शिक्षा

विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन

विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन

Breaking news 1, ट्रेन्डिङ, शिक्षा
सिन्धुली । सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ। रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ। विद्यालय जानुअघि एक भारी घाँस काट्नु उनको दैनिकी हो। यसैगरी उनले कक्षा १० सम्मको पढाइ सकाइन्। कक्षा ११ पछि माथिल्लो कक्षा पढ्न मरिण गाउँपालिकाले निःशुल्क साइकल उपलब्ध गराएको छ। विद्यालय आउजाउ गर्न सहजताका लागि स्याङ्तानसँगै स्थानीय खयरसाल मावि र कपिलाकोट माविका कक्षा ११ मा अध्ययनरत एक सय ६० छात्रालाई साइकल वितरण गरिएको छ। “साइकल चलाउनुका फाइदैफाइदा छन्। स्कुल आउजाउ गर्न छिटो हुन्छ, शारीरिक कसरत पनि हुने भयो। यो वातावरणमैत्री पनि छ”, साइकल चलाउन सिक्दै गरेकी स्याङ्तानले भनिन्। रीतुमायालाई विद्यालय आउजाउ गर्न साइकल पाउँदा खुसी लागेको छ। दुःख साइकल चलाउने बाटोे कच्ची भएकामा छ। तल्लो देउजोरबाट माथिल्लो देउजोरसम्म (एक घण...
शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले परीक्षा मर्यादित बनाउन जारी ४६ बुंदे आचारसंहिता

शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले परीक्षा मर्यादित बनाउन जारी ४६ बुंदे आचारसंहिता

Breaking news 2, शिक्षा, सर्लाही बिशेष
मलंगवा | शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले माध्यमिक शिक्षा परीक्षालाई स्वच्छ, निष्पक्ष, मर्यादित, व्यवस्थित, अनुशासित, विश्वसनिय तथा भय रहित वातावरणमा सम्पन्न गर्न ४६ बुंदे आचारसंहिता जारी गरेको छ । सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यलय, सर्लाहीको सभा हलमा आयोजित माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ संचालन तथा व्यवस्थापन सम्बन्धी केन्द्राध्यक्षहरुको एक दिने अन्तरक्रिया कार्यक्रम मार्फत उक्त आचार संहिता सार्वजनिक गरेको शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए । चैत्र १७ गते शुक्रवारबाट सुरु भई चैत्र २९ गते बुधवारसम्म संचालन हुने परीक्षामा ३७ वटा परीक्षा केन्द्र मार्फत जिल्लाभर ५५०१ छात्र र ५४१५ छात्रा गरी कुल १० हजार ९१६ जना विद्यार्थीले सहभागी हुने भएका छन । साधारणतर्फ १० हजार ६२४ र प्राविधिकतर्फ २९२ गरी जम्मा १० हजार ९१६ जना व...
विश्व युवा सम्मेलनमा भाग लिन विद्यार्थी नेता पौडेल मलेसियामा

विश्व युवा सम्मेलनमा भाग लिन विद्यार्थी नेता पौडेल मलेसियामा

Breaking news 1, ट्रेन्डिङ, शिक्षा, समाचार
अनेरास्ववियु, स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशका सह-ईन्चार्ज सन्तोष पौडेल विश्व युवा शान्ति सम्मेलन -२०२२ मा सहभागी हुन मलेसिया प्रस्थान गर्नुभएको छ ।अनेरास्ववियुको प्रतिनिधित्व गर्दै संगठनको अध्यक्ष सुनिता बरालको नेतृत्वमा मकवानपुरका लोकप्रिय विद्यार्थी नेता पौडेल मलेसिया प्रस्थान गर्नुभएको हो । टोलिमा अनेरास्ववियुका उपमहासचिवद्वय सुदर्शन शिवाकोटी ( बिदेश बिभाग प्रमुख ) र गोबिन्द गिरि, स्थायी कमिटी सदस्य एवम् बिदेश बिभाग उपप्रमुख सुन्दर घिमिरे, स्थायी कमिटी सदस्य एवम् बिदेश बिभाग सचिव राजेश नेपाली, स्थायी कमिटी सदस्य सुजन कार्कि, सचिवालय सदस्य सागरहरी अधिकारी लगाएत हुनुहुन्छ । युभसत्ता तथा मलेसिया सरकारबाट स्थापित अन्तरास्ट्रिय युवा केन्द्र, क्वालाम्पुरद्वारा आयोजित १५ औं विश्व युवा शान्ती महोत्सव- २०२२ मा सहभागी हुन बिद्यार्थी नेताहरु मलेसिया प्रस्थान गरेका हुन । कार्यक्रममा कोभिड ...
पूर्वविद्यार्थीद्वारा विद्यालयलाई ‘शिक्षकको भाषा’ उपहार

