राजनीति

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले , सुमना बनिन सहमहामन्त्री

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले , सुमना बनिन सहमहामन्त्री

Breaking news 2, राजनीति, समाचार
महोत्तरी । रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् । महोत्तरीमा जारी बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ । पार्टी कोषाध्यक्ष लिमा अधिकारी सह-कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई तोकेको छ । यस्तै पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन् ।यसअघि उपसभापति रहेका डिपी अर्याल सोही पदमा कायमै छन् । उनी र वाग्लेसहित पार्टीमा अब दुई उपसभापति रहनेछन् । महामन्त्रीमा मुकुल ढकाल यथावत् छन् । प्रतिनिधिसभा प्रमुख सचेतकमा सन्तोष परियार निरन्तर नै रहनेछन् । पार्टीका थप केन्द्रीय सदस्यमा अनिल केशरी शाह, राजन गाैतम, नन्दन यादव, पुकार बम र कामिनी चाैधरी छन् ।पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ स‌ंगठनात्मक ढाँचा अनुसार पार्टी सन्चालन गर्ने निर्...
सरकारका कामलाई स्थापित गर्न बुद्धिजीवीलाई प्रधानमन्त्रीको आग्रह

सरकारका कामलाई स्थापित गर्न बुद्धिजीवीलाई प्रधानमन्त्रीको आग्रह

Breaking news 3, राजनीति
काठमाडौं । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय सरकारले गरेका कामलाई जनतामा स्थापित गर्न आग्रह गरेका छन् । माओवादी केन्द्र निकट बुद्धिजिविहरूको संगठन नेपाल बुद्धिजीवी संगठनको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले एकथरी व्यक्तिहरू सरकारको कामबाट विछिप्त भएको भन्दै त्यसको रक्षा र प्रचारमा बुद्धिजीवी संगठन लाग्नु पर्ने बताए । ‘सरकारले गरेका राम्रा कामबाट विक्षिप्त भएका छन् । उनीहरूले माओवादी पार्टी, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेका छन्,’ उनले भने, ‘त्यसलाई चिर्न बुद्धिजीवी संगठनले महत्वपूर्ण रोल खेल्नुपर्छ ।’ ...
माओवादी केन्द्रको आईसीटी फोरम गठन

माओवादी केन्द्रको आईसीटी फोरम गठन

ट्रेन्डिङ, राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयअनुसार आईसीटी फोरम गठन गरेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार पार्टी कार्यालय पेरिस डाँडामा रिमोटमार्फत आईसीटी फोरमको उद्घाटन गरेका हुन् । अध्यक्ष प्रचण्डले पछिल्लो समय त्याग र सर्मपणभन्दा पनि हल्लाको भरमा संगठन बनाउने संस्कृति देखिएको भन्दै त्यसलाई चिर्ने गरी सकारात्मक काममार्फत पार्टीलाई जनतामा स्थापित गर्न आईसीटी फोरम गठन गरिएको बताए । ‘अहिलेको यूग सूचना प्रविधिको युगको रुपमा स्थापित भएको छ । यसको महत्व कति छ भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ । विज्ञान र प्रविधिको महत्व बुझेर त्यसलाई महत्व दिएका राजनीतिक दल सफल हुने नदिए असफल हुने देखिएको छ’, उनले भने, ‘त्यसैले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय अनुसार आईसीटी फोरमको गठन गर्ने निर्णय गरिएको छ ...
बजेट पास होला कि नहोला भन्ने तरंग थियो, त्यसको अन्त्य भयो : प्रचण्ड

बजेट पास होला कि नहोला भन्ने तरंग थियो, त्यसको अन्त्य भयो : प्रचण्ड

Breaking news 1, ट्रेन्डिङ, राजनीति
गण्डकी ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको सरकार पाँच वर्ष नै चल्ने बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशद्वारा आज कास्कीको पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यो कसैले हिलाएर हिल्दैन । हामी समझदारीका साथ अगाडि बढ्छौँ ।’ भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार देशको विकराल समस्या भएको उल्लेख गरे । नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ सरकार अगाडि बढेको जिकिर गर्दै उनले थप तीव्रताका साथ अघि बढ्ने बताए । ‘बजेट पास होला कि नहोला भन्ने तरङ्ग थियो । विनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य भएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यसपटक हामीले भिन्न ढङ्गले नै काम सुरू गरेका छौँ । यो सामान्य मात्र नभएर विशिष...
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (भोलि) शनिबार सर्लाही आउने

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (भोलि) शनिबार सर्लाही आउने

Breaking news 1, राजनीति
लालबन्दी । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भोलि शनिबार सर्लाही आउने भएका छन् । उनी नेकपा माओवादी केन्द्रले शनिबार राखेको विभिन्न कार्यक्रममा सहभागी हुन यहाँ आउन लागेका हुन् । माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष समेत रहेका गृहमन्त्री श्रेष्ठले सो दिन लालबन्दीमा पार्टी निकट दलित संगठनको प्रदेश स्तरीय भेला, बागमतीमा जिल्लाकै प्रथम शहीद इन्द्र कोइरालाको परिवारलाई पार्टीले बनाइदिएको घर हस्तान्तरण र बागमतीमै पार्टीका कार्यकर्तालाई सम्वोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र सर्लाहीका संयोजक तथा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) ले बताए । माओवादीले बागमतीमा सशस्त्र द्धन्द्धमा जिल्लामै प्रथम शहीद इन्द्र कोइरालाको परिवारका लागि ४ कोठाको आवास तयार पारेको छ । नेताहरु गृहमन्त्री श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमको तयारीमा जुटेका छन् । ...
नेपाल शिक्षक संघको चुनावमा संस्थापन पक्षको प्रविण पासवान सहित प्यानल विजयी

