Breaking news 3

चोलेन्द्रशमशेरसँग आइतबार फेरि बयान लिइने

चोलेन्द्रशमशेरसँग आइतबार फेरि बयान लिइने

Breaking news 3, ट्रेन्डिङ, समाचार
संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग आइतबार फेरि बयान लिने भएको छ।राणासँग बुधबारबाट समितिले बयान लिन सुरू गरेको हो। बुधबार समितिका सबै प्रश्न सोध्न समय नभएपछि उनलाई आज पनि बोलाइएको थियो। बिहीबारको बैठकमा पनि राणासँगको बयान नसकिएपछि समितिले उनलाई आइतबारका लागि बोलाएको समितिका एक सदस्यले जानकारी दिए।यसअघि बुधबारको बयानमा चोलेन्द्रशमशेरले आफूमाथि लागेका आरोपहरूमा जवाफ दिनुको साटो आफू प्रधानन्यायाधीश हुँदा कसले किन आन्दोलन गरे र आफूमाथि किन महाभियोग प्रस्ताव आयो भन्ने कुरा गरेका थिए। उनले सर्वोच्च अदालतका पूर्वन्यायाधीश, बहालवाला न्यायाधीश र नेपाल बार एसोसिएसनका पदाधिकारीमाथि विभिन्न आरोप लगाएका छन्।  ...
सिटको बाँडफाँटमा कुरा मिलेन  : भोलि फेरी बस्ने

सिटको बाँडफाँटमा कुरा मिलेन : भोलि फेरी बस्ने

Breaking news 3, ट्रेन्डिङ, राजनीति, समाचार
१५ भदौ, काठमाडौं । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा सिटको बाँडफाँट गर्न बसेको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठक निष्कर्षमा नपुगी सकिएको छ । साँझ ५ बजेदेखि ८ बजेसम्म सिट बाँडफाँटको विषयमा छलफल गरेका शीर्ष नेताहरु सहमतिमा पुग्न नसकेपछि बिहीबार पुनः बस्ने गरी बैठक अन्त्य गरेका हुन् । बुधबार कार्यदलका सदस्यहरुलाई तयारी अवस्थामा राखेर शीर्ष नेताहरु छलफलमा जुटे पनि कुनै पनि दलले दाबी नछोडेपछि नेताहरु यसै उठेका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार आजको बैठकमा कुनै पनि दलका नेताहरु आआफ्नो दाबीबाट दायाँबायाँ भएनन् । चुनावी तालमेल गर्दा आफूहरुले १०० सिट पाउनुपर्ने दावी नेपाली कांग्रेसले गरेको छ । माओवादीले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटको दावी गरेका छन् । आज पनि सबैले यही संख्यामा दावी गरेको बैठकमा सहभागी नेताले बताए । आज सहमति गर्ने भनिएपछि...
दुलाहा बने कप्तान किरण चेम्जोङ

दुलाहा बने कप्तान किरण चेम्जोङ

Breaking news 3, खेलकुद, ट्रेन्डिङ, समाचार
नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान एवं गोलकिपर किरणकुमार लिम्बु दुलाहा बनेका छन्। उनले प्रेमिका कञ्चन निरौलासँग विवाह गर्न लागेका हुन्। उनीहरूको विवाह आज आफन्त र सिमित साथीभाइबीच हुन लागेको हो। यसअघि उनीहरूले सोमबार मेहेन्दी कार्यक्रम गरेका थिए। यसअघि गत असार २१ गते किरणले कञ्चनलाई माल्दिभ्समा विवाह प्रस्ताव राखेका थिए। माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगलाई अविस्मरणीय बनाउने क्रममा किरणले लिगकै सर्वोत्कृष्ट गोलिकपर घोषित भए लगत्तै कञ्चनलाई विवाह प्रस्ताव राखेका थिए। उनी आबद्ध क्लब माजियाका खेलाडीले लिगको ट्रफी उचालेर खुसी मनाइरहँदा उनले आफ्नी प्रेमिकालाई हातमा समातेर मैदानमै लगेका थिए। त्यसपछि किरणले मैदानमै प्रेमिका कञ्चनलाई सबै सहकर्मीका अघि औंठी लगाइदिएर विवाह प्रस्ताव राखेका थिए।कञ्चन पेशाले एयरहोस्टेस हुन्। केही वर्षदेखि प्रेममा रहेका उनीहरूको भदौ १५ मा विवाह गर्न लागेका हुन्। ...
आजको राशिफल

