Breaking news 2

प्रधानमन्त्रीले अस्पतालमै पुगेर दिए मन्त्री किराँतीका बुवालाई श्रद्धाञ्जली

प्रधानमन्त्रीले अस्पतालमै पुगेर दिए मन्त्री किराँतीका बुवालाई श्रद्धाञ्जली

Breaking news 2, ट्रेन्डिङ
काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका बुवालाई अस्पतालमै पुगेर श्रद्धाञ्जली दिएका छन्।   मन्त्री किराँतीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको थियो। प्रधानमन्त्री प्रचण्ड, रक्षामन्त्री पूर्णबहादुर खड्का, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत,  कानुनमन्त्री धनराज गुरुङ, सञ्चारमन्त्री रेखा शर्मा लगायतले वीर अस्पतालमै पुगेर राईलाई श्रद्धाञ्जली अर्पण गरेका हुन्। राईको अन्त्येष्टि भोजपुरस्थित उनकै गाउँमा गरिने भएको छ। राईको इच्छाअनुसार दाहसंस्कारका लागि उनको पार्थिव शरीर उनकै घर रहेको भोजपुरको ओख्रे लान लागिएको हो।  ...
आज मिति २०८० भदाै ४ गते, साेमवारको हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० भदाै ४ गते, साेमवारको हेर्नुहोस् आजको राशिफल

Breaking news 2, ट्रेन्डिङ, दैनिक राशिफल
मेष विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । वृष आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन् । मेहनत गर्दा अवसर भने पाइनेछ । मिथुन नयाँ व्यवसाय सुरु गर्ने मौका छ । महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ । कर्कट प्रयत्न गर्दा भाग्यले साथ दिनेछ । परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । सिंह रमाइलो यात्राको अवसर जुट्न सक्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ । अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ । कन्या सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । असन्तुलित खानपानले पेटको स...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचिसहित)

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचिसहित)

Breaking news 2, ट्रेन्डिङ, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन ८ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ८२ पैसा र बिक्री दर १३१ रुपैयाँ ४२ पैसा रहेको छ ।  युरो १ को खरिद दर १४५ रुपैयाँ ५४ पैसा र बिक्री दर १४६ रुपैयाँ २० पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ २० पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ०२ पैसा र बिक्री दर ८८ रुपैयाँ ४२ पैसा रहेको छ । कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । ...
आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

Breaking news 2, ट्रेन्डिङ, समाचार
काठमाडौँ । आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा/हुरीको पनि सम्भावना रहेको छ। राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी देखि अति भारी वर्षाको समेत सम्भावना रहेको छ। ...
सर्लाहीमा तटबन्ध कस्न खनिएको खाल्डोमा डुबेर दाजुभाईको मृत्यु

सर्लाहीमा तटबन्ध कस्न खनिएको खाल्डोमा डुबेर दाजुभाईको मृत्यु

Breaking news 2, ट्रेन्डिङ, समाचार
पर्सा । सर्लाहीको पर्सा गाउँपालिका–४, जिङ्गडामा नदी नियन्त्रणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाईको ज्यान गएको छ । बाँके खोलाको कटान नियन्त्रण गर्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दीपुको मृत्यु भएको हो । शनिबार दिउँसोदेखि बेपत्ता भएका दुई बालकलाई स्थानीय भएर खोजी गर्नेक्रममा राति अबेर घरदेखि करिव पाँच सय मिटरको दूरीमा रहेको खाल्डोमा अचेत भइ डुबिरहेको अवस्थामा फेला पारेका थिए । उनीहरुलाई गाउँलेले नै तत्कालै उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनायो । दुवै बालकको शव पोष्टमार्टमका लागि मलङ्गवा अस्पतालमै राखिएको सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए । उनले मृतक बालकको परिवारबाट जाहेरी लिएर घटनाको थप अनुसन्धान प...
कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

Breaking news 2, ट्रेन्डिङ
काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज शनिबार देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। आइतबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू९भागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। ...
नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध  

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध  

Breaking news 2, ट्रेन्डिङ
चितवन  ।  नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउने काम सुरु गरिएको छ । सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन् । ...
देशभर वर्षाको सम्भावना, यी चार प्रदेशमा हावाहुरी समेत चल्ने

देशभर वर्षाको सम्भावना, यी चार प्रदेशमा हावाहुरी समेत चल्ने

Breaking news 2, ट्रेन्डिङ
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली  रही कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ। राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी,  बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हाव...
मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 2, ट्रेन्डिङ
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी,  बागमती , गण्डकी र कर्णाली  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती  प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना  रहेको छ। आज राति भने कोशी,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-...
आज २०८० असार ४ गते सोमवारको राशिफल संगै चमेलि माईको दर्शन गरौँ !

आज २०८० असार ४ गते सोमवारको राशिफल संगै चमेलि माईको दर्शन गरौँ !

Breaking news 2, दैनिक राशिफल
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अनयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। प्रतिस्पर्धीले हार खानेछन्। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बोआफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी थपिनेछन्। अरूका काममा समय बित्न सक्छ। काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने स्थिति आउला। आशा देखाउनेहरूले धोका दिनेछन्। प्रयत्न गर्दा केही काम बन्नेछन्। अरूलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अध्ययनतर्फ लक्ष्य पूरा नहुन सक्छ। मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हरमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरू...