गृह मन्त्रालयले भ्रष्टचार बिरुद्वको कामलाई प्राथमिकतामा राखेको छ : उपप्रधान मन्त्री श्रेष्ठ
बागमती । गृह मन्त्रालयले भ्रष्टाचार र भ्रष्टाचारी बिरुद्वको कामलाई प्राथमिकतामा राखेको उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले बताउनु भएको छ ।
शनिवार सर्लाही आईपुग्नु भएका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठले बागमती नगरपालिका–११, स्थित नमुना पहरी बस्ती उद्घाटन समारोहमा यस्तो बताउनु भएको हो । गृह मन्त्रालयले देशमा हुने हरेक किसिमका भ्रष्टाचार र त्यसमा संलग्न भ्रष्टाचारीहरु बिरुद्वका कार्यक्रमलाई प्राथमिकतामा राखेको उहाँको भनाई थियो ।
‘गृह मन्त्रालयको योजना भ्रष्टार नियन्त्रण गर्न जे गर्नु पर्ने हो त्यो गर्ने ।’ उन्ले भने, ‘भष्टाचार नियन्त्रण गर्ने अरु निकाय पनि छन् । तर, गृह मन्त्रालय अन्तरगतको नेपाल प्रहरी र प्रशासनको तर्फबाट गर्न सकिन्छ, भ्रष्टाचार र भ्रष्टाचारीहरुको बिरुद्वगर्ने कामलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ । आमनागरिकले सविधानले दिएको अधिकार र सुरक्षा सुनिष्चत तथ...








