Breaking news 2

महेन्द्रनगरमा बालिका मृत फेला

महेन्द्रनगरमा बालिका मृत फेला

Breaking news 2, समाचार
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बडुवाल चौराहाका खेमराज भट्टकी दुई वर्षीया छोरी मानुशी भट्ट आज बिहान नहरमा मृत भेटिएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले बिहीबारदेखि हराइरहेकी बालिका शुक्रबार बिहान घर अगाडिको महाकाली सिँचाइको शाखा नहरमा मृतावस्थामा भेटिएको बताए । “हराइरहेकी बालिकाको शव स्थानीयवासीको सहयोगमा आज बिहान प्रहरीले फेला पारेको हो ।” उनले भने, “अहिले घटनास्थल मुचुल्का सङ्कलन गरेर शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल पठाएका छौँ ।” प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस ...
कीर्तिपुरमा पनि मापदण्ड विपरीतका संरचना भत्काउन सुरु

कीर्तिपुरमा पनि मापदण्ड विपरीतका संरचना भत्काउन सुरु

Breaking news 2, समाचार
काठमाडौं। कीर्तिपुर नगरपालिकाले नगरभित्रका मापदण्ड विपरीतका संरचना हटाउने कार्य सुरु गरेको छ । पटक पटकको लिखित तथा मौखिक आग्रह र चेतावनीपछि पनि अटेर गरेका कारण बिहीबार नगरपालिकाले त्यस्ता अवैध संरचनाहरु डोजर लगाएर भत्काएको छ । दिउँसो सुरु गरिएको सो कार्यमा नगरप्रमुख राजकुमार नकर्मी उपस्थित भएका थिए । नगरपालिकाको वडा १० मा पर्ने उक्त संरचना स्थानीय जयबहादुर महर्जनको पर्खाल हो । नगरपालिकामा गरिएको नक्सा पासविपरीत सो संरचना बनेकाले भत्काउनुपरेको नगरपालिकाका उपप्रमुख एवम् प्रवक्ता सुनिता शाक्यले जनाएकी छिन् । महर्जनलाई यसअघि अघिल्ला नगरप्रमुख रमेश महर्जनकै कार्यकालमा नगरपालिकाले संरचना मापदण्डविपरीत भएको र सार्वजनिक आवागमनमै बाधा पार्ने भएकाले भत्काउन अनुरोध गरिएको जानकारी पनि उपमेयर शाक्यले बताएकी छिन् ।‘उहाँहरुसँग नै महर्जनले आफ्नो संरचना आफैँ भत्काएर हटाउने प्रतिबद्धता जनाएको रहेछ । तर ...
नेता बानियाँद्वारा मनहरीका विपन्न ५ सय घरपरिवारलाई खाद्यान्न सहयोग

नेता बानियाँद्वारा मनहरीका विपन्न ५ सय घरपरिवारलाई खाद्यान्न सहयोग

Breaking news 2, स्थानीय
हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाका गरिव विपन्न चेपाङ, तामाङ तथा लोपोन्मुख बनकरिया समुदायका ५ सय घरपरिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।मनहरी गाउँपालिकाको ४, ५ र ६ नम्बर वडाको नयाँबस्ती, बनकरिया, अजिंगरे, चिसापानी, रुपाचुरी, खरिवाङ, लोथर, खयरघारी, चौकीटोल, नयाँवस्ती, प्रतापपुर क्षेत्रका चेपाङ, बनकरिया तथा तामाङ समुदायका गरिव, विपन्न परिवारका ५ सय घरपरिवारलाई प्रतिपरिवार एक बोरा चामल, दाललगायतका खाद्य सामाग्री सहयोग गर्नुभएको हो ।खाद्य सामाग्री हस्तान्तरण गर्दै नेता बानियाँले नेपाली कांग्रेस प्रत्येक दिनदुःखी, असहाय, गरिवको सेवामा सधैं समर्पित रहने बताउँदै कम्युनिष्टले जस्तो फुस्रो र छलकपट जस्ता आश्वासन नदिने बताउनुभयो ।नेता बानियाँले चाडबाडको मुखमा गरिव र विपन्न जनत...
नागरिकता विधेयक स्वीकृत नगर्ने राष्ट्रपतिलाई चाैतर्फि दबाब

