स्थानीय

नेता बानियाँ द्वारा एक युवालाई कृतिम खुट्टा सहयोग

नेता बानियाँ द्वारा एक युवालाई कृतिम खुट्टा सहयोग

Breaking news 1, स्थानीय
हेटौंडा।नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले हेटौंडाका एक युवालाई कृतिम खुट्टा सहयोग गर्नुभएको छ ।२०७४ सालमा ट्रक दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका हेटौंडा उपमहानगरपालिका ३ नर्सिङडाँडाका ४१ बर्षिय ईन्द्रबहादुर बस्नेतलाई ७५ हजार रुपियाँ बराबरको कृतिम खुट्टा सहयोग गर्नुभएको हो ।नेता बानियाँले ‘हात खुट्टा नहुनु भनेको जीवन नै अर्कै चरणबाट गुज्रिन बाध्य हुनु हो । मैले कृतिम खुट्टा उपलब्ध गराएर बस्नेतको जीवनमा रूपान्तरण ल्याउने सानो कोशिस गरेको हो । यसले बस्नेतको जीवनमा ठूलो फरक पार्नेछ भन्ने मेरो विश्वास छ ।’करिब साँढे दुईवर्ष अघि पनि नेता बानियाँले बस्नेतलाई ५० हजारको कृतिम खुट्टा उपलब्ध गराउनुभएको थियो । बस्नेत हाल हेटौंडामा अटोरिक्सा चलाएर जिवन निर्वाह गरिरहेका छन् । ...
नेता बानियाँद्वाारा एक युवालाई कृतिम खुट्टा सहयोग

नेता बानियाँद्वाारा एक युवालाई कृतिम खुट्टा सहयोग

Breaking news 1, स्थानीय
हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले हेटौंडाका एक युवालाई कृतिम खुट्टा सहयोग गर्नुभएको छ ।२०७४ सालमा ट्रक दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका हेटौंडा उपमहानगरपालिका ३ नर्सिङडाँडाका ४१ बर्षिय ईन्द्रबहादुर बस्नेतलाई ७५ हजार रुपियाँ बराबरको कृतिम खुट्टा सहयोग गर्नुभएको हो ।नेता बानियाँले ‘हात खुट्टा नहुनु भनेको जीवन नै अर्कै चरणबाट गुज्रिन बाध्य हुनु हो । मैले कृतिम खुट्टा उपलब्ध गराएर बस्नेतको जीवनमा रूपान्तरण ल्याउने सानो कोशिस गरेको हो । यसले बस्नेतको जीवनमा ठूलो फरक पार्नेछ भन्ने मेरो विश्वास छ ।’करिब साँढे दुईवर्ष अघि पनि नेता बानियाँले बस्नेतलाई ५० हजारको कृतिम खुट्टा उपलब्ध गराउनुभएको थियो । बस्नेत हाल हेटौंडामा अटोरिक्सा चलाएर जिवन निर्वाह गरिरहेका छन् । ...
हेटौंडा ४ का वडा अध्यक्ष सिग्देललाई कार्यकक्षमै हातपात  गरेर सानु लामा फरार

हेटौंडा ४ का वडा अध्यक्ष सिग्देललाई कार्यकक्षमै हातपात गरेर सानु लामा फरार

Breaking news 1, ट्रेन्डिङ, समाचार, स्थानीय
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष एवम् एमाले मकवानपुरका सचिव नवीन सिग्देलमाथि हातपात भएको छ | सिग्देललाई कार्यकक्षमै हातपात गरेर सानु लामा फरार भएको हो । हाल उनलाई प्रहरीले खोजि रहेको मकवानपुरका प्रहरी उपरिक्षक बामदेब गौतमले जानकारी दिए । भुटनदेबी स्कुलको सटर भाडाको विषयमा विवाद हुँदा लामाले सिग्देललाई हातपात गरेका हुन् । अध्यक्ष सिग्देलले लामा बिरूद्द प्रहरीमा जाहेरी दिएका छन् । लामा जिल्ला खेलकुद बिकास समितिका पुर्ब अध्यक्ष समेत हुन् । ...
बकैयामा एक शव  फेला

बकैयामा एक शव फेला

Breaking news 1, स्थानीय
पूर्वि मकवानपुर बकैया गाउँपालिकाको वडा नंबर ७ को हिरामुनीकी ६२ वर्षीया कृष्ण कुमारी लामाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय,हेटौंडाले जनाएको छ । लामा आफ्नो घरबाट करिब १ किलोमिटर नजिक बारीको झाडिमा घोप्टो परेर मृत अवस्थमा फेला परेको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार ,खबरब्रेक ...
मनहरीमा पाेषणका कार्यक्रम हुने

