Breaking news 2

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

Breaking news 2, समाचार
हेटौंडा ।वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ। अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए। ...
हर्क साम्पाङले सार्वजनिक गरे १०० दिनमा गरेकाे कामको विवरण

हर्क साम्पाङले सार्वजनिक गरे १०० दिनमा गरेकाे कामको विवरण

Breaking news 2, समाचार
हेटौंडा : धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङले एक सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् ।उनले आज बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन् । उनले नेपालमा श्रम सँस्कृतिको क्रान्ति सुरु गरेको, ४ ठाउँबाट खानेपानीको मुहान थपेको, ६ लाख बिरुवा रोपेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको लगायतका काम गरेको उल्लेख गरेका छन् । १०० दिनमा गरेका काम भनेर उनले सार्वजनिक गरेको विवरण यस्तो छ–१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें२. ४ ठाउँबाट खानेपानीको मूहान थपें३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ४. ६ लाख विरुवा रोपें५. सरसफाइमा देखिने सुधार ल्याएँ६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन९. लागु औषध विरुद्धको अभियान शुरु ग...
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

Breaking news 2, समाचार
काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले ‘पुनर्विचार गर्न’ भन्दै प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयक बिहीबार पारित गरिने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने कार्यसूची रहेको छ । बिहान ११ बजे बस्ने बैठकमा खाँणले ‘सम्माननीय राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस्’ भनी पहिलो प्रस्ताव राख्नेछन् । प्रस्तावमा सांसदहरूले धारणा राखेपछि गृहमन्त्रीले नै उक्त विधेयक पारित गरियोस् भन्ने अर्को प्रस्ताव राख्नेछन् । सभामुख अग्निप्रसाद सापकोटाले गत साउन १५ गते प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयक राष्ट्रपति भण्डारीले आइतबार संसद्मै फिर्ता गरिदिएकी थिइन् । प्रमुख प्रतिपक्षी एमालेले विधेयकको वि...
जनतालाई गरिवीकाे चपेटाबाट मुक्त गर्छाै: केन्द्रीय सदस्य राना

जनतालाई गरिवीकाे चपेटाबाट मुक्त गर्छाै: केन्द्रीय सदस्य राना

Breaking news 2, ट्रेन्डिङ, राजनीति, समाचार
नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाले श्रमजिवी वर्गकाे प्रतिनिधिमूलक पार्टी नेकपा एमाले भएकाेले राष्ट्रिय पूँजीकाे विकास गरेर जनतालाई अवसर प्रदान गर्ने , जनवादी शासन व्यवस्था कायम गर्ने र जनतालाई गरिवीकाे चपेटाबाट मुक्त गर्दै समाजवादका पुग्ने लक्ष्यका साथ नेकपा एमाले अगाडि बढिरहेकाे बताएका छन् । नेकपा एमाले हेटाैँडा उपमहानगरपालिका वडा नं. ८ कमिटीद्वारा अायाेजित प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै नेता रानाले शान्तिपूर्ण जनपरिचालनद्वारा राजनितिक जनक्रान्ति सम्पन्न भएपनि सामन्तवादका अवशेषहरू कायम रहेकाेले संघीय लाेकतान्त्रिक गणतन्त्रमा पनि जनताकाे समस्या र माग पूरा हुनसकेकाे छैन भन्दै अामुल परिर्वतनकाे अाधार सामाजिक, अाथिक र साँस्कृतिक रूपान्तरण भएकाे बताउनु भयाे । पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले पार्टीद्वारा सञ्चालित सुदृढीकरण तथा शुद्विकरण अभ...
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

Breaking news 2, समाचार
काठमाडौं।आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि ७६ राजनीतिक दल दर्ता भएका छन् । दल दर्ता गर्ने अन्तिम दिन मंगलबार साँझ ५ बजेसम्म रहेकोमा ७६ दल आयोगमा दर्ता भएका छन् । आयोगका सूचना अधिकारीसमेत रहेका उपसचिव सूर्यप्रसाद शर्माले दल दर्ता हुनेको संख्या ७६ पुगेकोमा तथ्याङ्कमा केहि संख्या तलमाथि पनि हुनसक्ने बताएका छन् । निर्वाचन आयोगमा साउन २० गतेसम्म १ सय १६ राजनीतिक दल दर्ता भएको भए पनि आगामी निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि भने ७६ राजनीतिक दल मात्रै दर्ता भएको आयोगले जानकारी दिएको छ । #निर्वाचन_आयोग ...
साउनकाे अन्तिम साेमबार देवघाटमा लाखौं भक्तजनकाे भिड