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई ‘शिक्षकको भाषा’ उपहार

Breaking news 2, ट्रेन्डिङ, शिक्षा, समाचार
वंशगोपाल माध्यमिक विद्यालय, चौघडाका शिक्षकहरूलाई पूर्व विद्यार्थी दम्पतीले पुस्तक उपहार दिएका छन् ।हेटौंडा - ६, हात्तीलेट निबासी अरुण सापकोटा र मालती फयलले लेखक छवि अनित्यको पुस्तक 'शिक्षकको भाषा' २५ थान उपहारस्वरुप प्रदान गरेका हुन् । आज विद्यालयमा एक अनौपचारिक समारोहका बीच फयलले सो उपहार विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेलाई हस्तान्तरण गरकी छिन् ।पुस्तक ग्रहण गर्दै प्रधानाध्यापक लामिछानेले शिक्षकहरूका लागि उपयोगी पुस्तक प्रदान गरेकोमा पूर्व विद्यार्थीहरूलाई धन्यवाद दिए । शिक्षकहरुको पठन संस्कृति विकासमा यस किसिमका कार्यले योगदान गर्ने भन्दै प्रधानाध्यापक लामिछानेले प्रत्येक शिक्षकले पुस्तकको अध्ययन गर्ने विश्वास व्यक्त गरेका छन् ।लामो समय शिक्षण पेसामा सक्रिय लेखक अनित्यको पुस्तक 'शिक्षकको भाषा' शनिबार हेटौंडामा विमोचन भएको थियो । ...
मनहरी-५ मा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

मनहरी-५ मा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

Breaking news 3, खेलकुद, मनोरञ्जन, शिक्षा, समाचार, स्थानीय
५८ औ राष्ट्रिय बाल दिवसको अवसरमा मनहरी-५ न. वडा कार्यलय र CWIN Nepal को सहकार्य तथा वडा बाल सन्जालको आयोजनामा वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।मनहरी-५ स्थित भोजशिद्द माध्यामिक बिधालयमा प्रतियोगिता भएको थियो ।वडा बाल सन्जालका अध्यक्ष अन्जन सापकोटाको सभाअध्यक्ष भएको कार्यक्रममा प्रमुख अतिथी ५ नम्बर वडाका अध्यक्ष दिपेन्द्र अधिकारी बिशिस्ट अतिथी बिधालयका प्रधानाध्यापक महेस कुमार रिजाल रहनुभएको थियो । कार्यक्रममा मनहरी बाल सन्जालका अध्यक्ष आशिष् बुढाथोकी लगायतका ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथी ५ नम्वर वडा अध्यक्ष दिपेन्द्र अधिकारीले मनहरी गाउँपालिकामा बालबालिकाको क्षेत्रमा लगानी हुनु अत्यावश्यक र गाउँ बाल संजाललाई बिगतका दिनदेखी नै साथ दिएर बाल अधिकारको पक्षमा आवाज उठाउदै आएको बताउनुभयो। " बालमैत्री सहकर्ता आवस्यकताको कुरा पनि मैले उठाएको...
मकवानपुरगढीको वंशगोपाल माविले असोज १ गते स्थापना दिवस र वार्षिकोत्सव मनाउने

मकवानपुरगढीको वंशगोपाल माविले असोज १ गते स्थापना दिवस र वार्षिकोत्सव मनाउने

Breaking news 2, ट्रेन्डिङ, शिक्षा, समाचार, स्थानीय
मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर २ कुर्लेमा रहेको वंशगोपाल मा. वि. (प्राविधिक शिक्षालय) ले आफ्नो ४७ औँ स्थापना दिवस तथा प्रथम वार्षिकोत्सव मनाउने भएको छ । आउँदो असोज १ गते विद्यालय परिसरमा ४७ औँ स्थापना दिवस तथा प्रथम वार्षिकोत्सव मनाउने भएको हो । सोही अवसरमा विद्यालयलाई सहयोग गर्ने व्यक्तिहरुलाई शैक्षिक सम्मान गर्ने तथा गत वर्षको शैक्षिक सत्रमा प्रथम , द्धितिय र तृतिय हुने कक्षा ईसीईडी देखि कक्षा १२ सम्मका विद्यार्थीलाई पुरस्कार वितरण गर्ने विद्यालयका प्रधानाध्यापक सन्देश तुम्सिङ मगरले जनाएका छन् ।विद्यालयले यस वर्षदेखि आफ्नो वार्षिक उत्सव पनि मनाउँन लागिएको प्रधानाध्यापक मगरले बताए । प्र.अ. मगरका अनुसार बिहिबार र शुक्रबार विद्यालयमा विविध खेलकुद कार्यक्रम गर्ने र उक्त खेलकुद कार्यक्रमको पुरस्कार पनि सोही कार्यक्रममा वितरण गरिने बताएका छन् । गत वर्षदेखि विद्यालयमा प्रा...
एलाइड युथ सोसाइटीद्वारा गौतम मा. वि.मा विपद् व्यवस्थापन तालिम आयोजना

