मनोरञ्जन

प्रचण्ड गौतमका ३ मुक्तक

प्रचण्ड गौतमका ३ मुक्तक

Breaking news 1, ट्रेन्डिङ, मनोरञ्जन
मुक्तक ~१मलाई देखेर उसको अनुहार खुम्चिन सक्छअविश्वासको आगोले जीवन सल्किन सक्छजिन्दगी बर्वाद हुनेगरी कसैलाई झूट नबोल्नूलुकाउँदालुकाउँदै झूट स्वयम् देखिन सक्छ !मुक्तक ~२बलेको आगो खान्छु भन्छ, रीस मार्न चाहँदैननिर्दोषको दोष देख्छ, आफू तल पार्न चाहँदैनविचार गर्दैन गल्ती गरिरहेको हुन्छ सधैंभरिऊ यति झूटो बोल्छ, झूटलाई सुधार्न चाहँदैन ! मुक्तक ~३नजिकिनु र टाढिनुले गर्दा मन खुल्दुल भयोबाङ्गो देख्दादेख्दै पनि सोझो मानेर भूल भयोसधैँ एकप्रकारको घाउ रहिरह्यो यो मनमाकस्तो साँचो वचन व्यर्थमा झूटो कबुल भयो ! - प्रचण्ड गौतमकाठमाडौं ...
कविता : छोरीलाई चिट्ठी – सुनिता बुढाथोकी

कविता : छोरीलाई चिट्ठी – सुनिता बुढाथोकी

Breaking news 2, ट्रेन्डिङ, मनोरञ्जन
प्रिय छोरी ! क्रान्ति भनेकोलयमा हेर्नु, गाउनु र अघि बढ्नु होप्रेमले हात मिलाउनु र मुस्कुराउनु हो ।जीवन र बलिदान सँगै रोज्नु हो ! प्रिय छोरीक्रान्ति नव चेतना होनव संष्लेषण, नव सृजना हो !नव खोज, अनुसन्धान,आविष्कार हो । यो धरालाइ कसैले नव जीवन दिन्छ भने,त्यो आश्चर्य होईन, त्यो क्रान्ति हो ! वस्तु, ब्रह्माण्ड र चेतना जस्तैफैलिरहेको त्यो के हो !?- त्यो क्रान्ति हो । तिम्रो पढ्ने समय छ-पढ्नु, पढ्नु र पढ्नु ! अंक, अक्षर, समय पढ्नु ।गति, मार्ग र दृष्टि पढ्नु !एउटा मान्छे र एउटा विश्व पढ्नु ! नयाँ विश्वको आविष्कार गर्नु ।         - सुनिता बुढाथोकी ...
गजल : दिपक पनेरु

गजल : दिपक पनेरु

मनोरञ्जन
म आँखा हुँ प्रिय तिमी नै मेरो ख्वाब हौम  प्रश्न  हुँ अनि  तिमी  मेरो जवाब हौ पढ्छु  हरदिन  मन  लगाई  नभुलाईआत्मिक ज्ञानले भरिएको किताब हौ सुगन्धले भरिएको त्यो  जवानी तिम्रोसौर्न्दर्यले  भरिपूर्ण  एक  गुलाब  हौ लट्ठै  पार्छ  नयनबाट  छल्किने  मदलेनशा चढ्छ यसरी लाग्छ तिमी शराब हौ। दिपक पनेरुसागरनाथ, सर्लाही ...
दिपक पनेरुका ३ मुक्तक

दिपक पनेरुका ३ मुक्तक

Breaking news 1, ट्रेन्डिङ, मनोरञ्जन
मुक्तक(१) खुशी छैन मन तिमी बिना ओंठको मुस्कान अधुरो लाग्छ।      साथ तिमी नहुँदा मेरो किन यो सान मान अधुरो लाग्छ।  न तिमी भन्छौ आफ्नो कथा न मैं सुनाउन सक्छु आफ्नो ब्यथा    तिम्रो अनुपस्थितिमा पिएको मदिरापान अधुरो लाग्छ। (२) हिजो आज कालले पनि मलाई निकै छलेको छ ।    हिजो भन्दा आज झन किन मेरो ज्यान गलेको छ ।    बाहिर हेर्दा कतै देखिदैंन खै कता उड्छ धुँवा    भित्रभित्रै मुटु मेरो खरानी भई जलेको छ। (३) नबोली खै किन हो कुन्नी हात मात्रै मिलाएर गइन्  बुझिनन् मेरो पीडा आफ्नै कहानी सुनाएर गइन्शुभचिन्तक मित्रहरु बारम्बार सोध्छन मलाईतिनी को हुन् जसले तिम्रो जीवन भत्काएर गइन्। दिपक पनेरुसागरनाथ, सर्लाही ...
गजल :परशुराम घिमिरे `निदान´

गजल :परशुराम घिमिरे `निदान´

Breaking news 3, ट्रेन्डिङ, मनोरञ्जन
म तिम्रो सहरमा छु आइरहेकोम प्रेमिल सफरमा छु धाइरहेको जगाइरहेछन्  उनै सम्झनालेछ उनकै लहरले   सताइरहेको अनौठो जवानी र मुस्कानभित्रम यिनकै रहरमा छु  छाइरहेको हराए र खोज्दै बिहानी सुनौलोनसाको जहर नै  छु पाइरहेको बनायौ तिमीले न जाग्ने न उठ्नेछु मृत्यु प्रहरमा  समाइरहेको - परशुराम घिमिरे "निदान"      मकवानपुर  ...
‘उडायो सपना’ बोलको म्युजिक भिडियो सार्वजनिक

‘उडायो सपना’ बोलको म्युजिक भिडियो सार्वजनिक

मनोरञ्जन, सर्लाही बिशेष
लालबन्दी । गायक सन्तोष दाहालको उडायो सपना बोलको आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक दाहालको शब्द, संगीत तथा स्वरमा जिनियस म्युजिक कम्पनीबाट म्युजिक भिडियो सार्वजनिक भएको हो । अडियो भने केहि दिन अघि नै म्युजिक नेपालले सार्वजनिक गरेको थियो । दाहालले नेपालमै पहिलो पटक राति जोगीले बजाउने फेरीबाजाको प्रयोग गरेर गीत सार्वजनिक गरेको दाबि गरेका छन। उनले हालसम्म यो बाजा प्रयोग गरि कुनै पनि संगीत सिर्जना नगरिएको बताए । करिव एक दर्जन गीत सार्वजनिक गरिसकेका दाहालको मेचीको कसम, कालिको कसम बोलको स्वदेस गीत र मिडिया रे बोलको गीत अत्यधिक चर्चामा छन । https://m.youtube.com/watch?v=GN8jJ-0sZXs&si=IrxkHzl14mkXB0dO&fbclid=IwAR1U7CIEoIeCLcrInHE7ymP-bpudxbab3PU-VtZPGXZQ4cKGla7lqgbcSqI ...
गजल : “जीवन प्रश्ननै प्रश्ननमा सिमित”

गजल : “जीवन प्रश्ननै प्रश्ननमा सिमित”

मनोरञ्जन
चरी जस्तै उठ्न मन कसलाई लाग्दैन र ?सुन्दर बगैंचामा घुम्न मन कसलाई पर्दैन  र ? उँट झै शिर ढाडाे बनाइ हिड्न मन कसलाई लाग्द‌ैन र ?माैरीले झैं मिहेनत गर्न कसलाई मन पर्दैन  र ? कुबेर जस्तो धनी हुन कसलाई  मन लाग्दैन र ?बुद्ध जस्ताे ज्ञानी हुन कसलाई मन पर्दैन  र ? जीवन भर खुसी हुन कसलाई मन लाग्दैन र ?आफ्नै देश र परिवारसँग बस्न मन कसलाई पर्द‌ैन र ? अब गुनासाे गर्दा गर्दै जीवन त्यसै खेर जाने भयाे!रहरै रहरकाे रहेछ जीवन, एक दिन रहर मै टुङ्गगिने भयाे! कुन परिभाषामा बुझाउँ म खुसी र सुखी जीवन के हाे भनेर ?अब तिमी नै भन प्रश्नै प्रश्ननमा सिमित रहेकाे जीवन के हाे भनेर ? - मंजिला पाण्डे ...
गजल : यो मनले सताइ राख्छ तिमीलाई किन ?

