प्रदेश

मधेस प्रदेशको सभामुख पदको लागि आज उमेदवारी दर्ता

मधेस प्रदेशको सभामुख पदको लागि आज उमेदवारी दर्ता

Breaking news 2, प्रदेश
सर्लाही | मधेस प्रदेशको सभामुख पदको लागि आज उमेदवारी दर्ता हुने भएको छ । प्रदेशसभामा बिहान ११ बजेदेखि ३ बजेसम्म उमेदवारी दर्ताको लागि समय तोकिएको छ । दलहरुले प्रस्ताव गरेको उमेदवारको नामावली आज नै दिउँसो साढे ३ बजे प्रशकाशन हुने निर्वाचन तालिकामा उल्लेख छ । प्रस्ताव भएको नामहरु माघ २ गते बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत हुनेछन् । नेकपा एमालेले सभामुख पदको लागि रामचन्द्र मण्डलको नाम प्रस्तुत गर्ने तयारी गरेको छ । सत्ता साझेदार दलहरुले सभामुख, उपसभामुख र मुख्यमन्त्री पदको बाँडफाँड टुङ्गो केन्द्रबाटै लगाएका छन् । सोही सहमती अनुसार जसपाले मुख्यमन्त्री पाएको छ । नेकपा एमालेले सभामुख र जनमत पार्टीले उपसभामुख पाउने छ । यसअघी हिजो मधेस प्रदेशका मुख्यमन्त्रीसहित तीन मन्त्रीले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले माघ २ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी...
मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

प्रदेश, समाचार
सर्लाही | मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा रहेको छ । संघ सरकारले छठ पर्वका अवसरमा आइतबार देशभर सार्वजनिक बिदा दिएको थियो । तर, मधेस प्रदेश सरकारले छठको अन्तिम दिन पनि बिदा दिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको जनाएको छ । ...
सत्तागठबन्धनले प्रदेश र प्रतिनिधिसभाको टुंग्यायो  सिट बाँडफाँट

सत्तागठबन्धनले प्रदेश र प्रतिनिधिसभाको टुंग्यायो सिट बाँडफाँट

Breaking news 3, ट्रेन्डिङ, प्रदेश, राजनीति, समाचार
२०७९ असोज २१ । सत्ता गठबन्धनले प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँटलाई लगभग टुंगो लगाएका छन् । नेताहरुका अनुसार जनता समाजवादी पार्टी ९जसपा० बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रवेश पाएको छ । र गठबन्धका एक नेताका अनुसार सत्ता गठबन्धनका दलहरु ८ सिट दिन सहमत भएका छन् । ४ सिटमा छलफल चलिरहेको छ । हालसम्म कांग्रेसले प्रतिनिधिसभाको ८४ सिट, माओवादीले ४७, एकीकृत समाजवादीले २० र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने भएको छ । हेर्नुहोस् कुन क्षेत्र क–कस्को भागमा ? (सूचिसहित) ...
मगर विद्यार्थीको मकवानपुर अध्यक्ष पुलामी

मगर विद्यार्थीको मकवानपुर अध्यक्ष पुलामी

Breaking news 1, Breaking news 2, ट्रेन्डिङ, प्रदेश, समाचार
आज सनिवार हेटौंडामा अएको ९ औं अधिवेशन बाट नेपाल मगर विद्यार्थी संघ जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्षमा पुनः शिव पुलामी चयन भएका छन् । पुलामी यस अघि पनि अध्यक्ष नै थिए र आज भएको अधिवेशन बाट पुनः अध्यक्षमा सर्वसम्मत दोहोरिएका हुन् । संघको उपाध्यक्षमा विवश राना मगर, सचिव अनिल पुलामी, सहसचिव मनिषा सारु, कोषाध्यक्ष पुष्पराज पिठाकोटे मगर निर्वाचित भएका छन् । नेपाल मगर संघका केन्द्रीय अनुशासन विभाग संयोजक अशोक सारु मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मगर संघ केन्द्रीय सदस्य अमृता थापा मगर, बागमती प्रदेश सदस्य खेम जर्गा, मगर विद्यार्थी संघ प्रदेश उपाध्यक्ष अस्मिता पुलामी मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा नेपाल मगर संघ मकवानपुर उपाध्यक्ष उमीृला राना मगर सचिव महेन्द्र राना मगर, सहसचिव भुपेन्द्र राना मगर तथा निवर्तमान सहसचिव आशिष अस्लामीको अतिथ्यता रहेको थियो ।...
एमाले द्वारा मकवानपुर क्षेत्र नं.२ को लागी वर्तौला, ठकुरी र मानन्धर सिफारिस

एमाले द्वारा मकवानपुर क्षेत्र नं.२ को लागी वर्तौला, ठकुरी र मानन्धर सिफारिस

Breaking news 2, ट्रेन्डिङ, प्रदेश, समाचार
मकवानपुर । प्रतिनिधि सभा निर्वाचनको लागि मकवानपुर क्षेत्र नंबर २ को लागि  नेकपा एमाले मकवानपुरले  ३ जनाको नाम सिफारिस गरेको छ । आज बसेको एमालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नंबर २ को बैठकले नाम सिफारिस गरेको हो । बैठकले नेकपा एमाले बागमती प्रदेश उपसचिव महेशकुमार बर्तौला, बागमती प्रदेश सदस्य सुवासचन्द्र ठकुरी र एमाले नेता बुद्धरत्न मानन्धरको नाम उम्मेद्वारका लागि सिफारिस गरेको हो । ...
काठमाडौं महानगरको टोली न्युरोडको सुरज अर्केडमा

काठमाडौं महानगरको टोली न्युरोडको सुरज अर्केडमा

Breaking news 1, प्रदेश, समाचार
१३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउन लागेको छ । अर्केडमा  बनाएको अनधीकृत सरचना भत्काउन महानगरपालिले दुई वटा डोजर तयार गरेको छ । डोजर लिएर केही समयमै पुग्ने महानगर प्रहरीले जनाएको छ । महानगरले पछिल्लो समय अनधीकृत संरचना हटाउने अभियान चलाएको छ । मेयर बालेन्द्र साह (बालेन) आफैं पुगेर ठाउँका संरचनाहरू भत्काएका थिए । ...
गायक प्रताप दास भीमफेदी आउंदै

गायक प्रताप दास भीमफेदी आउंदै

Breaking news 1, प्रदेश, मनोरञ्जन, समाचार, स्थानीय
गायक प्रताप दास भीमफेदी आउने भएको छ | भिमफिदी गाउँपालिका वडा नं. २ स्थित राप्ती क्लब भैंसेले श्री कृष्ण जन्म अस्टमिको अबसरमा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा दास आउन लागेको हो | राप्ती क्लब भैंसेले स्थापना काल देखिनै आफ्नो संस्कृतिलाइ जगेर्ना गर्दै आइरहेको र आउने शनिवार पनि विभिन्न सांस्कृतिक कार्यक्रम गरिने क्लबका अध्यक्ष गोपीकृष्ण थापाले बताए | कार्यक्रममा प्रताप दासको विभिन्न प्रस्तुति संगै राप्ति ब्याण्ड प्रस्तुति, डान्स ग्रुप अफ राप्ती क्लबको प्रस्तुति हुने क्लबका सदस्य राजिब परियार ले बताए | यस बर्षको श्री कृष्ण जात्रा भाद्र ४ गते हुने र रथ यात्रा दिउँसो ४ बजे हुने जात्रालाइ ब्यबस्थित गरिने क्लबका अध्यक्ष थापाले बताए | आफु भैंसे आउने जानकारी प्रताप दासले आफ्नो सामाजिक संजाल फेसबुकबाट दिएका छन् | ...
दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते

Breaking news 1, प्रदेश, समाचार
१ भदौ, धनगढी । दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ, चार जना घाइते भएका छन् । जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी जितेन्द्रकुमार पालले जानकारी दिए । जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चार जनाको उद्दार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको छ भने अन्य घाइतेको उद्दार भइरहेको छ । जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको छ । ...
रुपन्देहीको ओमसतियामा गोली चल्यो, एक जना घाइते

रुपन्देहीको ओमसतियामा गोली चल्यो, एक जना घाइते

Breaking news 2, प्रदेश, समाचार
३० साउन, बुटवल । रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय  विकास गुरुङ घाइते भएका छन् । नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि ओमसतिया-४ बसन्तपुरमा आइतबार राति पौने १२ बजेतिर एक राउण्ड गोली हानेका प्रहरीले जनाएको छ । पेटको बायाँतर्फ गोली लागेका गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उक्त घटनाको आधा घण्टा अगाडि रोहिणी गाउँपालिका १ बाइपासस्थित सिद्धर्थ कटेजमा अज्ञात समूहले पेस्तोल देखाएर २ तोला सुन र केही नगद लुटेको थियो । गुरुङमाथि गोली प्रहार गर्ने समूह सोही लुटपाटमा संलग्न व्यक्ति हुन् वा होइनन् भन्ने यकिन भइनसकेको र गोली प्रहार गर्ने समुहको खोजी भइरहेको प्...