Breaking news 2

राष्ट्रिय योजना आयोग खारेज गरिदिए हुन्छ : उपेन्द्र यादव

राष्ट्रिय योजना आयोग खारेज गरिदिए हुन्छ : उपेन्द्र यादव

Breaking news 2
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता उपेन्द्र यादवले राष्ट्रिय योजना आयोगको आवश्यकता नरहेको बताएका छन् । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय योजना आयोगलाई पुनः संरचना गर्ने भनिएको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले आयोग नै खारेज सुझाएका हुन्। ‘यो राष्ट्रिय योजना आयोगको कुनै कामै छैन। यसलाइ खारेज गरिदिए हुन्छ । यसलाई खारेज गरेर प्रधानमन्त्रीको आर्थिक सल्लाहाकार समिति निर्माण गरे हुन्छ’ अध्यक्ष यादवले भने, ‘काम न काजको संस्था खडा गरेर खर्च मात्रै बढ्ने काम भएको छ । यसको कुनै उपयोगिता छैन, काम छैन।’ ...
सर्लाहीमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको शाखा गठन

सर्लाहीमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको शाखा गठन

Breaking news 2
लालबन्दी । सर्लाहीमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको जिल्ला शाखा गठन गरिएको छ। माओवादी केन्द्रका हरिवन नगर समिति अध्यक्ष अर्जुन पन्तको अध्यक्षतामा प्रतिष्ठानको ११ सदस्यीय सर्लाही जिल्ला शाखा गठन गरिएको हो। समितिमा उपाध्यक्ष सावित्रा बुढाथोकी, सचिव कृष्ण गौतम, कोषाध्यक्ष बालकुमार श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा दिनेश थापा, इन्द्र पाठक, शिवजी साह, बमबहादुर लोप्चन, सुन्दरकलादेवी महतो, बद्री प्रधान र श्याम बाबु कार्की चयन भएका छन् । प्रतिष्ठानले नेपालको बामपन्थी तथा प्रजातान्त्रिक आन्दोलनमा नरबहादुर कर्माचार्यले पुर्याएको योगदानलाई चिरस्थायी बनाउनेगरी वैचारिक क्षेत्रमा विभिन्न कामहरु गर्ने अध्यक्ष पन्तले जानकारी दिए। स्वर्गीय कर्माचार्य नेकपाका संस्थापक सदस्यमध्येका एक हुन्। ...
गृह मन्त्रालयले भ्रष्टचार बिरुद्वको कामलाई प्राथमिकतामा राखेको छ : उपप्रधान मन्त्री श्रेष्ठ

गृह मन्त्रालयले भ्रष्टचार बिरुद्वको कामलाई प्राथमिकतामा राखेको छ : उपप्रधान मन्त्री श्रेष्ठ

Breaking news 2
बागमती । गृह मन्त्रालयले भ्रष्टाचार र भ्रष्टाचारी बिरुद्वको कामलाई प्राथमिकतामा राखेको उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले बताउनु भएको छ । शनिवार सर्लाही आईपुग्नु भएका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठले बागमती नगरपालिका–११, स्थित नमुना पहरी बस्ती उद्घाटन समारोहमा यस्तो बताउनु भएको हो । गृह मन्त्रालयले देशमा हुने हरेक किसिमका भ्रष्टाचार र त्यसमा संलग्न भ्रष्टाचारीहरु बिरुद्वका कार्यक्रमलाई प्राथमिकतामा राखेको उहाँको भनाई थियो । ‘गृह मन्त्रालयको योजना भ्रष्टार नियन्त्रण गर्न जे गर्नु पर्ने हो त्यो गर्ने ।’ उन्ले भने, ‘भष्टाचार नियन्त्रण गर्ने अरु निकाय पनि छन् । तर, गृह मन्त्रालय अन्तरगतको नेपाल प्रहरी र प्रशासनको तर्फबाट गर्न सकिन्छ, भ्रष्टाचार र भ्रष्टाचारीहरुको बिरुद्वगर्ने कामलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ । आमनागरिकले सविधानले दिएको अधिकार र सुरक्षा सुनिष्चत त...
मिटरब्याज पीडितमाथि बल प्रयोग गर्नु गल्ती थियो : उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ

मिटरब्याज पीडितमाथि बल प्रयोग गर्नु गल्ती थियो : उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ

Breaking news 2, समाचार
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितमाथि काठमाडौंको शान्तिवाटिकामा प्रहरीले बल प्रयोग गर्नु गल्ती भएको स्वीकार गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले जुनसुकै कारणले मिटरब्याज पीडितमाथि बल प्रयोग गरे पनि त्यो गल्ती भएको भन्दै माफी मागेका छन् । ४ वैशाखमा सिंहदरबार घेराउ कार्यक्रममा जान लागेका मिटरब्याज पीडितलाई शान्तिवाटिकामा प्रहरीले लाठी र पानीको फोहोरा हानेको थियो । आफूले त्यसै दिन विहान बल प्रयोग नगर्न निर्देशन दिएको तर सुरक्षाकर्मीको फिल्ड कमाण्डरसम्म ठीक ढंगले समन्वय नहुँदा बल प्रयोग गरेर गल्ती भएको बताए । ‘फिल्ड कमाण्डरको विश्लेषण गलत थियो । माइकिङ गरेर शान्तिपूर्ण रुपमा आउनु भन्दिनुपर्थ्यो । तर त्यहीँ कन्टेन गर्ने भन्ने निर्णय गरेछन् । बाहिरबाट मिसिने ग्रुपलाई पनि रोक्ने काम भएछ, त्यहाँ गल्ती भयो’ उनले भने, ‘(शान्तिव...
विद्यालयहरुलाई नमूना बनाउने गापा अध्यक्ष यादवको घोषणा