नेपाल शिक्षक संघको चुनावमा संस्थापन पक्षको प्रविण पासवान सहित प्यानल विजयी

राजनीति, सर्लाही बिशेष
सर्लाही ।।नेपाल शिक्षक संघ सर्लाहीको नवौं जिल्ला अधिवेशनमा काँग्रेस संस्थापन पक्ष विजयी भएको छ ।हरिपुर नगरपालिकाको महावीर जनता बहुमुखी क्याम्पस भएको निर्वाचनमा शिक्षक संघको अध्यक्षमा संस्थापन पक्षको प्रविण कुमार पासवान विजयी भएको हो । बिहीबार दिउँसो सकिएको मतगणना अनुसार शिक्षक संघ सर्लाहीको अध्यक्षमा संस्थापन पक्षका पासवान ७८१ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका छन भने उनका प्रतिस्पर्धी कांग्रेस संस्थापन इतर पक्ष अर्थात् गणेशप्रसाद उप्रेतीले ५४६ मत मात्रै प्राप्त गरेका छन् । उप्रेती पासवानसँग २३५ मतले पराजित भएका छन् । शिक्षक संघको जिल्ला कार्य समितिमा संस्थापन पक्षका पासवान नेतृत्वको प्यानल नै विजयी भएको छ। एक जना प्रदेश प्रतितिधिमा मात्रै संस्थापन इतरका उम्मेदवार विजयी भएका छन् । शिक्षक संघको उपाध्यक्षमा ७१५ मतसहित अवधेशकुमार राय विजयी भएका छन् । उनका प्रतिस्पर्धी रामबाबु राय...
प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने रास्वपाको निर्णय

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने रास्वपाको निर्णय

Breaking news 3, राजनीति
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।आइतवार पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो। एक नेताका अनुसार सभापति लामिछानेले पछिल्लो राजनीतिक अवस्थाको विश्लेषण गर्दै अहिलेलाई प्रचण्डलाई विश्वासको मत दिएर जान उचित हुने बैठकमा बताएका थिए। सभापति रवि लामिछानेविरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा अघि नबढाउने चर्चाबीच रास्वपाको यस्तो निर्णय आएको हो। यसअघि सांसददेखि मन्त्री पदसमेत गुमाएका सभापति लामिछाने वैशाख १० मा हुने उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट उठ्न तयार छन्।यसअघि फागुन २५ मा नेपाली कांग्रेसका वरिष्ठ नेत रामचन्द्र पौडेलाई राष्ट्रपतिका लागि भोट दिएको रास्वपा प्रचण्डलाई पनि विश्वा...
सरकारमा सहभागी हुने कांग्रेसको निर्णय, मन्त्री छान्न बनायो मापदण्ड

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय, मन्त्री छान्न बनायो मापदण्ड

Breaking news 2, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा पनि जाने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारी गरेका छन् । सरकारले संविधानको रक्षा, विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर काम गर्ने अपेक्षासहित समर्थन गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले जानकारी दिए । उनले अघि भने, ‘फेरि एउटा गठबन्धन बनेको छ, त्यसलाई मध्यनजर गरेर कांग्रेस सरकारमा पनि सहभागी हुने निर्णय गरेको छ ।’ यसँगै संसदको आइतबार बस्ने बैठकमा कांग्रेस प्रतिपक्षबाट सत्ता पक्षीय बेञ्चमा सर्नेछ ।डा. महतका अनुसार सरकारमा सहभागिता भने प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र हुनेछ । आइतबारको बैठकले मन्त...
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा १२ जनाको उम्मेदवारी 

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा १२ जनाको उम्मेदवारी 

Breaking news 2, राजनीति
काठमाडौं | त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा १२ जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन समितिले सोमबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार विभिन्न विद्यार्थी संगठनबाट ९ जना र स्वतन्त्र उम्मेदवार ३ गरी १२ जनाको उम्मेदवारी कायम भएको हो । अध्यक्ष पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार रुमकान्त केसी र क्रान्तिकारी विद्यार्थी आन्दोलनको तर्फबाट उम्मेदवारी दिएका विक्रम केसीले भने फिर्ता लिएका छन् । सोमबार बिहान ११ बजेदेखि १ बजेभित्र उम्मेदवारको नाम फिर्ताको समय तोकिएको थियो । उक्त समयभित्र दुई जनाले मात्रै उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत प्रा.रमेश श्रेष्ठले जानकारी दिए । चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि त्रिभुवन विश्वविद्यालय विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा विभिन्न पदको लागि प्रत्यक्षतर्फ ६२ जनाको उम्मेदवारी कायम भएको छ । अ...
‘केही दिनमा समाजवादी मोर्चा बन्छ, फेरि कम्युनिष्टहरुबीच एकता हुन्छ’

‘केही दिनमा समाजवादी मोर्चा बन्छ, फेरि कम्युनिष्टहरुबीच एकता हुन्छ’

Breaking news 2, राजनीति
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा बन्ने दाबी गरेका छन्।  द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा प्रवेश गरेपछि माओवादी धारका नेताहरु एकै ठाउँ आइपुगेका बेला उनले यस्तो बताएका हुन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले समाजवादी केन्द्रकै जगमा कम्युनिस्ट एकताको पहल गरिने पनि बताएका छन्।  शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उनले पहिला समाजवादी मोर्चा बनाएर त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताको बहस सुरू गरिने बताए। 'जनयुद्ध र जनआन्दोलनका मुद्धा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन', उनले भने, 'शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी ...