अन्तर्राष्ट्रिय

लेबनान पाँचाैँ पटक नयाँ राष्ट्रपति चयन गर्न असफल

लेबनान पाँचाैँ पटक नयाँ राष्ट्रपति चयन गर्न असफल

Breaking news 2, अन्तर्राष्ट्रिय
 एजेन्सी | लेबनानको संसद्ले आज बिहीवार पनि नयाँ राष्ट्रपति चयन गर्न असफल भएको छ । राजनीतिक दलहरूले रिक्त राष्ट्रपति पदका लागि आवश्यक मत नपुग्दा नयाँ राष्ट्रपतिको चुनाव अन्योलमा परेको त्यहाँकाे राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेको छ । कुल एक सय २८ मध्ये एक सय आठ सांसदको सहभागिता रहेको मतदान सत्रमा संसद् सदस्य मिसेल मोवाडलाई ४४ मत, प्राध्यापक इसाम खलिफेलाई ६ मत, पूर्व–गृहमन्त्रीलाई एक मत परेको थियो ।यसैगरी जियाद बराउड र लेबनानको उच्च परिषदको पूर्व–महासचिव जियाद हायेकका लागि एक मत परेको थियो भने ४७ भोट खाली  थियो।  गएकाे अक्टोबर ३१ मा समाप्त भएको पूर्व–राष्ट्रपति मिशेल आऊनको उत्तराधिकारी चयन गर्न संसद् असफल भएको यो पाँचौँ पटक हो । योसँगै देश थप राजनीतिक अनिश्चिततामा पुगेको छ । लेबनानको राष्ट्रपति पद यसअघि पनि पटक-पटक खाली भइसकेको छ । लेबनानको सदनका सभामुख नाबिह बेरीले नयाँ ...
साउदी राजाले छोरालाई बनाए प्रधानमन्त्री

साउदी राजाले छोरालाई बनाए प्रधानमन्त्री

Breaking news 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, समाचार
१२ असोज, । सामान्यतया राजा राष्ट्र प्रमुख हुने भएकाले उनीहरु आलंकारिक भूमिकामा बस्छन् र जनप्रतिनिधिले कार्यकारी भूमिकामा काम गर्छन् । तर, यो मामिलामा साउदी अरेयिबा अलग छ । त्यहाँको राजपरिवारका सदस्य नै सरकार सञ्चालनमा समेत सहभागी हुने गरेका छन् । यही सिलसिलामा साउदी अरबका राजा सलमानले युवराज मोहमद बिन सलमानलाई प्रधानमन्त्री बनाएका छन् । साउदी प्रेस एजेन्सीमा प्रकाशित आदेश अनुसार राजाले मन्त्रिपरिषद पुनर्गठन गर्दै छोरा मोहमद विन सलमानलाई प्रधानमन्त्री बनाएका हुन् । युवराज मोहमद यसअघि नै साउदीको ‘डिफ्याक्टो शासक’ जस्तै थिए । उनको प्रधानमन्त्रीमा नियुक्तिसँगै यसले औपचारिकता समेत पाएको छ । छोटकरीमा एमबीएसका नामले समेत चिनिने मोहमदले यसअघि नै उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको जिम्मेवारी पाइसकेका छन् । अब यो जिम्मेवारीमा उनका कान्छा भाइ खालिद सलमान हुने छन् जो यसअघि रक्षामन्त्री थिए ...
रहेनन् बलिउडका हास्य कलाकार राजु श्रीवास्तव

रहेनन् बलिउडका हास्य कलाकार राजु श्रीवास्तव

Breaking news 1, अन्तर्राष्ट्रिय, मनोरञ्जन
भारत : बलिउडका हास्यकलाकार राजु श्रीवास्तवको निधन भएको छ । उनको बुधबार ( आज ) बिहान भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो । ५८ वर्षीय राजुलाई ४३ दिनअघि १० अगस्टमा हृदयाघात भएको थियो । उनी आइसीयुमा राखेको १३ दिनपछि होसमा आएका थिए , तर झन्डै डेढ महिना अस्पतालको कोमामा बसेका उनी अन्ततः महाप्रस्थान गरेका छन् । लखनउको कानपुरका राजु अमिताभ बच्चनको ‘ दिवार ’ फिल्म हेरेपछि अभिनेता बन्न मुम्बई आएका थिए । शुरुमा अटो ड्राइभर बनेका उनले बलिउड छिर्न ४ -५ वर्ष संघर्ष गरेका थिए । एक दिन एकजना यात्रुले राजुलाई स्टेज परफरमेन्स गर्न सल्लाह दिएपछि उनले स्टेज शो गरेका थिए । जसमा उनलाई सुरुमा ५० रुपैयाँ पारिश्रमिक दिइएको थियो । पछि उनले लगातार कमेडी स्टेज शो गरे र सबैको लोकप्रिय बने । उनको कमेडी शो भारतको सबैभन्दा चर्चित कार्यक्रम हो । उनले मैने प्यार किया , बाजीगर , वाह तेरे क्या कहेना...
नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर

Breaking news 1, अन्तर्राष्ट्रिय, राजनीति, समाचार
नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार अपरान्ह नेपाल आइपुगेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु र नेपालको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच ६ बुँदे सम्झौता भएको हो ।  सोमबार संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा भएको उनीहरुबीचको शिष्टाचार भेटमा सम्झौता भएको हो । ली चार दिने नेपाल भ्रमणका लागि सोमबार ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै आइपुगेका हुन् । ...
९६ जनाको टोलीसहित नेपाल आइपुगे चिनियाँ सभामुख

९६ जनाको टोलीसहित नेपाल आइपुगे चिनियाँ सभामुख

Breaking news 1, अन्तर्राष्ट्रिय
काठमाडौं- चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष (सभामुख) ली चाङ्सु काठमाडौं आइपुगेका छन्। ९६ सदस्यीय टोलीको नेतृत्व गर्दै उनी सोमबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन्।  उनलाई स्वागत गर्न सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना विमानस्थलनमा नै पुगेका थिए। आजै लीले सभामुख अग्नि सापकोटासँग भेट गर्ने कार्यक्रम तय गरिएको छ। बेलुका ५ बजे संसद् भवनमा उनीहरुबीच भेटवार्ता हुने बताइएको छ।सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा ली नेपाल भ्रमणमा आएका हुन्। विशेष विमानबाट आएका उनी भदौ ३० गतेसम्म नेपालमा रहनेछन्। चार दिने भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्र...
श्रीलंकाले जित्यो टी-२० एसिया कपकाे उपाधि

श्रीलंकाले जित्यो टी-२० एसिया कपकाे उपाधि

Breaking news 1, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । टी-२० एसिया कप २०२२ को उपाधि श्रीलंकाले जितेको छ । बलरहरू चम्किंदा पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंकाले उपाधि हात पारेको हो । पहिले ब्याटिङ गरेको श्रीलंकाले पाकिस्तानलाई जितका लागि १७१ रनको लक्ष्य दिएको थियो । तर, पाकिस्तानले उक्त लक्ष्य निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रन मात्रै बनायो । पाकिस्तानका मोहम्मद रिजवानले ५५ रनमा बनाए पनि कप्तान बाबर आजम ५ रनमै आउट भए । इफित्खार अहमदले ३२ रन र हरिस रौफले १३ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । श्रीलंकाका प्रमोद मदुशनले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए, स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । यस्तै, चामिका करुणारच्ने दुई र महेथ थिक्सेनाले एक विकेट लिए । दुबई इन्टरनेशल स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो । ...
चीनमा शक्तिशाली भूकम्प : ४६ जनाको मृत्यु, १६ जना बेपत्ता

चीनमा शक्तिशाली भूकम्प : ४६ जनाको मृत्यु, १६ जना बेपत्ता

Breaking news 2, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, समाचार
चीनमा गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा ४६ जनाको मृत्यु भएको छ।  दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तमा सोमबार गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परि १६ जना वेपत्ता हुनुका साथै दर्जनौ घाइते भएका छन्। स्थानीय समय अनुसार सोमबार दिउँसो १ बजे भुकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ। भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिण पश्चिमस्थित दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहरमा रहेको छ। भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ। भूकम्पले दूरसञ्चारका लाइन विच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ। सरकारी सञ्चार माध्यम सिसिटिभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको छ। भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन् । भूकम्पले सडकमा धाजा फाटेको छ, पहाडमा पहिरो गएको छ र प्रभावित क्षेत्रका १० हजार घरमा दूरस...
बार्सिलाेनाकाे सानदार जित

