Tuesday, August 16, 2022
More
    गृहपृष्ठसर्लाही बिशेशजुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रमलाई पुरस्कृत गरिने

    जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रमलाई पुरस्कृत गरिने

    - Advertisement -

    पोखरा । श्रीपति कोइराला गुठी पोखराले यसैबर्ष स्थापना गरेको श्रीपति सामाजिक पत्रकारिता पुरस्कारबाट आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलालाई सम्मान गरिने भएको छ । यसैगरी गुठीबाट संचालित श्रीपति समाजसेवा पुरस्कार–२०७९ सर्लाहीको लालबन्दी नगरपालिका–२ जुटपानीस्थित पदम भुवनेश्वरी नमुना वृद्ध सेवाश्रमलाई प्रदान गरिने भएको छ ।

    गुठीले ११५ औं श्रीपति जयन्ती अवसरमा सोमबार आयोजित कार्यक्रममा उक्त घोषणा गरेको हो । पुरस्कार घोषणा गर्दै गुठीका अध्यक्ष लक्ष्मण कोइरालाले पुरस्कार गुठीको ३० औं वार्षिक साधारणसभामा प्रदान गरिने जानकारी दिए ।

    श्रीपति सामाजिक पत्रकारिता पुरस्कारको राशि २२ हजार २ सय २२ र सम्मानपत्र छ । समाज परिवर्तन, सामाजिक जागरण, समाजिक गतिविधि उजागर गर्ने पत्रकारलाई प्रदान गरिने प्रदेशस्तरीय यो पुरस्कार यसै वर्षदेखि सुरु गरिएको हो । श्रीपति समाजसेवा पुरस्कारको राशि २ लाख २२ हजार २ सय २२ र सम्मानपत्र रहेको छ । यसअघि उक्त पुरस्कारबाट अनुराधा कोइरालाद्वारा स्थापित माइती नेपाल र महावीर पुनबाट स्थापित राष्ट्रिय आविष्कार केन्द्र काठमाडौं सम्मानित भैसकेका छन् ।

    सर्लाहीको पद्म भुवनेश्वरी नमुना वृद्ध सेवाश्रम लामो समयदेखि ज्येष्ठ नागरिक तथा अशक्त, असहाय एवं वेवारिसे नागरिकको सेवामा समर्पित छ । यस्तै, पत्रकार कृष्णप्रसाद बास्तोला ४२ वर्षदेखि पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील छन् । विभिन्न सामाजिक संस्थामा पनि आवद्ध उनी स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष हुन् ।

    श्रीपति कोइरालाको प्रतिमामा माल्र्यापण गरी सुरु ११५ औं श्रीपति जयन्ती कार्यक्रममा पुरस्कार छनोट समिति संयोजक प्रा.डा. दिलबहादुर क्षेत्रीले श्रीपतिको योगदानको चर्चा गर्दै पुरस्कारको लागि छनोट भएका संस्था र व्यक्तिबारे संक्षिप्त जानकारी गराएका थिए ।

    गुठी अध्यक्ष लक्ष्मण कोइरालाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष फणीन्द्रराज कोइरालाले स्वागत तथा सचिव नवराज कोइरालाले सञ्चालन गरेका थिए । वि.सं. १९९० को आसपासमा विभिन्न स्थानमा पाटी पौवा स्थापना गरी सामाजिक क्षेत्रमा अतुलनीय योगदान पु¥याएका श्रीपति कोइरालाको स्मृतिमा २०४९ सालमा स्थापित श्रीपति कोइराला गुठी पोखराले पुरस्कार तथा छात्रवृत्ति लगायत विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ ।

    - Advertisement -

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !