Breaking news 3

चितवनकाे नारायणी नदीमा सिग्नेचर पुल बनाउन ठेक्का आह्वान

चितवनकाे नारायणी नदीमा सिग्नेचर पुल बनाउन ठेक्का आह्वान

Breaking news 3, ट्रेन्डिङ, समाचार
निराज रानाभाट , चितवन : पूर्व - पश्चिम राजमार्ग अन्तर्गत नारायणी नदीमा सिग्नेचर पुल बनाउन ठेक्का आह्वान भएको छ । अहिले रहेको पुरानो पुलको आडैमा सिग्नेचर पुल बनाउने गरि ठेक्का आह्वान भएको हो । सडक विभागको पुल शाखाले डिजाइन एण्ड बिल्डको मोडलमा सिग्नेचर पुल बनाउने गरि कार्तिक ०२ गते , बुधबार ( आज ) ठेक्का आह्वान गरेको हो । बहुप्रतिक्षित सिग्नेचर पुल निर्माणको लागि ठेक्का आह्वान भएपछि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बधाई दिएकी छन् । नारायणी नदीको पुल निकै पुरानो भइसकेको छ । अहिलेको पुलमा ठूलो दुर्घटना हुनसक्ने भन्दै नयाँ पुल निर्माणका लागि पटकपटक नगरिक स्तरबाट दबाब दिँदै आइएको थियो । ...
यो वर्षको भाइ टीकाको उत्तम साईत बिहान ११ बजेर ३७ मिनेटमा

यो वर्षको भाइ टीकाको उत्तम साईत बिहान ११ बजेर ३७ मिनेटमा

Breaking news 3, ट्रेन्डिङ, समाचार
निराज रानाभाट , काठमाडौं : अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइ टीकाको उत्तम साईत सार्वजनिक भएको छ । यस वर्षको भाइ टीकाको उत्तम साईत बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले सूचनामा जनाएको छ । समितिका अनुसार भाइ टीकाको उत्तम साईत यहीँ कार्तिक १० गते , बिहान ११ बजेर ३७ मिनेटमा जुरेको हो । टीका लगाउने उत्तम साईत ११ः३७ बजे भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइ टीका लगाउन सकिने पनि समितिले जनाएको छ । ...
एमालेसङ्ग सद्भाव र आत्मीयता छ: कमल थापा

एमालेसङ्ग सद्भाव र आत्मीयता छ: कमल थापा

Breaking news 3, ट्रेन्डिङ, राजनीति, समाचार
हेटौंडा,३१ असोज | मकवानपुर क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापाले एमालेसङ्ग सद्भाव र आत्मियता निरन्तर रहेको बताउनुभएको छ । नेकपा एमालेको तर्फबाट सुर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रन पाउनु आफ्नो लागि सौभाग्य रहेको थापाको भनाई थियो ।आज हेटौंडा ५ र ६ को भिन्न भिन्नै समयमा नेकपा एमालेको प्रचार प्रसार कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै एमाले सङ्गको सहकार्य चुनाव जित्ने मात्र नभई देशको आवश्यकताका कारण भएको भनाई राख्नुभयो ।बाह्य शक्तिको चलखेल व्यापक रुपमा बढेकोले यसलाई रोक्न राष्ट्रवादी शक्तिहरुको एकता खाचो रहेको उहाले औल्याउनुभयो । देश भित्र पनि कतिपय राजनीतिक दलहरुले स्वभिमान कायम राख्न नसकेको, राष्ट्रबादी शक्ति कमजोर बनाउने प्रयास गरेको आरोप लगाउनुभयो । नेपालको चुच्चे नक्सा जारी भए सङ्गै एमालेलगायतका राष्ट्रबादी शक्ति माथी प्रहार हुन थालेको उहाँको कथन थियो । उहाँले गठबन्धन राष्ट्रबादी श...
विकासमा पछि परेको पर्सालाई माथि उठाउन थुप्रै विकास निर्माणको काम गरेको छु : प्रदीप यादव

विकासमा पछि परेको पर्सालाई माथि उठाउन थुप्रै विकास निर्माणको काम गरेको छु : प्रदीप यादव