आजको राशिफल

Breaking news 3, दैनिक राशिफल
आज मिति २०७९ भदौ १३ गते साेमबार,हेर्नुहाेस् आजकाे राशिफलमेषआम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। सोचेको आँटेको काममा सफलता मिल्नेछ। ब्यापार व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ। वृषपढाई लेखाइमा प्रगति हुनेछ। आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। मिथुनआस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। कर्कटघरेलु काममा रुची बढ्नेछ। धार्मिक र सामाजिक काममा व्यस्त रहनुपर्नेछ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा केहि समस्या देखिन सक्छ। सिंहमेहनत गर्दा लक्ष्य हासिल हुने सम्भावना देखिन्छ। पढाई लेखाइमा प्रगति हुनेछ। ब्यापार ब्यबसायमा गरेको लाभ मिल्न सक्छ। कन्यादाम्पत्य जीबनमा खुसियाली छाउनेछ। आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन...
निर्वाचन आचारसंहिता, २०७९ संशोधन गर्न एमालेको ३७ बुँदे सुझाव

निर्वाचन आचारसंहिता, २०७९ संशोधन गर्न एमालेको ३७ बुँदे सुझाव

Breaking news 3, राजनीति, समाचार
निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिता २०७९ मा नेकपा एमालेले ३७ बुँदामा दफावार संशोधनका लागि सुझाव दिएको छ । सोमबार आयोग र दलका प्रतिनिधिबीच भएको छलफलमा उक्त सुझाव दिएको एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्यले जानकारी दिए ।  निर्वाचन आचारसंहिताले निर्वाचनको स्वच्छता, निष्पक्षता, पारदर्शिता, तटस्थ्ताजस्ता पक्षमा ध्यान दिई निर्वाचन आचारसंहितालाई लागू गर्न सकिने बनाउनुपर्ने, आचारसंहिता लागू हुने अवधि निर्वाचन घोषणादेखि मतदान सम्पन्न नभएसम्म हुनुपर्ने, निर्वाचनको मौन अवधि ४८ घण्टा घटाई २४ घण्टा बनाउनुपर्ने रहेका छन् । साथै उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचार प्रसारको लागि २५ जनाभन्दा बढीको जुलुस लान नपाइने लगायतको व्यवस्था हटाउनुपर्ने, गलत मनसायले नियतवश बालबालिकाको निर्वाचनमा प्रयोगलाई निषेध गर्नुपर्ने, निजी क्षेत्रमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई छुट्टै आच...
राष्ट्रपतिद्वारा दुईवटा विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा दुईवटा विधेयक प्रमाणीकरण

Breaking news 3, समाचार
५ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका दुई वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपाल इन्जिनियरिङ परिषद्‌ ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३लाई स‌ंशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ...
बाँके केन्द्रविन्दु भएर भूकम्पको धक्का

बाँके केन्द्रविन्दु भएर भूकम्पको धक्का

Breaking news 3, ट्रेन्डिङ, समाचार
४ भदौ, काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए । ...
राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक ( विज्ञप्ति सहित )

राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक ( विज्ञप्ति सहित )

Breaking news 3, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे छ । राष्ट्रपति भण्डारीले विधेयकमा पुनर्विचार गर्न आवश्यक भएको भन्दै विधेयक फिर्ता गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
आज यी क्षेत्रमा हुदैछ वर्षा 

आज यी क्षेत्रमा हुदैछ वर्षा 

Breaking news 3, अर्थ, खेलकुद, ट्रेन्डिङ, मनोरञ्जन, राजनीति, रोचक, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्वास्थ्य
बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा बदली छ । तराईमा तुवाँलो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंको न्यूनतम तापक्रम ८।८ डिग्रीसेल्सियसमा झरेको छ । सबैभन्दा कम तापक्रम माइनस २।८ डिग्री रहेको छ । शनिबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागमा बदली रहनेछ भने ती क्षेत्रका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ । राति प्रदेश १ र बागमतीका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यो पनि पढ्नुहोस – गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पर्व पूजाका...