एलाइड युथ सोसाइटीद्वारा गौतम मा. वि.मा विपद् व्यवस्थापन तालिम आयोजना

Breaking news 3, ट्रेन्डिङ, शिक्षा, समाचार, स्थानीय
मिति २०७९/०५/२८ गते संस्था एलाइड युथ सोसाइटीले गौतम माध्यमिक विधालयमा विपद् व्यवस्थापन तालिम को आयोजना गरेको थियो | नेपाल सस्त्र प्रहरी बल 13 नं म गण पर्सा बाट प्रहरी निरीक्षक तिर्थ राज न्योपाने को नेतृत्वमा गौतम माध्यमिक विधालयमका छात्रछात्रा हारुमा विपद् व्यवस्थापन को जनचेतनामूलक कार्यक्रम सु-सम्पन्न गराइएको हो । कार्यक्रमको सभापती यस संस्था का उपध्यक्ष रिशु वर्मा , प्रमुख अतिथि गौतम माध्यमिक विधालयका प्रधानाध्यापक सोनम लामा,पिक्स लेनस बाट अतिथिको रुपमा पाल्नु भएका सौरव अग्रवाल ज्यु, गौतम माध्यमिक विधालयका गुरु एल्विन रेण्जर , संस्थाका तर्फबाट सचिव पियुष अग्रवाल,निवर्तमान अध्यक्ष ओम कुमार झा अवम संस्थाका सदस्य ओमी अग्रवाल, सेजल कर्ण, आचाल यादव,सीजल श्रेष्ठ को उपस्थितमा यो कार्यक्रम सुसम्पन्न भएको विधालय को तर्फ़ बाट कार्यक्रम उद्घोषक सौरज प्रधान ज्यु ले जनाउनु भएको छ । ...
कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

Breaking news 1, ट्रेन्डिङ, शिक्षा, समाचार
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२)ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए ।देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
यौन स्वास्थ्य सम्बन्धी जान्नैपर्ने केही कुराहरु

यौन स्वास्थ्य सम्बन्धी जान्नैपर्ने केही कुराहरु

Breaking news 1, शिक्षा, स्वास्थ्य
साउन ३ ।  यौन सबैको चासोको विषय हो । त्यसैले यौनसँग सम्बन्धित विषयहरुमा सबैको रुची हुन्छ । तर यति धेरै रुचीको विषय हुँदाहुँदै पनि हामीलाई यौन स्वास्थ्य सम्बन्धि विभिन्न मानविय गुण तथा व्यवहार र यथार्थ तथ्यको बारेमा धेरै जानकारी हुँदैन ।  दुनियाँमा जन्म, मृत्यु जस्तै यौन पनि साश्वत सत्य हो । सृष्टि चक्र सञ्चालनका लागि यो अनिवार्य सर्त हो । यौन स्वास्थ्यको विषय मानिसले उमेर पुगेसँगै आफै जान्ने तथा सिक्ने विषय पनि हो । यौन स्वास्थ्यका बारेमा केही यथार्थ तथ्यहरु यस्ता छन् ।  null १ सम्भोगले मानिसले पीडा सहनसक्ने क्षमता बढाउँछ । सम्भोगको चरम सुखका बेला शरीरमा उत्सर्जन हुने हर्मोनले पीडा कम गर्दछ र पीडा सहने सीमा पनि बढाइदिन्छ ।  २ एक स्वस्थ पुरुषले एक हप्तामा यति धेरै शुक्रकिट स्खलन गर्न सक्छ कि त्यसले विश्वका सबै महिलालाई गर्भाधारण गर्न पुग्छ ।  ३ पुरुष...
भदौ १५ भित्रै कक्षा १२ को नतिजा

भदौ १५ भित्रै कक्षा १२ को नतिजा

Breaking news 2, शिक्षा, समाचार
प्रयोगात्मक परीक्षामा ४० र सैद्धान्तिकमा ३५ प्रतिशत अङ्क नल्याए फेल राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको परीक्षाफल भदौ १५ भित्रै प्रकाशित गर्ने भएको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म लिइएको कक्षा १२ को वार्षिक बोर्ड परीक्षामा ४ लाख भन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।  अहिले उत्तर पुस्तिका परीक्षणको काम सकिएर नतिजा कम्प्युटरमा इन्ट्री गराउने काम भइरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । केही दिनमा प्राप्ताङ्क चढाउने काम सकिएपछि नतिजा प्रकाशित गरिने शर्माले बताए ।  यो पटक ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार नतिजा प्रकाशित गरिने परीक्षा नियन्त्रक शर्माले बताए । उक्त निर्देशिका अनुसार यस पालिको नतिजामा नन–ग्रेडिङ लागू हुनेछ । विद्यार्थीहरूले विगतमा जस्तै लेटर ग्रेडिङ अनुसारको परीक्षाफत प्राप्त गरे पनि नन–ग्रेडिङ समेत लागू ...