निर्वाचन आचारसंहिता, २०७९ संशोधन गर्न एमालेको ३७ बुँदे सुझाव
निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिता २०७९ मा नेकपा एमालेले ३७ बुँदामा दफावार संशोधनका लागि सुझाव दिएको छ । सोमबार आयोग र दलका प्रतिनिधिबीच भएको छलफलमा उक्त सुझाव दिएको एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्यले जानकारी दिए ।
निर्वाचन आचारसंहिताले निर्वाचनको स्वच्छता, निष्पक्षता, पारदर्शिता, तटस्थ्ताजस्ता पक्षमा ध्यान दिई निर्वाचन आचारसंहितालाई लागू गर्न सकिने बनाउनुपर्ने, आचारसंहिता लागू हुने अवधि निर्वाचन घोषणादेखि मतदान सम्पन्न नभएसम्म हुनुपर्ने, निर्वाचनको मौन अवधि ४८ घण्टा घटाई २४ घण्टा बनाउनुपर्ने रहेका छन् । साथै उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचार प्रसारको लागि २५ जनाभन्दा बढीको जुलुस लान नपाइने लगायतको व्यवस्था हटाउनुपर्ने, गलत मनसायले नियतवश बालबालिकाको निर्वाचनमा प्रयोगलाई निषेध गर्नुपर्ने, निजी क्षेत्रमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई छुट्टै आचा...