Breaking news 3, ट्रेन्डिङ, समाचार
वीरगञ्ज, ३० असोज । पूर्वमन्त्री एवम् पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार प्रदीप यादवले मङ्सिर ४ गतेको निर्वाचनमा कामको मूल्यांकन गरेर मतदान गर्न आग्रह गरेका छन् । वीरगञ्जमा शिक्षकहरुले आयोजना गरेको अन्तकृया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मतदान गरेर पछुताउनुभन्दा पहिले नै विचार गरेर सही व्यक्तिलाई मतदान गर्नु पर्नेमा जोड दिए । आफूले इमान्दारी पूर्वक आफ्नो क्षेत्र र पर्सेली जनाताका लागि काम गरेको भन्दै उनले विकासमा पछि परेको पर्सा जिल्लालाई माथि उठाउन थुप्रै योजना भित्र्याएको पनि उल्लेख गरे । संसदको पहिलो कार्यकालमा थुप्रै काम गरेको उदाहरण दिँदै उनले कहिल्यै पनि टाउको झुकाउने गरी गलत काम नगरेको बताए । बरु अहिलेसम्म कसैले पनि गर्न नसकेका योजनाहरु आफूले पर्सावासीका लागि भित्र्याएको उनले बताए । जिल्लाका ग्रामिण क्षेत्रलाई जोड्न सडक सञ्जालदेखि देशकै ठूल...
सत्यमोहन जोशीको स्वास्थ्य स्थिर

सत्यमोहन जोशीको स्वास्थ्य स्थिर

Breaking news 3, ट्रेन्डिङ, समाचार
२९ असोज, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा खासै सुधार नभएको र स्थिर रहेको अस्पतालले जनाएको छ । १०३ वर्षका उनको २३ दिनदेखि ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उमेर धेरै भएका उनमा एकै पटकमा धेरै प्रकारका स्वास्थ्य समस्या देखिएको छ । निमोनिया र पिसाबको संक्रमण, मुटुरोगसँगै पछिल्लो समय उनमा डेंगु संक्रमण देखिएको थियो । जोशीलाई प्रतिमिनेट ४ लिटर अक्सिजन दिनुपरेको अस्पतालले जनाएको छ । जोशीको स्वास्थ्यमा छिन–छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । किस्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ । ...
सत्तागठबन्धनले प्रदेश र प्रतिनिधिसभाको टुंग्यायो  सिट बाँडफाँट

सत्तागठबन्धनले प्रदेश र प्रतिनिधिसभाको टुंग्यायो सिट बाँडफाँट

Breaking news 3, ट्रेन्डिङ, प्रदेश, राजनीति, समाचार
२०७९ असोज २१ । सत्ता गठबन्धनले प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँटलाई लगभग टुंगो लगाएका छन् । नेताहरुका अनुसार जनता समाजवादी पार्टी ९जसपा० बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रवेश पाएको छ । र गठबन्धका एक नेताका अनुसार सत्ता गठबन्धनका दलहरु ८ सिट दिन सहमत भएका छन् । ४ सिटमा छलफल चलिरहेको छ । हालसम्म कांग्रेसले प्रतिनिधिसभाको ८४ सिट, माओवादीले ४७, एकीकृत समाजवादीले २० र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने भएको छ । हेर्नुहोस् कुन क्षेत्र क–कस्को भागमा ? (सूचिसहित) ...
कपनमा भीषण आगलागी, एक जनाको मृत्यु

कपनमा भीषण आगलागी, एक जनाको मृत्यु

Breaking news 3, ट्रेन्डिङ, समाचार
५ असोज, काठमाडौं । कपनको एक घरमा भीषणा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ । घरको दोस्रो तलामा रहेका एक जनाको मृत्यु भएको उपत्यका प्रहरी प्रमुख रवीन्द्र धानुकले पुष्टि गरे । उनका अनुसार घरको माथिल्लो तलामा रहेकाहरुको उद्दार गरिएको छ । अहिले दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । साँघुरो गल्ली भएका कारण दमकल जान समेत अप्ठ्यारो भएको छ । ...
दाङमा २७ कैदी-बन्दिको कैद मिनाहा

