भन्दा केही माथी रहेको तेर्सो सडकमा सल्लाको रुख ढलेको र सुख्खा पहिरो गएपछी सडक पुर्ण रुपमा अबरुद्ध भएको छ । हेटौंडा हुँदै दामन, पालुङ, काठमाडौ र नामटार तर्फको सवारी साधन पुर्ण रुपमा बन्द भएको छ | ...
सुनाचुरीमा पहिलो पल्ट खसिकप फुुुटबल हुने

सुनाचुरीमा पहिलो पल्ट खसिकप फुुुटबल हुने

Breaking news 1, खेलकुद, ट्रेन्डिङ, समाचार, स्थानीय
मनिआर मोक्तान, मकवानपुर | सुनाचुरी चौकिटोल फुटबल समुहको आयोजनामा असोज दोश्रो साता मनहरी गाउँपालिका वडा नम्बर ६ मा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक सुनाचुरीले शुक्रबार सुनाचुरीमा पत्रकार सम्मेलन गरी पहिलो संस्करणका ३० बर्ष भन्दा माथीको खसिकप फुटबल प्रतियोगिता असोज १० गतेबाट हुने जानकारी गराएको छ । सुनाचुरी स्थित जोगिताल खेल मैदानमा आयोजना हुने प्रतियोगितामा मनहरी गाउँपालिकाको वडा नम्बर ६ र ७ को टोलीले सहभागिता जनाउने प्रतियोगिताको संयोजक केदार योन्जनले जानकारी दिनुभयो । नक आउटको आधारमा सञ्चालन हुने प्रतियोगितालाई विभिन्न सङ्घसस्था र ब्यक्तिहरुले सहयोग गरिने आयोजकले जनाएके छ । स्थानीय सहयोगी संस्था र विदेशमा भएका क्लबका शुभचिन्तकले प्रतियोगिता सञ्चालनका लागि आर्थिक सहयोग गर्ने संयोजक योन्जनले बताउनुभएको छ । मनहरी गाउपालिकाको वडा नम्बर ६ र ७ बाट सहभागि जनाउने प्रतियोग...