नागरिकता विधेयक स्वीकृत नगर्ने राष्ट्रपतिलाई चाैतर्फि दबाब

Breaking news 2, राजनीति
काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको योजनाअनुसार प्रतिनिधिसभाले आफ्ना सबै सुझावलाई पुरै बेवास्ता गरेर नागरिकता विधेयक पुनः पारित गरेपछि नागरिक अगुवा, कानुनविद् तथा सुरक्षा निकायका पूर्व उच्चपदस्थहरूसँग छलफल गरी आवश्यक रायसुझाव लिने कामलाई तीव्रता दिएकी छिन् । सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गराई सो विधेयक फेरि राष्ट्रपतिसमक्ष पठाउने तयारीलाई तीव्र दिएको छ । राष्ट्रपति भण्डारीले छलफलका क्रममा बुधबार नेपाली सेनाका पूर्व र बहालवाला उच्च पदाधिकारीसँग छलफल गरेकी हुन् । छलफलका क्रममा सेनाका पूर्वजर्नेलहरूले राष्ट्रपति संविधानको पालक र संरक्षक भएकाले संविधानको रक्षा गर्नकै लागि पनि यथास्थितिमा आउने नागरिकता विधेयक कुनै पनि हालतमा स्वीकृत गर्न नहुने सुझाव दिएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदासहित नागरिकता विधेयकलाई परिमार्जन गर्न सुझाव दिँदै केही द...
काठमाडौंमा सामान्य रुपमा गाडी चल्दै ,ढुक्क भएर गाडी चलाउन प्रहरीकाे आग्रह

काठमाडौंमा सामान्य रुपमा गाडी चल्दै ,ढुक्क भएर गाडी चलाउन प्रहरीकाे आग्रह

Breaking news 2
काठमाडौं। काठमाडौं उपत्यकामा सडक अवरोध गराउँदै हिँडेका १८ जना भन्दा बढी पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौंस्थित नयाँ बानेश्वर , कोटेश्वरलगायत उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सडक र गाडी चलाउन समस्या नहोस् भन्नका लागि सडकमा बिहानैदेखि सुरक्षाकर्मी खटिएका छन् । प्रहरीले ढुक्क भएर गाडी चलाउन आग्रह गरेको छ । अहिले उपत्यकामा सामान्य रुपमा गाडी चलिरहेका छन् । सडक र चोक - चोकमा प्रहरीको बाक्लो उपस्थिति छ । छोटो दूरीका गाडी सामान्य रुपमा चलिरहे पनि लामो दूरीका गाडी भने फाट्टफुट्ट मात्रै चलिरहेका छन् । यसअघि सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार ( आज ) बन्द आह्वान गरेको छ । बन्दलाई अरु साना तीन दलले पनि समर्थन गरेका छन् । ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल ...
दाङमा बन्दकर्ताले  बिहानै टिपर जलाए

दाङमा बन्दकर्ताले बिहानै टिपर जलाए

Breaking news 2
दाङ । नेपाल बन्दको आह्वान गरेका ४ दलीय बन्दकर्ताकाले दाङमा एकाबिहानै टिपर जलाएका छन् । आज मंगलबार बिहान घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा उनीहरुको आगजनी गरेका हुन् । सडकमा बन्दकर्ताको खासै उपस्थिति नभए पनि चार/पाँच जनाको समूहमा रहेका बन्दकर्ताले टिप्परमा आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । तर बन्दकर्ता आगजनी गरेको भागेका छन् । उनीहरुको खोजी र अनुसन्धाना शुरु गरिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार दलले आज नेपाल बन्दको घोषणा गरेका छन् । आफ्नो पार्टीका नेताहरुलाई विगतमा भएको तीन बुँदे राजनीतिक सहमतिविपरीत सरकारले पक्राउ पुर्जी जारी गरेको र भ्रष्टाचार तथा महँगी बढिरहेको भन्दै त्यसविरुद्ध बन्द आह्वान गरिएको छ । ...
चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने आयोगको प्रस्ताव

चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने आयोगको प्रस्ताव

Breaking news 2, ट्रेन्डिङ, समाचार
निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ । सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो प्रस्ताव अघि सारिएको बताएका हुन् । उनले चुनावमा मतदातालाई अनेकौं प्रलोभन पार्ने तथा सांसदहरुले नै निर्वाचन लड्न कठिन भएको गुनासोका आधारमा आयोगले तोकेको खर्च गर्नेगरी प्रचार प्रसारका लागि २५ जना मात्रै जान मिल्ने आचारसंहिता ल्याउने प्रस्ताव गरिएको बताए । निर्वाचनमा उम्मेदवार नभएको राजनीतिक दलको चुनाव चिह्न मतपत्रमा समावेश नगर्ने तयारी रहेको पनि आयोगले जनाएको छ । निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ । सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वा...
मनहरीमा पाेषणका कार्यक्रम हुने

