Breaking news 3

आज २०८० असार २७ गते, बुधवारको राशिफल संगै चमेलि माईको दर्शन गरौँ !

आज २०८० असार २७ गते, बुधवारको राशिफल संगै चमेलि माईको दर्शन गरौँ !

Breaking news 3, दैनिक राशिफल
मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। स्वास्थ्यका लागि खर्च बढ्नेछ। धन लाभ भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा बाधा पर्न सक्छ। तापनि प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसर समेत दिलाउनेछ। बृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ। फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ। मिथुन : (का,की,कू,घ,ङ,छ,के,को,हा)नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्र...
आज २०८० असार १६ गते शनिवारको राशिफल संगै चमेलि माईको दर्शन गरौँ !

आज २०८० असार १६ गते शनिवारको राशिफल संगै चमेलि माईको दर्शन गरौँ !

Breaking news 3, दैनिक राशिफल
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अशरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। आफ्ना वस्तु तथा काममाथि अरूले नियन्त्रण गर्न सक्छन्। व्यवसाय र अध्ययनमा समय दिन नसकिएला। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। फजुल खर्च बढ्नेछ। तत्काल फाइदा नभए पनि सम्भावना पहिचान गर्न सकिनेछ। वृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बोखर्च लागे पनि रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। साथीभाइसँग भेटघाट हुनेछ। तर सरसापटमा केही रकम बाहिरिन सक्छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, हद्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। योजना गोप्य राखेर अघि ब...
आज २०८० असार १२ गते मंगलवारको राशिफल संगै चमेलि माईको दर्शन गरौँ !

आज २०८० असार १२ गते मंगलवारको राशिफल संगै चमेलि माईको दर्शन गरौँ !

Breaking news 3, दैनिक राशिफल
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ काम गर्न केही समय लागे पनि पहिलेको सफलताले हौसला जगाउनेछ। रमाइलो भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। तर आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। नाम र दामका लागि गरिएको प्रयास व्यर्थ हुन सक्छ। आलोचकहरूले कमजोरी औंल्याउने हुँदा सम्भावित संकट भने टार्न सकिनेछ। वृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। काम बिग्रनाले क्षति वा घाटा हुन सक्छ। भैपरी आउने समस्याले खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह आम्दानी मनग्गे हुनेछ तर फजुल खर्च बढ्नाले...
बालिका सम्मेलन गर्नुपर्ने माग गर्दै चन्द्रनगरमा प्रदर्शन

बालिका सम्मेलन गर्नुपर्ने माग गर्दै चन्द्रनगरमा प्रदर्शन

Breaking news 3, समाचार, सर्लाही बिशेष, स्थानीय
सर्लाही । सर्लाहीको चन्द्रनगरमा जनप्रतिनिधिको बिरोध पछी स्थगित गरिएको बालिका सम्मेलन गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिएको छ । बाल विवाह सन २०३० सम्म अन्त्य र बालिकालाई सक्षम बनाउने उदेश्यका साथ आज(शनिवार) नाढीमन तालमा हुने बालिका सम्मेलन गाउँपालिका उपाध्यक्ष गितादेवी महतो, वडा नं. ७ का वडा अध्यक्ष रामस्वरुप कुर्मी, वडा नं. ६ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा नं. ५ का वडा अध्यक्ष , वडा नं. ४ का वडा अध्यक्ष राजिव सिंह , वडा नं. ३ का वडा अध्यक्ष सिताराम महतो लगायतका विरोद्ध टोलीले शुक्रवार गाउँपालिकाको कार्यालय अगाडी बालिका सम्मेलन स्थगित गर्न माग गरेपछी बालिका सम्मलेन स्थगित गरिएको थियो । बालिका सम्मेलन स्थगित भएपछि बालबालिका, महिला अधिकारकर्मी तथा महिलाहरु लगायत अन्य व्यक्तिहरुको उपस्थितिमा सम्मेलन गर्नुपर्ने भन्दै प्रदर्शन गरिएको छ । बालबालिकाहरुले बालिका सम्मेलन चाडै गर, बालिका...
लक्की मिडिया अवार्ड २०८० : बैकिङ्ग पार्टनर कृषि विकास बैंक