दाङमा २७ कैदी-बन्दिको कैद मिनाहा

Breaking news 3, ट्रेन्डिङ, समाचार
दाङ, ३ असोज ।दाङमा २७ जना कैदीबन्दीको कैद मिनाह भएको छ । संविधान दिवसको अवसरमा सोमबार तुलसीपुर कारागारबाट १७ जना र घोराही कारागारबाट १० जना गरी २७ जना कैदीबन्दीको कैद मिनाह भएको हो । कैद मिना हुनेमा दुई महिला र २५ पुरुष रहेको रहेका छन् । घोराही कारागारका जेलर बासुदेव खनालका अनुसार १० जना ४० प्रतिशत कैद भुक्तान गरेका, १६ जना ५० प्रतिशत कैद मिनाह गरेका र एक जनालाई आम माफी दिइएको हो ।कैद मिनाह हुनेमा सबैभन्दा बढी कर्तव्य ज्यान मुद्धाका छन् । आम माफीसहित १५ जना कर्तव्य ज्यान मुद्धाका कैदीको बाँकी कैद मिनाह भएको जेलर खनालले जानकारी दिए । सवारी ज्यान अंगभंग, सवारी ज्यान, सवारी ज्यान तथा हातहतियार खरखजना, नकवजनी चोरी, सरकारी कागज किर्ते, ज्यान मार्ने उद्योग र बहुविवाह लगायतका मुद्धाका कैदीबन्दीको कैद मिनाह भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरबाट ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा गरेक...
बागमती प्रदेश वाईसिएल नेपाल सहसंयोजकमा मोक्तान

बागमती प्रदेश वाईसिएल नेपाल सहसंयोजकमा मोक्तान

Breaking news 3, ट्रेन्डिङ, समाचार
नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपालले दोस्रो राष्ट्रिय भेला सम्पन्न गरेको छ । भेला राजधानी काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको थियो । YCL नेपालको दोस्रो राष्ट्रिय भेला २०७९ भाद्र ३ गते बाट भएको बैठक बागमती प्रदेश YCL नेपालको दोस्रो राष्ट्रिय भेला ५ गते सम्पन्न भएको थियो । ‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ सङ्गठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ भन्ने मूल नाराका साथ सम्पन्न गरेको छ । बैठकले योङ कम्युनिस्ट लिग (YCL) नेपाल वागमती प्रदेश मकवानपुर जिल्ला का युवा नेता स-संयाेजकको रुपमा राजकुमार मोक्तान चयन हुनुभएको छ। युवा नेता राजकुमार मोक्तान लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । ...
रहबर केयरमा रक्तदान कार्यक्रम

रहबर केयरमा रक्तदान कार्यक्रम

Breaking news 3, ट्रेन्डिङ, समाचार, स्वास्थ्य
असोज १ गते शनिबारका दिन रहबर केयरमा तेरापन्थ युवक परिषद द्वारा मेघा ब्लड डोनर्स ड्रारइभ २०२२ अन्तर्गत भएको कार्यक्रममा संस्थाको तर्फबाट नरेश भन्साली सचिव र पारस जैन तथा रहबर केयरका फाउन्डर तथा नेकपा माओवदी केन्द्र का केन्द्रीय सदस्य रहबर अन्सारीको प्रमुख अतिथिमा भएको रक्तदान कार्यक्रमा रक्तदान जीवन दान भने सलोग्नलाई उदगृत गर्दै हाम्रो समाजमा भएको रक्तदान् गर्न एकदमै अफ्ठयारो मान्नेलाई सहज तरिकाले रक्तदान गरी जीवन बचाउन अनुरोध गर्नु भएको छ। जसमा गाउँ तथा वरी परीका समाज सेवीहरु रहबर अन्सारी, अनुरुद यादव,ओमप्रकाश पटेल, अरविन्द साह, गुडिया पटेल, तमन्ना खातुन, सुनिता पासवान, महम्मद हसन, जुबैर आलम,मुनिलाल यादव, इजराइल अन्सारी, समसेद अन्सारी गरि तीन जना महिला तथा ५७ जना पुरुष जम्मा ६०जना बिहान ८ बजे देखि सुरु भयेको र दिउसो १ बजे सम्म रक्तदान गरेर रह्बर केयर बहुवरी बिरगंज सेन्टर मा समापन गरियो ...