मनहरीमा पाेषणका कार्यक्रम हुने

Breaking news 2, स्थानीय
हेटौंडा ।मकवानपुरको मनहरी गाउँपालिकामा सोचाइ सस्थाले पोषण सम्बन्धि कार्यक्रमहरु गर्ने भएका छन । पोषणका लागि युवा भन्न्ने मुल नाराका साथ मनहरी गाउँपालिका स्वास्थ्य र सामाजिक शाखा संग सोचाई को आपसी समन्वय भएको हो । मनहरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न एक बैठकमा सामाजिक शाखा संयोजक एवम ३ नम्बर वडा अध्यक्ष अनन्त प्रकाश अर्याल प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । बैठकलाई सम्बोधन गर्नुहुदै स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जनस्वास्थ्यको कार्यक्रमहरुमा आपसी समन्वय र सहकार्य गर्न स्वाथ्य शाखा सदैब तयार रहेको बताउनुभयो । बैठकमा बोल्नुहुदै सामाजिक शाखाका संयोजक अनन्त प्रकाश अर्यालले जनप्रतिनिधिहरु सङको सहकार्यमा कार्यक्रम प्रभावकारी रहने बताउनुभयो । संयोजक अर्यालले जनहितका कार्यक्रमहरुको स्वागतका निम्ति आफू आतुर भएको खुसी ब्यक्त गर्नुभयो । उहाल...
गायक प्रताप दास भीमफेदी आउंदै

गायक प्रताप दास भीमफेदी आउंदै

Breaking news 1, प्रदेश, मनोरञ्जन, समाचार, स्थानीय
गायक प्रताप दास भीमफेदी आउने भएको छ | भिमफिदी गाउँपालिका वडा नं. २ स्थित राप्ती क्लब भैंसेले श्री कृष्ण जन्म अस्टमिको अबसरमा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा दास आउन लागेको हो | राप्ती क्लब भैंसेले स्थापना काल देखिनै आफ्नो संस्कृतिलाइ जगेर्ना गर्दै आइरहेको र आउने शनिवार पनि विभिन्न सांस्कृतिक कार्यक्रम गरिने क्लबका अध्यक्ष गोपीकृष्ण थापाले बताए | कार्यक्रममा प्रताप दासको विभिन्न प्रस्तुति संगै राप्ति ब्याण्ड प्रस्तुति, डान्स ग्रुप अफ राप्ती क्लबको प्रस्तुति हुने क्लबका सदस्य राजिब परियार ले बताए | यस बर्षको श्री कृष्ण जात्रा भाद्र ४ गते हुने र रथ यात्रा दिउँसो ४ बजे हुने जात्रालाइ ब्यबस्थित गरिने क्लबका अध्यक्ष थापाले बताए | आफु भैंसे आउने जानकारी प्रताप दासले आफ्नो सामाजिक संजाल फेसबुकबाट दिएका छन् | ...
“प्रचण्ड र माधवकाे स्वार्थले कम्युनिष्ट आन्दाेलन विखण्डन”: नेता रिजाल

“प्रचण्ड र माधवकाे स्वार्थले कम्युनिष्ट आन्दाेलन विखण्डन”: नेता रिजाल

Breaking news 1, राजनीति, समाचार, स्थानीय
नेकपा एमालेका केन्द्रीय पाेलिटव्यूराे सदस्य तथा केन्द्रीय स्कुल विभाग उपप्रमुख ईश्वरी रिजालले माधव र प्रचण्डकाे स्वार्थकाे कारण नेपालमा कम्युनिष्ट अान्दाेलन विखण्डन भएकाे र दक्षिणपन्थी हावी देखिएकाे बताउनुभयाे । नेकपा एमाले बाग्मति गाउँपालिकाद्वारा अायाेजित प्रशिक्षण कार्यक्रममा उहाँले स्थानीय निर्वाचनमा नेकपा एमालेकाे सिट संख्या कमि भएता पनि जनमतमा पहिलाे पार्टी भएकाेले संघीय निर्वाचनबाट नै सिट र जनमतमा पहिलाे पार्टी हुने दावि गरे । उहाँले पटक पटक नेपाली काँग्रेस सत्तामा पुगे पनि मुलुक बर्वादी भएकाेले नेकपा एमालेका नेताहरू मनमाेहन र केपी अाेली सरकारकाे ९/९ महिना सरकारकाे सफलतालाई स्मरण गराैँ भन्नुभयाे । नेपाली काँग्रेससंग एक्लै निर्वाचन लड्ने सामर्थ नभएकाे र साहारा खाेज्दै हिँडेकाेले एमालेकाे कार्यकर्ता एकजुट भएर निर्वाचनमा लाग्नुपर्ने बताउनुभयाे । कम्युनिष्टहरू अाफैमा अनुशासित...