विद्यालयहरुलाई नमूना बनाउने गापा अध्यक्ष यादवको घोषणा

Breaking news 2, सर्लाही बिशेष
सर्लाही । पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय यादवले गाउँपालिकाको शिक्षा सुधारका लागि आफूले काम गरिरहेको बताउनु भएको छ । बिहीबार स्थानीय तहमा बालबालिका र सरोकारवालाहरुबीच समावेशी शिक्षा सम्बन्धी बहस कार्यक्रमका क्रममा बालबालिकाले सोधेको प्रश्नको जवाफ दिनुहुँदै गाउँपालिका अध्यक्ष यादवले यस्तो बताउनुभएको हो । बालबालिकाले गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा भएको शिक्षकहरुको अभाव, कक्षा कोठाको अभाव, अपाङ्गमैत्री भवनहरुको अभाव, गुणस्तरीय शौचालयको अभाव, ल्याप तथा प्रयोगशालाहरुको अभावलगायतका अभावहरु कहिले सम्बोधन हुन्छ ? भनेर गरेको प्रश्नको जवाफ दिनुहुँदै गाउँपालिका अध्यष यादवले आफूले पदधार सम्हाले यता पालिकाका विद्यालयहरुको अवस्था पहिलेभन्दा सुधारोन्मुख भएको दाबी गर्नुहुँदै पालिका भित्रका सबै विद्यालयहरुलाई प्रदेशकै नमूना विद्यालय बनाउने गरी आफूले योजनावद्ध ढंगले काम गरिरहेको बताउन...
कविता – सहिदको सम्झनामा : साया किरण

कविता – सहिदको सम्झनामा : साया किरण

Breaking news 2
सहिदहरु सालिक बनेर उभिएको देख्छुजनयुद्धमा मात्रै सालिक को धुलो टक्ट्काएको देख्छु जान्नु छ मलाइ कसले बनायो तीसहिदका मुस्कान सहितका सालिकहरुजसले जीवनमा कहिल्यै खुशीको अनुभुती गर्न पाएनन्बाचुन्जेल नेल भिराएरआज कसले भिराइरहेछ पाखण्डि हातबाटएक चिम्टी अबिर र एक थुङ्गा फूलको मालाती नेल भन्दा कयौं गुणागर्हौ छन् आजका फूलका मालाहरु । भैगो नछोउ ती घिन लाग्दा हातहरुबाटती महान सहिदका तस्बिरहरुकहाँ तिमी जिवित लासहरुकहाँ ती वीर सहिदहरुजो अमर मृत्यु मरेर पनिहामी बिच जिवित छन् । सहिदको रगतमा रङोली खेलेरआफ्नो जीवन रङ्गाएकाहरु ।जनतालाई भर्‍याङ बनाएर उचाइमा पुगेरजनतालाई नै लत्याएकाहरु ।कहिले स्वार्थका भुमरीमा नाचेका छन्कहिले जनता माथी पिडाका पिरामिडहरु थुप्र्याउदैउहिलेका क्रान्तिका नायक भनाउँदाहरुअहिले यस्तो अवस्थामा छन्मानौँ, जनयुद्ध एकादेशको कथा थियो ।मानौं , क्रान्तिसङ्ग उनिहरुको कुनै सम्बन्ध थिए...
हरिवनमा सम्पन्न निशुल्क स्वास्थ्य सेवामा १८० भन्दा बढिले सेवा लिए

हरिवनमा सम्पन्न निशुल्क स्वास्थ्य सेवामा १८० भन्दा बढिले सेवा लिए

Breaking news 2, सर्लाही बिशेष, स्वास्थ्य
हरिवन : प्रेमनाथ पौडेल । सर्लाहीको हरिवन ४ सासापुर स्वास्थ्यचौकि मा आईतबार सम्पन्न निशुल्क स्वास्थ्य सेवा शिविर मा १८०भन्दा बढि ले स्वास्थ्यपरिक्षण गराएका छन ।हरिवन नगरपालिका स्वास्थ्ययथा सामाजिक बिकाश शाखा ले केहि महिना देखि प्रत्येक महिना को पहिलो शनिवार बिशेषज्ञ डाक्टर बाट नागतिक को लागि निशुल्क स्वास्थ्य सेवा शिबिर संचालन गर्दै आएको छ ।नियमित मासिक निशुल्क स्वास्थ्य सेवा अन्तर्गत बैशाख महिना को पहिलो आईतबार सम्पन्न स्वास्थ्य सेवा सिबिर मा १सय ८८जना ले स्वास्थ्य परिक्षण को लाभ लिनु भएको सासापुर स्वास्थ्य चौकि का इन्चार्ज मोहन घिसिङ्गले बताउनु भयो ।निशुल्क स्वास्थ्य सेवा  शिबिर मा काठमान्डौ दिर्घायु गुरु हस्पिटल का फिजिसियन बाथ रोग विशेषज्ञ डाक्टर नरेन्द्र प्रसाद मैनालि का साथै सासापुर स्वास्थ्य चौकि मा कार्यरत मेडिकल अधिकृत कृष्णा प्रधानका बाट स्वास्थ्य  केकजाच परिक्षण गरिएको...
शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले परीक्षा मर्यादित बनाउन जारी ४६ बुंदे आचारसंहिता

शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले परीक्षा मर्यादित बनाउन जारी ४६ बुंदे आचारसंहिता

Breaking news 2, शिक्षा, सर्लाही बिशेष
मलंगवा | शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले माध्यमिक शिक्षा परीक्षालाई स्वच्छ, निष्पक्ष, मर्यादित, व्यवस्थित, अनुशासित, विश्वसनिय तथा भय रहित वातावरणमा सम्पन्न गर्न ४६ बुंदे आचारसंहिता जारी गरेको छ । सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यलय, सर्लाहीको सभा हलमा आयोजित माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ संचालन तथा व्यवस्थापन सम्बन्धी केन्द्राध्यक्षहरुको एक दिने अन्तरक्रिया कार्यक्रम मार्फत उक्त आचार संहिता सार्वजनिक गरेको शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए । चैत्र १७ गते शुक्रवारबाट सुरु भई चैत्र २९ गते बुधवारसम्म संचालन हुने परीक्षामा ३७ वटा परीक्षा केन्द्र मार्फत जिल्लाभर ५५०१ छात्र र ५४१५ छात्रा गरी कुल १० हजार ९१६ जना विद्यार्थीले सहभागी हुने भएका छन । साधारणतर्फ १० हजार ६२४ र प्राविधिकतर्फ २९२ गरी जम्मा १० हजार ९१६ जना व...
मिटरब्याज समस्याविरुद्ध संयुक्तरुपमा लडौं – मुख्यमन्त्री यादव

मिटरब्याज समस्याविरुद्ध संयुक्तरुपमा लडौं – मुख्यमन्त्री यादव

Breaking news 2
जनकपुरधाम ।  मधेश प्रदेश सरकारले मिटरब्याज पीडितको आन्दोलनमा आफ्नो समर्थन रहेको जनाएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै मिटरब्याज पीडितको हरेक पाइलामा सर्थन रहेको बताउँदै यो समस्या समाधानका लागि संयुक्तरुपमा लड्नुपर्ने बताएका छन् । ‘गरीब झन् गरीब हुने, भएको सम्पत्तिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्तरुपमा लड्न म मधेश प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिन्तक, योजना विद्, विज्ञहरुलाई आह्वान गर्द्छु,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले मिटरब्याज मधेश प्रदेशको मात्र समस्या नभएको बताउँदै गरीब झन गरीब हुने भएको यो समस्याविरुद्ध संयुक्त रुपमा लड्न अपिलसमेत गरेका छन् । उनले मिटरब्याज पीडितको समस्या मधेश सरकारको पनि सरोकार र दायित्व भएको बताउँदै सरकारले आन्दोलनलाई साथ दिने बताएका छन् । ‘ठूलो वेदना बोक...
मिटरब्याज पीडितको समस्या समाधान गर्न मधेशी आयोगको आग्रह

मिटरब्याज पीडितको समस्या समाधान गर्न मधेशी आयोगको आग्रह

Breaking news 2, समाचार
काठमाडौ  । मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न मधेशी आयोगले सरकारसँग आग्रह गरेको छ । मंगलबार आयोगले विज्ञप्ति जारी गर्दै तत्कालै समस्या साधानका लागि बहुवैकल्पिक पहल गरी पीडितहरुको अधिकारलाई संरक्षण गर्न सरकारसँग आग्रह गरेको हो । आयोगका सचिव रुद्रप्रसाद लामिछानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘…राज्‍यले तत्कालै समस्या सामाधानका लागि बहुवैकल्पिक पहल गरी पीडितहरुको अधिकारलाई राज्‍यले संरक्षण गरोस् र तिनीहरुको बोल्न पाउने लोकतान्त्रिक अधिकारलाई समेत सम्मान गरोस् भनी आयोग अपील गर्दछ ।’ यस्तै पीडितहरुसँग छलफल तथा समाधानको लागि आयोगका सदस्य जीवछ साह, रेणु देवी साह र आभा कुमारीसहितको टोलीलाई स्थलगत अनुमगनका लागि आयोगले खटाएको छ । गाउँमा साहुकारसँग लिएको चर्को ब्याजको ऋण (मिटरब्याज) का कारण जायजेथा गुमाउनुपरेको भन्दै न्याय माग्न मधेशका जिल्लाबाट एक टोली पैदल हिँडेर काठमाडौं आएको ...