खप्तड लघुवित्त वित्तीयको आईपीओ बाँडफाँड कहिँले ? यस्तो छ बिक्री प्रबन्धकको जबाफ
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा १६५ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। यो लघुवित्तले गत भदौ ८ गतेबाट आईपीओ बिक्री खुला गरेको थियो।
यो आईपीओमा आज भदौ १२ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। संस्थाले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने २ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ।
बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। सीडीएससीका अनुसार आज साँझ ५ सम्म यो आईपीओमा १८ लाख५० हजार १३२ आवेदकबाट २ करोड ४ लाख २२ हजार ४०० कित्ता सेयर माग भएको छ। यो मागभन्दा १६५.४९ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण योआईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट भाग्यमानी १२ हजार ३४०...