मनहरीमा पाेषणका कार्यक्रम हुने

Breaking news 2, स्थानीय
हेटौंडा ।मकवानपुरको मनहरी गाउँपालिकामा सोचाइ सस्थाले पोषण सम्बन्धि कार्यक्रमहरु गर्ने भएका छन । पोषणका लागि युवा भन्न्ने मुल नाराका साथ मनहरी गाउँपालिका स्वास्थ्य र सामाजिक शाखा संग सोचाई को आपसी समन्वय भएको हो । मनहरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न एक बैठकमा सामाजिक शाखा संयोजक एवम ३ नम्बर वडा अध्यक्ष अनन्त प्रकाश अर्याल प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । बैठकलाई सम्बोधन गर्नुहुदै स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जनस्वास्थ्यको कार्यक्रमहरुमा आपसी समन्वय र सहकार्य गर्न स्वाथ्य शाखा सदैब तयार रहेको बताउनुभयो । बैठकमा बोल्नुहुदै सामाजिक शाखाका संयोजक अनन्त प्रकाश अर्यालले जनप्रतिनिधिहरु सङको सहकार्यमा कार्यक्रम प्रभावकारी रहने बताउनुभयो । संयोजक अर्यालले जनहितका कार्यक्रमहरुको स्वागतका निम्ति आफू आतुर भएको खुसी ब्यक्त गर्नुभयो । उहाल...
भदौ १५ भित्रै कक्षा १२ को नतिजा

भदौ १५ भित्रै कक्षा १२ को नतिजा

Breaking news 2, शिक्षा, समाचार
प्रयोगात्मक परीक्षामा ४० र सैद्धान्तिकमा ३५ प्रतिशत अङ्क नल्याए फेल राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको परीक्षाफल भदौ १५ भित्रै प्रकाशित गर्ने भएको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म लिइएको कक्षा १२ को वार्षिक बोर्ड परीक्षामा ४ लाख भन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।  अहिले उत्तर पुस्तिका परीक्षणको काम सकिएर नतिजा कम्प्युटरमा इन्ट्री गराउने काम भइरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । केही दिनमा प्राप्ताङ्क चढाउने काम सकिएपछि नतिजा प्रकाशित गरिने शर्माले बताए ।  यो पटक ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार नतिजा प्रकाशित गरिने परीक्षा नियन्त्रक शर्माले बताए । उक्त निर्देशिका अनुसार यस पालिको नतिजामा नन–ग्रेडिङ लागू हुनेछ । विद्यार्थीहरूले विगतमा जस्तै लेटर ग्रेडिङ अनुसारको परीक्षाफत प्राप्त गरे पनि नन–ग्रेडिङ समेत लागू ...
चीन-भारत नमिली एशियाली शताब्दी आउँदैनः भारतीय विदेशमन्त्री जयशंकर

चीन-भारत नमिली एशियाली शताब्दी आउँदैनः भारतीय विदेशमन्त्री जयशंकर

Breaking news 2, अन्तर्राष्ट्रिय
३ भदौ, काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले एशियाली शताब्दी सम्भव बनाउन चीनले अवरोध हटाएर भारतसँग हात मिलाउनुपर्ने बताएका छन् । थाईल्याण्डको बैंककस्थित एक विश्वविद्यालयमा ‘इण्डियाज भिजन अफ दि इन्डो–प्यासिफिक’ विषयमा बोल्दै विदेशमन्त्री जयशंकरले भारत र चीन नमिले एसियाली शताब्दी बन्न निकै गाह्रो हुने बताएका हन् । दुई वर्षअघि भारत-चीनको पूर्वी सीमा लद्दाखमा भिडन्त भएपछि दुई देशबीचको सम्बन्ध अप्ठ्यारो अवस्थाबाट गुज्रिइरहेको छ । भारत र चीन एकै ठाउँमा आउनका लागि धेरै तरिकाहरू रहेको बताउँदै उनले चीनले आफ्नो सोच बदल्नुपर्ने बताए । ‘भारत र चीनको पारस्परिक हित मात्रै एकजुट हुन पर्याप्त छ,’ जयशंकरले भने, ‘हामी आशा गर्छौं कि चीनले यो कुरा बुझ्नेछ र यसतर्फ विवेकपूर्ण कदम चाल्नेछ ।’ उनले भारतले श्रीलंकालाई आफ्नो क्षमताले सक्दो सहयोग गरेको जिकिर पनि गरे । उनले पनि इन्डो-प्यासिफिक क्षेत...