Saturday, April 18News That Matters

दिपक पनेरुका ३ मुक्तक

(१) मलाई मेरै रूपको एउटा पागल नजर आयो
   उसको नयनभित्र मलाई बादल नजर आयो
   आँसु होइन रगत बग्दै थियो निर्दोष आँखाबाट
  मलाई त्यो मान्छे भित्रभित्रै घायल नजर आयो।

(२) तिमीले मलाई कहिले पो बोलायौ र सानु
      तस्विर हेरी कहिले पो टोलायौ र सानु
     बोलाइ रहें मैले मात्र तिमी आउने बाटो ढुकी
     चञ्चल नजर म तिर कहिले पो डोलायौ र सानु।

(३)आखिर मान्छेको मन न हो भड्किन समय लाग्दैन
   गलत बिचारले मस्तिष्क छड्किन समय लाग्दैन
    टाढै बस्नुपर्छ स्वार्थिदेखि  चाहे आफ्नै किन नहोस्
    नत्र सम्बन्ध पलभर मै चड्किन सक्छ।

दिपक पनेरु
सागरनाथ ४, सर्लाही