बार्सिलाेनाकाे सानदार जित

Breaking news 2, अन्तर्राष्ट्रिय
एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडमाथि ४-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई सानदार जित दिलाउनको लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने पेड्रो र सर्जी रोबर्टोले समान एक–एक गोल गरे । बार्सिलोनाले पहिलो र दोस्रो हाफमा समान दुई–दुई गोल गरेको थियो । क्याम्प नोउमा भएको खेलको २४औं मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । उनले राफिन्हाको पासमा गोल गरेका थिए । ४३औं मिनेटमा औसमाने डेम्वेलेको पासमा पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ६४औं मिनेटमा लेवान्डोस्कीले डेम्वेलको पासमा गोल गर्दै ३–० को अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ४–० को सहज जित दिलाए । तीन खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित रियल भा...
जापानका प्रधानमन्त्री किसिदालाई काेराेना पुष्टि

जापानका प्रधानमन्त्री किसिदालाई काेराेना पुष्टि

अन्तर्राष्ट्रिय
एजेन्सी, टोकियो । जापानका प्रधानमन्त्री फुमिओ किसिदालाई कोभिड-१९ संक्रमण भएको छ । प्रधानमन्त्री किसिदा प्रधानमन्त्रीको आवासीय निवासमा एकान्तमा रहेको जापानी सञ्चार माध्यमहरुले जनाएका छन् । एक साता लामो बिदापछि प्रधानमन्त्री काममा फर्किरहेका बेला उनलाई कोभिड भएको हो ।  खोकी र ज्वरो महसुस गरेपछि उनले आइतबार बिहान पीसीआर परीक्षण गरेका थिए । जापानको कोरोनाभाइरस संक्रमणमा रेकर्ड दरमा वृद्धि भएको छ । कोभिडले विश्वको तेस्रो–ठूलो अर्थतन्त्र भएको देश जापानलाई प्रभावित बनाएको छ । जापानमा दैनिक २ लाखभन्दा बढीलाई कोभिड संक्रमण भएको छ ।    ...
चीन-भारत नमिली एशियाली शताब्दी आउँदैनः भारतीय विदेशमन्त्री जयशंकर

चीन-भारत नमिली एशियाली शताब्दी आउँदैनः भारतीय विदेशमन्त्री जयशंकर

Breaking news 2, अन्तर्राष्ट्रिय
३ भदौ, काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले एशियाली शताब्दी सम्भव बनाउन चीनले अवरोध हटाएर भारतसँग हात मिलाउनुपर्ने बताएका छन् । थाईल्याण्डको बैंककस्थित एक विश्वविद्यालयमा ‘इण्डियाज भिजन अफ दि इन्डो–प्यासिफिक’ विषयमा बोल्दै विदेशमन्त्री जयशंकरले भारत र चीन नमिले एसियाली शताब्दी बन्न निकै गाह्रो हुने बताएका हन् । दुई वर्षअघि भारत-चीनको पूर्वी सीमा लद्दाखमा भिडन्त भएपछि दुई देशबीचको सम्बन्ध अप्ठ्यारो अवस्थाबाट गुज्रिइरहेको छ । भारत र चीन एकै ठाउँमा आउनका लागि धेरै तरिकाहरू रहेको बताउँदै उनले चीनले आफ्नो सोच बदल्नुपर्ने बताए । ‘भारत र चीनको पारस्परिक हित मात्रै एकजुट हुन पर्याप्त छ,’ जयशंकरले भने, ‘हामी आशा गर्छौं कि चीनले यो कुरा बुझ्नेछ र यसतर्फ विवेकपूर्ण कदम चाल्नेछ ।’ उनले भारतले श्रीलंकालाई आफ्नो क्षमताले सक्दो सहयोग गरेको जिकिर पनि गरे । उनले पनि इन्डो-प्यासिफिक क्षेत...