गजल : यो मनले सताइ राख्छ तिमीलाई किन ?

मनोरञ्जन
छ तिम्रो तस्बिरमा यति गहिराइ किन ?म खोजिरहन्छु चुम्न उचाई किन ? अभावको घाउ बल्झिरहन्छ बेलाबेला,राखिरहेछु तिम्रो तस्बिर नमेटाइ किन ? केही लगानी छुट्याएको छु तिम्रो लागि,एकैछिन भेटौँन भन्दा नाइनाइ किन ? मन पर्दैन जान्दाजान्दै पनि बोलाइ रहेँ,यो मनले सताइ राख्छ तिमीलाई किन ? बारबार रेटिएको छ मुटु एउटै कुराबाट,हिड्छ्यौ ती आँखा यसरी सजाइ किन ? आज पनि मन पोख्ने रहर अधुरै रह्यो,भन्नै हतार हुन्छ तिमीलाई बाइ किन ? - श्रीराम स्वरुप ...
गजल – परशुराम घिमिरे `निदान´

गजल – परशुराम घिमिरे `निदान´

Breaking news 1, मनोरञ्जन
तिमी चट्ठान रहेछौ भनी लेखेको प्रेम पत्र खोज्दैछुनिष्ठुरी प्रेमीहरू बीच गरिएको सोध पत्र ख‍ज्दैछु अन्तिम बेला मायाँ पलायो त म के गरुँ भन ?तिमीेले  हस्ताक्षर नगरि छोडेको छोडपत्र खोज्दैछु कति रात र कति दिन पिरलियौ यादमा हेक्का छैनमसि नबन्दै रगतले कोरिएको भोज पत्र खोज्दैछु तिमीले प्रेमिल मैदान पाउन  कयौँ आरोह पार गर्यौप्रेम नै होईन र यो कहाँ छौ भएको अलपत्र खोज्दैछु सोध पत्र त फेल भै दियो हेर! म हारेँ तिम्रो प्रेममाके लेख्यौ  चट्टान रसाउने  त्यो ?अन्तिम पत्र खोज्दैछु         - परशुराम घिमिरे ``निदान´´           हेटौडा , मकवानपुर ...
रमेश पाठक र रचना रिमालको स्वरमा ‘मायाकै पिर’ सार्वजनिक (भिडियोसहित)

रमेश पाठक र रचना रिमालको स्वरमा ‘मायाकै पिर’ सार्वजनिक (भिडियोसहित)

Breaking news 1, मनोरञ्जन
काठमाडौं । रमेश पाठक र रचना रिमालको स्वरमा रहेको गीत ‘मायाकै पिर’ सार्वजनिक भएको छ । रमेश पाठककै शब्द, सङ्गीत, नारायण दङ्गालले सङ्गीत संयोजन र प्रदिप जोशीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको छ । गीत तथा भिडिओसँग सम्बन्धित कलाकार एवम् प्राविधिकहरूको उपस्थितिमा अनामनगरस्थित वेभ स्टुडियोमा आयोजित अनौपचारिक कार्यक्रम पछि गीतको भिडिओ सार्वजनिक गरिएको थियो । गीत वेभ स्टुडियोका प्राविधिक समिर कार्कीले रेकर्ड गर्नुभएको हो । कृष्ण रसालको निर्देशन/कोरियोग्राफी रहेको गीतको भिडियोमा शिला गजुरेल र साजन नेपालको अभिनय छ । भिडियोलाई योगेश दाहालले छायांकन गर्नुभएको भिडियोमा दिन्शन शाहको सम्पादन एवम् कलर रहेको छ । गीतमा एक अर्कालाई अगाध माया गर्ने जोडीका प्रेमिल भावहरू व्यक्त भएका छन् । असीमित प्रेम र समर्पणले भरिएको यस गीतमा आफूले हृदयबाट प्रेम गरेको मान्छे जीवनका हरेक पलमा क...