साउनकाे अन्तिम साेमबार देवघाटमा लाखौं भक्तजनकाे भिड

Breaking news 2, ट्रेन्डिङ, समाचार
साउनकाे अन्तिम साेमबार देवघाटमा लाखौं भक्तजनकाे भिड (भिडियाे सहित) चितवन ।पवित्र धार्मिक स्थल देवघाटमा आज साउनको अन्तिम सोमबार भक्तजनको घुइँचो लागेको छ । भक्तजनको घुइँचो लागेपछि मन्दिरमा पूजा गर्न र झोलुँगे पुल तर्न भक्तजन चर्काे घाममा लामो समय लाइन बस्नु परेको छ । यस पटक साउनमा पाँचवटा सोमबार परेका थिए । अन्तिम सोमबार विशेष हुने भएकाले भक्तजनको घुइँचो आज बढी देखिएको हो । त्रिशुली र कालीगण्डकीको संगमस्थल देवघाटमा स्नान गर्ने र शिव मन्दिरमा पूजा गर्ने भक्तजनको भिड लागेको हो । साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । भगवान शिवको व्रत बसेका भक्तजन बिहान ४ बजेदेखि नै देवघाट आउन थालेका थिए । अहिले पनि स्नान गर्ने जाने क्रम जारी छ । व्रत नबस्नेहरुको पुनि उत्तिकै ओहिरो लागेको छ । देवघाटको वा...
वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्र रहन्छ :प्रधानमन्त्री देउवा

वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्र रहन्छ :प्रधानमन्त्री देउवा

Breaking news 2, राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्रै रहने बताए । सोमवार नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले देशभित्रको भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र सामाजिक शास्त्रको विकासमा नै देशको विकास सम्भव रहने बताएका छन् । उनले कुनैपनि देशको भाषा, संस्कृति, कला, संगीत क्षेत्र देशका लागि गहना भएको भन्दै यसलाई संरक्षण र संवर्द्धन गर्न सरकार प्रतिवद्ध रहेको बताए । प्रधानमन्त्री देउवाले नेपाली साहित्य, संस्कृति र कलालाई राष्ट्रिय स्तरमा परिचित गराउन अन्तर्राष्ट्रिय समान प्रकृतिका प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले कुनैपनि देशको विकासलाई भौतिक विकाससँग मात्रै दाँज्न नमिल्ने बताए । उनले देशको साहित्यिक र सांस्कृतिक क्षेत्र...
रुपन्देहीको ओमसतियामा गोली चल्यो, एक जना घाइते

रुपन्देहीको ओमसतियामा गोली चल्यो, एक जना घाइते

Breaking news 2, प्रदेश, समाचार
३० साउन, बुटवल । रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय  विकास गुरुङ घाइते भएका छन् । नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि ओमसतिया-४ बसन्तपुरमा आइतबार राति पौने १२ बजेतिर एक राउण्ड गोली हानेका प्रहरीले जनाएको छ । पेटको बायाँतर्फ गोली लागेका गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उक्त घटनाको आधा घण्टा अगाडि रोहिणी गाउँपालिका १ बाइपासस्थित सिद्धर्थ कटेजमा अज्ञात समूहले पेस्तोल देखाएर २ तोला सुन र केही नगद लुटेको थियो । गुरुङमाथि गोली प्रहार गर्ने समूह सोही लुटपाटमा संलग्न व्यक्ति हुन् वा होइनन् भन्ने यकिन भइनसकेको र गोली प्रहार गर्ने समुहको खोजी भइरहेको प्...
प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट, बहिष्कार गरेका न्यायाधीश पनि सहभागी हुने

प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट, बहिष्कार गरेका न्यायाधीश पनि सहभागी हुने

Breaking news 2, अर्थ, खेलकुद, ट्रेन्डिङ, मनोरञ्जन, राजनीति, रोचक, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्वास्थ्य
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीका अनुसार दिउँसो साढे एक बजेका लागि बैठकको समय तय भएको छ । बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूचि छ । यसअघि प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीश पनि सो बैठकमा सहभागी हुने भएका छन् । प्रधानन्यायाधीशले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको  भन्दै उनीहरू बैठकमा उपस्थित हुन तयार भएका हुन् । नेपाल बारले भने जबराले राजीनामा नदिएसम्म इजलासमा बहस गर्न नजाने निर्णय गरिसकेको छ । ...