
सर्लाहीमा घोडगधाको आतंक, किसान हैरान
सर्लाही | पछिल्लो समय सर्लाहीका किसानलाई घोडगधाले दुःख दिन थालेका छन्। निलगाई पनि भनिने घोडगधाले बालिनाली खाइदिँदा किसान हैरान छन्।
विशेषगरी जंगल आसपासका खेतबारीमा आएर घोडगधाले बालिनाली खाने गरेको किसानहरुले बताएका छन्। बर्खामा धान, मकै, उखु, कोदो, परवललगायत बालिनाली खाएर हैरान बनाएको घोडगधाले अहिले गहुँ, मसुरो, चना, लहरी, टमाटरजस्ता बालि खाएर दुःख दिने गरेको किसानहरु बताउँछन्।
सर्लाहीमा मात्र नभएर घोडगधाको आतंक महोत्तरी, रौतहटलगायत तराई-मधेशका अरु जिल्लामा पनि छ। गाईगोरुजस्तै ठूलो प्रजातिको र तीव्र गतिमा दौडिन सक्ने पशु भएकाले घोडगधाले एकैपटकमा धेरै बालिनालीमा क्षति पुर्याउने गरेको छ।सर्लाहीका ईश्वरपुर, लालबन्दी, हरिवन, बागमती, बरहथवा, हरिपुर, महोत्तरीका बर्दिबास, गौशाला, रौतहटको चन्द्रपुरलगायतका जंगलमा बाक्लो संख्यामा घोडगधा बस्ने गरेका छन्।&n...