Saturday, April 18News That Matters

Breaking news 2

आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

Breaking news 2, ट्रेन्डिङ, समाचार
काठमाडौँ । आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा/हुरीको पनि सम्भावना रहेको छ। राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी देखि अति भारी वर्षाको समेत सम्भावना रहेको छ।...
सर्लाहीमा तटबन्ध कस्न खनिएको खाल्डोमा डुबेर दाजुभाईको मृत्यु

सर्लाहीमा तटबन्ध कस्न खनिएको खाल्डोमा डुबेर दाजुभाईको मृत्यु

Breaking news 2, ट्रेन्डिङ, समाचार
पर्सा । सर्लाहीको पर्सा गाउँपालिका–४, जिङ्गडामा नदी नियन्त्रणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाईको ज्यान गएको छ । बाँके खोलाको कटान नियन्त्रण गर्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दीपुको मृत्यु भएको हो । शनिबार दिउँसोदेखि बेपत्ता भएका दुई बालकलाई स्थानीय भएर खोजी गर्नेक्रममा राति अबेर घरदेखि करिव पाँच सय मिटरको दूरीमा रहेको खाल्डोमा अचेत भइ डुबिरहेको अवस्थामा फेला पारेका थिए । उनीहरुलाई गाउँलेले नै तत्कालै उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनायो । दुवै बालकको शव पोष्टमार्टमका लागि मलङ्गवा अस्पतालमै राखिएको सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए । उनले मृतक बालकको परिवारबाट जाहेरी लिएर घटनाको थप अनुसन्धान प्...
कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

Breaking news 2, ट्रेन्डिङ
काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज शनिबार देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। आइतबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू९भागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। ...
नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध  

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध  

Breaking news 2, ट्रेन्डिङ
चितवन  ।  नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउने काम सुरु गरिएको छ । सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन् ।...
देशभर वर्षाको सम्भावना, यी चार प्रदेशमा हावाहुरी समेत चल्ने

देशभर वर्षाको सम्भावना, यी चार प्रदेशमा हावाहुरी समेत चल्ने

Breaking news 2, ट्रेन्डिङ
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली  रही कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ। राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी,  बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा...
मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 2, ट्रेन्डिङ
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी,  बागमती , गण्डकी र कर्णाली  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती  प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना  रहेको छ। आज राति भने कोशी,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-द...
आज २०८० असार ४ गते सोमवारको राशिफल संगै चमेलि माईको दर्शन गरौँ !

आज २०८० असार ४ गते सोमवारको राशिफल संगै चमेलि माईको दर्शन गरौँ !

Breaking news 2, दैनिक राशिफल
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अनयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। प्रतिस्पर्धीले हार खानेछन्। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बोआफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी थपिनेछन्। अरूका काममा समय बित्न सक्छ। काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने स्थिति आउला। आशा देखाउनेहरूले धोका दिनेछन्। प्रयत्न गर्दा केही काम बन्नेछन्। अरूलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अध्ययनतर्फ लक्ष्य पूरा नहुन सक्छ। मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हरमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूल...
मेलम्ची आयोजनालाई थप व्यवस्थित बनाउछौं : प्रधानमन्त्री प्रचण्ड

मेलम्ची आयोजनालाई थप व्यवस्थित बनाउछौं : प्रधानमन्त्री प्रचण्ड

Breaking news 2
सिन्धुपाल्चाेक ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ ।  मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनका लागि सिन्धुपाल्चोकको हेलम्बु–१ अम्बाथान आइपुग्नुभएका प्रधानमन्त्री प्रचण्डले याङ्ग्री र लार्के खोलाको पानी ल्याउन सरकारका तर्फबाट तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  'आयोजना उद्घाटनका क्रममा आउने इच्छा थियो, त्यतिबेला म प्रधानमन्त्री थिइनँ, खानेपानी मन्त्रालय माओवादी पार्टीकै भागमा थियो, आयोजनालाई व्यवस्थित बनाउन म पहल गर्छु', उहाँले भन्नुभयो ।   प्रधानमन्त्री प्रचण्डले मेलम्ची खोलामा आएको बाढीले बगाएको सडकलाई थप व्यवस्थित गर्न सरकारले आवश्यक बजेट व्यवस्था गर्ने बताउनुभयो । 'यसका बारेमा आवश्यक निर्णय सरकारका तर्फबाट लिइन्छ', उहाँले भन्नुभयो, 'थप बजेटको प्रबन्ध गर्छौ...
राष्ट्रिय योजना आयोग खारेज गरिदिए हुन्छ : उपेन्द्र यादव

राष्ट्रिय योजना आयोग खारेज गरिदिए हुन्छ : उपेन्द्र यादव

Breaking news 2
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता उपेन्द्र यादवले राष्ट्रिय योजना आयोगको आवश्यकता नरहेको बताएका छन् । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय योजना आयोगलाई पुनः संरचना गर्ने भनिएको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले आयोग नै खारेज सुझाएका हुन्। ‘यो राष्ट्रिय योजना आयोगको कुनै कामै छैन। यसलाइ खारेज गरिदिए हुन्छ । यसलाई खारेज गरेर प्रधानमन्त्रीको आर्थिक सल्लाहाकार समिति निर्माण गरे हुन्छ’ अध्यक्ष यादवले भने, ‘काम न काजको संस्था खडा गरेर खर्च मात्रै बढ्ने काम भएको छ । यसको कुनै उपयोगिता छैन, काम छैन।’...
सर्लाहीमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको शाखा गठन

सर्लाहीमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको शाखा गठन

Breaking news 2
लालबन्दी । सर्लाहीमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको जिल्ला शाखा गठन गरिएको छ। माओवादी केन्द्रका हरिवन नगर समिति अध्यक्ष अर्जुन पन्तको अध्यक्षतामा प्रतिष्ठानको ११ सदस्यीय सर्लाही जिल्ला शाखा गठन गरिएको हो। समितिमा उपाध्यक्ष सावित्रा बुढाथोकी, सचिव कृष्ण गौतम, कोषाध्यक्ष बालकुमार श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा दिनेश थापा, इन्द्र पाठक, शिवजी साह, बमबहादुर लोप्चन, सुन्दरकलादेवी महतो, बद्री प्रधान र श्याम बाबु कार्की चयन भएका छन् । प्रतिष्ठानले नेपालको बामपन्थी तथा प्रजातान्त्रिक आन्दोलनमा नरबहादुर कर्माचार्यले पुर्याएको योगदानलाई चिरस्थायी बनाउनेगरी वैचारिक क्षेत्रमा विभिन्न कामहरु गर्ने अध्यक्ष पन्तले जानकारी दिए। स्वर्गीय कर्माचार्य नेकपाका संस्थापक सदस्यमध्येका एक हुन्।...