लक्की मिडिया अवार्ड २०८० : बैकिङ्ग पार्टनर कृषि विकास बैंक

Breaking news 3
निराज रानाभाट, चितवन । चितवनमा हुन लागेको ‘ एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड - २०८० ’ को लागि कृषि विकास बैंक लिमिटेड र लक्की मिडिया हाउस चितवन बीच सम्झौता भएको छ । कार्यक्रमको बैकिङ्ग पार्टनरका लागि २ पक्ष बीच सम्झौता भएको हो । कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालयका निर्देशक खुर्सेद अहमद, वरिष्ठ शाखा प्रमुख नुर प्रसाद गौतम, नारायणगढ शाखाका प्रबन्धक दिपक बराकोटी र लक्की मिडिया हाउसका महा - प्रवन्धक हरि कार्की ‘ लक्की ’ बीच सम्झौता गरिएको छ । चितवनमा हुन लागेको राष्ट्रिय स्तरको कार्यक्रमलाई सफल बनाउनका लागि बैंकको तर्फबाट सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालयका निर्देशक खुर्सेद अहमदले बताए । नेपालमा २ सय ८५ भन्दा बढी कार्यालय र शाखाहरुले सेवा दिदै आएको कृषि विकास बैंकले नेपाली कृषि क्षेत्रको उन्नतीका लागि किसानहरुको सारथीको रुपमा काम गर्दै...
महावीर पुनसँग सरकारले थाल्यो वार्ता

महावीर पुनसँग सरकारले थाल्यो वार्ता

Breaking news 3, समाचार
काठमाडौं । सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित ४ बुँदे माग राख्दै माइतीघरमा धर्ना बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता थालेको छ । वार्ता सिंहदरबारस्थित रक्षा मन्त्रालयमा जारी छ । वार्तामा कानुन मन्त्रीको समेत जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण खड्का र पुनसहित अन्य सहभागी रहेका खड्काको सचिवालयले जनाएको छ । सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै पुनले शुक्रबारदेखि माइतीघरमा धर्ना सुरु गरेका थिए । महावीरसँगै धर्नामा राजनीतिक दलका पार्टीका नेता तथा सामाजिक अभियन्ताहरु पनि सहभागी भएका छन् । ...
भ्रष्टाचार लुकाउन परोहा न.पाले सुचना दिनबाट आनाकानी, दर्ता गराएको महिनौ बित्यो

भ्रष्टाचार लुकाउन परोहा न.पाले सुचना दिनबाट आनाकानी, दर्ता गराएको महिनौ बित्यो

Breaking news 3
रौतहट । सार्वजनिक महत्व बोकेका बिषयमा परोहा नगरपालिकाले सुचना उपलब्ध गराउन आनाकानी गरेको छ । नेपालको संबिधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७ अनुसार परोहा नगरपालिका संग माग गरिएको सूचना प्राप्त नभएको हो । सूचनाको हकसम्बन्धी ऐनले प्रत्येक सार्वजनिक निकायले हरेक तीन महिनामा सूचना अद्यावधिक गर्नुपर्ने व्यवस्था भए पनि यहाँका स्थानीय तहले सूचना अद्यावधिक गरेको पाइँदैन । रौतहटको परोहा नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्नुपर्ने कुरा त परै जाओस्, सूचनाको हकसम्बन्धी ऐनमा आधारित भएर माग गरिएका सूचनासमेत दिन आलटाल गरेको पाइएको छ । रिपोर्टर्स क्लब नेपाल मधेश प्रदेशको कोषाध्यक्ष तथा परोहा नगरपालिका वडा नं ८ मोतिपुर नरकटिया निवासी पत्रकार अभिमनु कुमार पटेल (राउत) ले २०७९ चैत ६ गते परोहा नगरपालिका संग सार्वजनिक महत्वका बिषयमा सूचना माग गरेका थिए । उनले परोहा नगरपालिका संग आर्थ...
महिला हिंसा महिलाको मात्र समस्या होइन : मन्त्री यादव

महिला हिंसा महिलाको मात्र समस्या होइन : मन्त्री यादव

Breaking news 3, ट्रेन्डिङ
एसपी यादव/काठमाडौं : नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महिन्द्र राय यादवले, महिला हिंसा महिलाको मात्र समस्या नभई समाज, राजनीतिक दल र सिंगो राष्ट्रको समस्या भएको बताए । घर, राजनीतिक दल र राज्यसत्ता सबैतिर महिला हिंसा हुने गरेको बताउदै उनले, महिला हिंसाको समस्या समाधानका लागि सबैले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिए । महिला हिंसा विरुद्धको कार्यक्रमहरु बन्द कोठाभित्र गर्दा प्रभावकारी हुन नसकेको भन्दै मन्त्री यादवले ती अभियानहरू अब सडकबाटै सुरु गर्नुपर्ने पनि बताए । महिला हिंसा गाउँघरमा मात्रै नभई सहरी क्षेत्रमा पनि उत्तिकै भएको बताउँदै मन्त्री यादवले समाजलाई सचेत नगराई महिला हिंसाको अन्त्य नहुने बताए । उनले राजनीतिक दलहरूले पनि महिला हिंसाको विरुद्धमा अभियान नै सञ्चालन गर्नुपर्ने उल्लेख गरे । राजनीतिक दलहरूले घोषणापत्रमा लेखेर र भाषण गरेर मात्रै नपुग्ने बताउँदै उन...
हरिवनमा वनको डढेलो गोठमा सल्किँदा बाख्रा फार्म जल्यो

हरिवनमा वनको डढेलो गोठमा सल्किँदा बाख्रा फार्म जल्यो

Breaking news 3, सर्लाही बिशेष
हरिवन | सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नम्बर– १ बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ ।नेकपा एमालेका नेता एवम् अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्षसमेत रहेका किसान उत्तम परियारले सञ्चालन गरेको बाख्रा फार्ममा आगलागी भएको हो । आगलागीबाट सोलार बैट्री , लत्ताकपडा, बाख्रलाई दानापानी दिने भाँडाकुडाहरु जलेर खरानी भएका छन् ।आगलागीबाट करिब ३ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।घरका मान्छे सबै बजार गएको बेला दिउँसो साढे १२ बजे तिर आगलागी भएको हो । केही दिनदेखि हरिवन नगरपालिका वडा नम्बर ८, ९ र १ मा पर्ने शिवेश्वर सामुदायिक वन र हरिवन वडा नम्बर ८ र १ मा पर्ने मनकामना सामुदायिक वनमा आगलागी भइरहेको थियो । वनमा लागेको आगो फैलिएर बाख्रा फार्ममा सल्किएको स्थानीयले बताएको छ । बाख्रा चरणको लागि खोलिएको समयमा आगलागी भएकाले पशुचौपाय र मानवीय क्षति भने नभएको बताइएको छ । जंगलबाट फैलिएर आएको आगो...
भूटानसँग हारबाट जोगियो नेपाल, लाओससँग फाइनल खेल्ने

भूटानसँग हारबाट जोगियो नेपाल, लाओससँग फाइनल खेल्ने

Breaking news 3, खेलकुद
काठमाण्डाै | नेपाल प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । दशरथ रङ्गशालामा भएको लिग चरणको खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो । पहिलो हाफमा १–० गोलले पछि रहेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गर्दै खेल १–१ को बराबरीमा ल्याएको हो । नेपालका लागि दीपकराजसिंह ठकुरीले खेलको अन्तिम समयमा गोल गर्दै नेपाललाई हारबाट जोगाए । भुटानका लागि खेलको १९ औँ मिनेटमा तेन्जिन नोर्बुले गोल गरे । योसँगै नेपालले भुटानसँगको खेलमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि भएका सबै १२ खेल नेपालले जितेको थियो । अब नेपालले फाइनलमा आउँदो शुक्रवार लाओससँग खेल्नेछ । नेपाल ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा र लाओस ३ अङ्कसहित दोस्रो भयो । १ अङ्क जोडेको भुटान समूह चरणबाट बाहिरियो । प्रतियोगिताको वि...